पाप होइन गर्भपतन !

अपरिपक्व भ्रूणलाई विभिन्न प्रक्रियाबाट बाहिर निकाल्ने प्रक्रिया हो, गर्भपतन। गर्भपतन कुनै पनि जीवनको अन्त्य होइन बरु, यो महिलाको स्वास्थ्य र जीवनमा पर्नसक्ने अनेकौँ समस्या कम गर्न वा आमाको शारीरिक एवं मानसिक स्वास्थ्यको संरक्षण गर्न अन्तिम विकल्प हो। यो पाप नभई महिलाको सम्मानपूर्वक बाँच्न र विकास हुन पाउने अधिकारको संरक्षण हो।
कतिपय मानिस के ठान्छन् भने गर्भपतन महिलासँग मात्र सम्बन्धित विषय हो, यसमा पुरुषको कुनै सरोकार रहँदैन। तर गर्भपतन महिलासँग मात्र सम्बन्धित विषय होइन। गर्भपतन महिला र पुरुष दुवैसँग सम्बन्धित छ। महिला तथा पुरुषको यौन सम्बन्धद्वारा मात्र गर्भधारण हुने भएकाले, गर्भपतन दुवै महिला तथा पुरुषसँग सम्बन्धित छ। यद्यपि गर्भ महिलाकै शरीरमा हुने हुनाले, गर्भपतन गराउने वा नगराउने भन्ने निर्णय गर्ने अधिकार उनको हुन्छ।
गर्भपतन परिवार नियोजनको साधन होइन। यदि पुरुष वा परिवारले महिलालाई परिवार नियोजनको साधनको रूपमा गर्भपतन गर्न वा गराउन बाध्य गराउँछ भने त्यो अपराध हो। गर्भपतन गराउने महिलाहरू चरित्रहीन होइनन्। यो अनिश्चित गर्भधारणबाट उत्पन्न हुने बाध्यकारी अवस्था हो, यसमा महिला र पुरुष दुवै जिम्मेवार हुन्छन्। यसमा महिलालाई मात्र लाञ्छना लगाउनु अन्याय हो। अपराध हो।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights