सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य
हेल्थ टिभी अनलाइन : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षका लागि तय गरिएको नीति तथा कार्यक्रम आज सार्वजनिक गरेका छन् । दिउसो ३ बजेबाट सुरु भएको संसदको संयुक्त बैठक समक्ष राष्ट्रपति पौडलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । उक्त नीति तथा कार्यक्रममा दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार कार्यक्रम थप प्रभावकारी बनाइनेदेखि जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था सम्म राखिएको छ ।
यसपटकको नीति तथा कार्यक्रममा यी यी विषयवस्तुहरु समावेश भएका छन् :
दुर्गम क्षेत्रमा विशेषज्ञ सेवाहरु सञ्चालन गरिने, हरेक महिनाको फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ महिना घोषणा गरी कार्यक्रमहरु सञ्चालन गरिने, अपाङता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुर्नस्थापना सेवा विस्तार गरिने, औषधी तथा स्वास्थ्य सामग्री सम्वन्धी एकीकृत ऐन तर्जुमा गरिने,सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइने, क्यान्सर तथा मिर्गौला प्रत्यारोपण उपचार सेवा प्रदेशस्तरमा विस्तार गरिने, पाठेघरको मुखको क्यान्सरबिरुद्ध लगाईने एचपीभी खोप र १४ वर्ष मुनिका बालबालिकाहरुका लागि निशुल्क क्यान्सर उपचार सेवाको व्यवस्था मिलाइने विषयवस्तुहरु नीति तथा कार्यक्रममा उल्लेख छ ।
यसैगरी स्वास्थ्य बीमा प्रणाली एकीकृत गरी उपचारको दायरा विस्तार गरिने, मस्तिष्क मेरुदण्ड र मानिसक र थालासेमिया रोग उपचारका लागि काठमाडौंमा अत्याधुनिक न्युरो साईन्स केन्द्र स्थापना गरिने, गम्भीर रोगको उपचार समेत स्वास्थ्य बीमाबाट हुने व्यवस्था गर्न सुविधा थैली परिमार्जन गरिने, छरिएका सबै स्वास्थ्य सेवालाई एकीकृत गरी स्रोतको अभावलाई सम्वोधन गर्न सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चयकोष,लगायत सबै स्वास्थ्य सेवा र उपचारकोसुविधा दिने संस्थाहरुको सेवा प्रभावकारी बनाईने पनि कार्यक्रममा उल्लेख छ ।
यसैगरी आधारभूत तथा अत्यावश्यक औषधीहरुको उत्पादन प्रर्वद्धन गरिनेछ । औषधी तथा स्वास्थ्य सामग्री सम्वन्धी एकीकृत ऐन तर्जुमा गरिनेछ । सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आवद्ध गर्ने गरी नागरिक एपलाई सुधार गरिनेछ पनि उल्लेख छ ।
आयुर्वेद सेवाको सुदृढिकरण र बैकल्पिक चिकित्सा विधि प्रर्वद्धन गर्न आयुर्वेद अध्ययन प्रतिष्ठानको रुपमा विधुषी योगमाया आयुर्वेद विश्वविद्यालय सञ्चालनमा ल्याईनेछ पनि भनिएको छ । यी लगायतका विषयवस्तु यसपटकको नीति तथा कार्यक्रममा उल्लेख छन् ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’