कल्पना आचार्य \काठमाडौं : कोरोना महामारीका कारण महिलाको प्रजनन तथा यौन स्वास्थ्य र अधिकारमा असर परेको विज्ञहरुले बताएका छन् ।
‘एसिया प्यासिफिक कन्फ्रेन्स अन रिप्रडक्टिभ एण्ड सेस्सुअल हेल्थ एण्ड राइट्स’ को दोस्रो सिरिजमा विश्व जनसंख्या दिवसको अवसर पारेर यूएनएफपिए एसिया प्यासिफिकले गरेको कार्यक्रममा उनीहरुले कोरोना महामारीले महिलाको प्रजनन तथा यौन स्वास्थ्यमा असर गरेको र यसको असर लामो समयसम्म रहने बताएका हुन्।
बिहिबार भर्चुअल रुपमा गरिएको कार्यक्रममा यूएनएफपिएका एसिया प्यासिफक क्षेत्रिय निर्देशक बोरन एन्डरसनले कोभिड- १९ले महिलाले परिवार नियोजनका साधन समयमा नपाएको, स्वास्थ्य सेवा लिन अप्ठेरो भएको र अन्य सेवामा पनि यसले परिवार व्यवस्थापनमै लामोसमयसम्म असर पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।
यसैगरी पब्लिक हेल्थ फाउन्डेसन अफ इन्डियाकी गिता सेनले कोरोनाले सबैलाई असर गरेको भए पनि त्यसको असर महिला त्यसमा पनि गर्भवती, किशोरी र सुत्केरीलाई अझ बढी असर गरेको बताइन्। उनले कतिपय महिलाले स्वास्थ्य सेवा लिन लकडाउनका कारण स्वास्थ्य संस्थासम्म जान समेत नपाएका कारण ज्यान गुमाउन बाध्य भएका कुराहरु बाहिर आएको बताएकी छिन्।
उनले यसमा सरोकारवालाले यस्ता विषयलाई केन्द्रमा राखेर निति तथा कार्यक्रम तत्काल तयार गर्नुपर्ने बताइन्। उनले कोरोनाका कारण भएको लकडाउनमा महिलामा घरेलु हिंसा समेत बढेको जिकीर गरिन्। योसँगै महिला स्वास्थ्यकर्मीहरु कोरोनाका कारण मानसिक तनावमा रहेका कारण उनीहरुलाई सुरक्षित बनाउन र बेलैमा परामर्श गर्न पनि जरुरी रहेको उनले जोड दिइ्न। कोरोना महामारी मात्रै हैन् यसले महिलालाई पारेको समस्याकाबारेमा पनि कुरा गर्न जरुरी छ, उनले भनिन, अन्यथा यसले ठुलो क्षति व्यहोर्नुपर्ने हुनसक्छ ।
यसैगरी फिलिपिन्सकी पब्लिक हेल्थ विशेषज्ञ जुलिस मेलगरले आफूले कारोना महामारीको असर तत्काल जति देखएको छ त्यसको धेरै गुणा बढी केही वर्षपछि देखिने अनुमान गरेको बताइन । यसका लागि सबै चनाखो हुनुपर्ने उनको भनाई छ । उनले कोरोना महामारी र यसको नियन्त्रणका लागि गरिएको लकडाउनका कारण महिलाहरुको व्यक्तिगत यौन तथा प्रजनन स्वास्थ्यमा प्रत्यक्ष असर गरेको भन्दै सेक्स पार्टनरबाट हुने हिंसा समेत बढेको बताइन्।
यसैगरी कम्बोडियाको युवा एक्टिभिस्ट क्याथरिनले किशोरकिशोरीका विषयका बारेमा भनाई र आफनो अनुभव सेयर गरेकी थिइन्। यसैगरी चीनका काई कोङले अपांगहरुको पनि प्रजनन र यौन स्वास्थ्यमा के कस्तो पहुँच हुनुपर्छ भन्दै अहिलको कोभिड १९ को कारण उनीहरुमा परेको असरको बारेमा प्रस्तुती दिएका थिए ।
कार्यक्रममको सहजीकरण यूएनएफपिए एसिया प्यासिफिकका रोय वाडियाले गरेका थिए ।
माधवकुमार नेपालको मुटुमा समस्या आएपछि एन्जिओप्लास्टी गरियो
कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुुपर्छ : प्रधानमन्त्री
अब स्वास्थ्य बीमाको नवीकरण अनलाइनबाटै गर्न सकिने
चिकित्सक विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो : राष्ट्रपति पौडेल
विशिष्टिकृत स्वास्थ्य सेवा विस्तार हुँदै