Health TV Online
Health TV Online
Health TV Online

नेपालमा थप १ सय जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १ सय जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न जिल्लामा गरी थप सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार बुधबारसम्म क्वारेन्टाइनमा रहनेको संख्या २० हजार ८ सय ४२ रहेको छ ।

यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ६८ रहेको छ । आज मात्रै कोरोना जितेर २०७ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएको बताइएको छ । योसँगै डिस्चार्ज हुनेको संख्या १२ हजार ६ सय ८४ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

पुरुषहरु परिवार नियोजनकाबारेमा चिन्तित नभएको अध्ययनको निष्कर्ष

पुरुषहरु परिवार नियोजनकाबारेमा चिन्तित नभएको अध्ययनको निष्कर्ष

कल्पना आचार्य \काठमाडौं : अधिकांश पुरुष परिवार नियोजनकोवारेमा चिन्तित नभएको अध्ययनले जनाएको छ । टिमोर लिस्टेमा गरिएको एक अध्ययनमा त्यहाँका पुरुषहरु आफूले परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ भन्नेमा चिन्तित नदेखिएको अध्ययनमा पाइएको हो । कमै पुरुषले मात्र आफूले परिवार नियोजनका साधन प्रयोग गरेको पाइएको छ । यौन तथा प्रजनन स्वास्थ्य अधिकारको क्षेत्रमा कस्तो अवस्था छ र यसलाई विकास गर्न के गर्नुपर्छ भन्ने पत्ता लगाउनका लागि अध्धयन गरिएको थियो ।

सो अध्ययनको रिपोर्ट दशौं ‘एसिया प्यासिफिक कन्फ्रेन्स अन रिप्रडक्टिभ एण्ड सेस्सुअल हेल्थ एण्ड राइट्स’ नामक वेभिनारमा अध्ययनकर्ता एवं टिमोर लिस्टे मेरी स्टोप्सकी म्यानेजर हेलन हेन्डरसनले प्रस्तुत गरेकी थिइन्।

उक्त अध्ययनमा टिमोर लिस्टेका १८ देखि ७२ उमेर समूहका १७५ जना महिला तथा पुरुषलाई सहभागी गराइएको थियो । ७ वटानगरपालिकाका २४ जना स्वास्थ्यकर्मीलाई पनि उक्त अध्ययनमा सहभागी गराइएको थियो । अध्ययनमा २५ प्रतिशत महिलाको परिवार नियोजनको साधनमा पहुँच नै नभएको देखिएको छ । २४ प्रतिशतम महिलाले मात्र आधुनिक परिवार नियोजनका साधन प्रयोग गरेको पाइएको थियो ।

सहभागीहरुले पुरुष परिवार नियोजनका वारेमा बताउन नसकेको पनि अध्ययनले जनाएको छ । कण्डम र भेक्सेटोमीका बारेमा पनि सहभागी मध्ये कमैले यसबारे कुरा गरेको अध्ययनम उल्लेख छ । अध्ययनले परिवार नियोजन भनेको महिलाले मात्र प्रयोग गर्ने भनेर बुझेको अध्ययनले निष्कर्ष निकालेको छ । समूदायमा पुरुष परिवार नियोजनकाबारेमा छलफल नहुने गरेको देखिएको छ । पुरुषहरु बच्चा जन्माउने र जन्मान्तरका लागि छलफल गर्न  स्वास्थ्य संस्थामा खासै नजाने गरेको पनि अध्ययनले देखाएको छ । यो काम महिलाको हो भन्ने धारणा रहेको देखिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले बुधबार विज्ञप्ति जारी गर्दै थप तीन जिल्लामा ७ जना संक्रमित थपिएको जनाएको हो । अस्पतालका अनुसार आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सल्यानका २ जना, बाँकेको ३ जना र बर्दियाका २ जना रहेका छन्।

गत २४ घण्टामा २७१ वटा पीसीआर परीक्षण गरिएकोमा ७ जनामा मात्र कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

डा शेर बहादुर भन्छन्, लकडाउन खुलेको हो कोरोनाको जोखिम कम भएको हैन्

अझै बढी सतर्कता जरुरी

डा शेर बहादुर भन्छन्, लकडाउन खुलेको हो कोरोनाको जोखिम कम भएको हैन्

सरकारले कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत ११ देखि देशभर लकडाउन जारी गरेको थियो । झण्डै ४ महिनासम्म लागेको लकडाउनले कोरोनाको रोकथाम र नियन्त्रणका लागि ठुलो सहयोग गरेको भए पनि धेरै समयसम्म लकडाउन जारी गर्न नहुने निष्कर्षमा पुगी सरकारले आजैबाट लकडाउन खोलेको छ ।

तर हामी सबैले ध्यान दिनुपर्ने कुरा केहो भने लकडाउन खोल्नुको मतलब कोरोनाको जोखि घट्यो भन्ने हैन्। यसरी हामीले बुझ्यौं भने भविष्यमा ठुलो मूल्य चुकाउनुपर्ने हुनसक्छ । त्यसैले सरकारले धेरै लामो समसम्म लकडाउन गर्दा सबै क्षेत्र हेर्नुपर्ने हुन्छ । सोही आधारमा आफूले सतर्कता अपनाउँदै व्यापार व्यवसाय पनि गरौं भन्ने हो ।

मलाई के लाग्छ भने अहिलेसम्म सरकारले काेराेनाबाट जाेगाउन हामीलाई  लकडाउन गरेर घरभित्र राख्यो । अब भने बल हाम्रो कोर्टमा आएको छ । हामी आफै बढी जिम्मेवार भएर यसबाट बच्ने उपाय अपनाउनुपर्छ । आफू जिम्मेवार हुनु भनेकै परिवार र समूदायलाई काेराेना संक्रमण हुन नदिनु हो ।

आज लकडाउन खुलेसँगै धेरै जना खुशी भएर अब त स्वतन्त्र भइयो भने जस्तो गरिरहेका छन्। त्यस्तो होइन लकडाउन खुलेपनि कोरोनाको जोखिम अझै बढेको छ । सबैतिर खुल्ला भएपछि सम्पर्क पनि धेरै जनासँग हुन्छ । त्यसैले हामीले हेक्का राख्नुपर्ने कुरा स्वास्थ्य मत्रालयले जारी गरेको एक अर्कासँग दुई मिटरको दूरी कायम गर्ने, मास्कको प्रयोग गर्ने  सकेसम्म भिडभाडमा नजाने र साबुनपानीले  नियमित हात धोइरहने चाहिं गर्नैपर्छ । यो बानीले धेरै हदसम्म हामीलाई कोरोनाबाट जोगाउन मद्दत गर्छ ।

अर्को कुरा छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । यसले पनि हामी बढी जोखिममा छौं । जबसम्म भारतमा संक्रमितको संख्या कम हुँदैन तबसम्म हामी पनि सुरक्षित हुँदैनौं । खुला सिमानाका कारण धेरै मानिसहरु आवतजावत भइरहन्छ । जसले गर्दा कोरोना संक्रमणको जोखिम रहिरन्छ ।

नेपालमा धेरै जनाले कोरोनालाई सामान्य रुपमा लिए जस्तो पनि लाग्छ । कतिपयले लकडाउनकै समयमा पनि यसबाट जोगिनपर्ने मापदण्ड खासै पालना गरेजस्तो लाग्दैन्। लकडाउन खुलेसँगरै अब हाम्रो सम्पर्क धेरै जनासँग हुन्छ । यो बेला अझ बढी सतर्क हुन जरुरी छ । नेपालमा अहिलेसम्म समूदाय स्तरमा कोरोना नगइसकेको अवस्थामा छौं तर लापरवाही गर्दा यो  एकैपटक समूदायमा जानसक्छ भन्ने कुरा बुझ्न जरुरी छ । हामीकहाँ धेरै संक्रमितमा कुनै लक्षण नै देखिएको छैन्। यस्ता लक्षण नदेखिएका संक्रमितले एकैपटक रोग सार्ने सम्भावना बढी हुन्छ ।

मलाई के लाग्छ भने अहिलेसम्म सरकारले काेराेनाबाट जाेगाउन हामीलाई  लकडाउन गरेर घरभित्र राख्यो । अब भने बल हाम्रो कोर्टमा आएको छ । हामी आफै बढी जिम्मेवार भएर यसबाट बच्ने उपाय अपनाउनुपर्छ । आफू जिम्मेवार हुनु भनेकै परिवार र समूदायलाई काेराेना संक्रमण हुन नदिनु हो ।  सरकारले लकडाउन खोले पनि भिडभाड गर्न नपाउने, स्कूल कलेज तत्काललाई नखोल्ने केही प्रतिवन्ध जारी राखेको छ । यसलाइ मनन गराैं र काेराेनाबाच बचाैं र बचाऔं ।

डा शेर बहादुर पुनसँग कुराकानीमा आधारित : 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४१ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४१ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४१ पुगेको छ ।

महोत्तरी का ६० वर्षीय एक पुरुषको कोरोनाबाट मृत्यु भएको हो । उनको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति मृत्यु भएको अस्पतालका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए। उनका अनुसार श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएका उनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको रिपोर्ट पोजेटिभ आएपछि कोरोना आइसोलेसनको छुट्टै आइसीयूमा राखेर उपचार गरिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

अमेरिकामा ४० लाख मानिसमा कोरोना संक्रमण, १ लाख ४४ हजारको मृत्यु

अमेरिकामा ४० लाख मानिसमा कोरोना संक्रमण, १ लाख ४४ हजारको मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : अमेरिकामा हालसम्म ४० लाख बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वर्ल्डोमिटरका अनुसार हाल ४० लाख २८ हजार मानिसमा कोरोना संक्रमण देखिएको छ भने हालसम्म १ लाख ४४ हजार मानिसको मृत्यु भइसकेको छ ।

गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको सबैभन्दा चपेटामा अमेरिका परेको देखिन्छ । अमेरिकामा विगत १६ दिनदेखि लगातार दैनिक ५० हजार संक्रमित फेला पर्दै आएका छन्। मंगलबार मात्र त्यहाँ ६६ हजार बढी मानिसमा कोरोना पुष्टि भएको छ ।

अमेरिकामा पछिल्लो दुई महिनामा संक्रमितको संख्या दोब्बर पुगेको छ । यसैगरी कोरोना जितेर घर फर्किनेको संख्या नै १८ लाख ८५ हजार पुगेको छ । वर्ल्डोमिटरका अनुसार अमेरिकाको न्यूयोर्क सबैभन्दा बढी प्रभावित भएको छ । न्यूयोर्कमा मात्रै ४ लाख ३५ हजार ७५३ संक्रमित रहेका छन् भने ३२ हजार ६०२ जनाको कोरोनाबाट मृत्यु भएको बताइएको छ ।

शुरु शुरुमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई चाइनिज भाइरस भन्दै हल्का रुपमा लिएका थिए । तर यतिबेला अमेरिका नै बढी प्रभावित बन्न पुगेको छ ।

थप समाचार

चार महिनादेखि जारी लकडाउन अन्त्य भएको सरकारको घोषणा

चार महिनादेखि जारी लकडाउन अन्त्य भएको सरकारको घोषणा

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना महामारीका कारण जारी गरिएको लकडाउन आज रातीबाट अन्त्य हुने सरकारले घोषणा गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन शुरु गरेको थियो ।

सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले लकडाउन आजैबाट अन्तय हुने जानकारी गराएका छन् । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् ।

यसैगरी सरकारले भदौ १ गतेबाट लागू हुने गरी विद्यार्थी भर्ना खुला गर्ने समेत निर्णय गरेको छ । तर विद्यालय सञ्चालनको भने निर्णय भएको छैन्। यस्तै भदौ १ बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका क्रियाकलाप पनि संचालन गर्ने निर्णय सरकारले गरेको छ। यसैगरी होटल तथा रेस्टुरेन्ट व्यवसायहरु यही साउन १५ बाट शुरु गर्न सकिने पनि निर्णय भएको छ ।

कोरोना संक्रमितको संख्या घट्दै गएपछि सरकारले साउन १ देखि लकडाउन केही खुकुलो गराउँदै आएको थियो । आजबाट भने लकडाउनको अन्त्य भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

काठमाडौं उपत्यकामा ९ सहित १५० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ९ सहित १५० जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं: काठमाडौं उपत्यकामा ९ सहित १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोनाको आंशकामा हालसम्म २१ हजार ७०४ जना देशभरका क्वारेन्टाइनमा बसेका छन्। गत २४ घण्टामा ३ हजार ९६३ जनाको पीसीआर विधिमार्फत परीक्ष्ण गरिएको जनाइएको छ । मंगलबार ६०९ जना संक्रमित कोरोना जितेर आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जितेर डिस्तार्ज हुनेको संख्या १२ हजार ४७७ पुगेको छ ।

हालसम्म नेपालमा कोरोनाबाट ४० जनाले ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गण्डकी प्रदेशमा मंगलबार थपिए ९ जना संक्रमित

गण्डकी प्रदेशमा मंगलबार थपिए ९ जना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाण्डौं : गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै आज तीन जिल्लाका थप ९ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय २९ पुगेको छ ।

निर्देशनालयका अनुसार पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा म्याग्दीका ३ जना, बाग्लुङका ३ जना र स्याङ्जाका ३ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा हालसम्म १ हजार २० जना कोरोना जितेर घर फर्किसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

विश्वभर कोरोना : संक्रमितको संख्या १ करोड ४८ लाख नाघ्यो

विश्वभर कोरोना : संक्रमितको संख्या १ करोड ४८ लाख नाघ्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४८ लाख ५२ हजार ७ सय पुगेको छ । गत २४ घण्टामा मात्रै २ लाख १८ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन्। जबकी २४ घण्टामा ४ हजार २९६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

वर्ल्डोमीटरका अनुसार विभिन्न देशका ६ लाख १३ हजार २१३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । कोरोना संक्रमण भएर पनि उपचारपछि निको भएर घर फर्कनेको संख्या नै ८९ लाख बढी रहेको वर्ल्डोमीटरले जनाएको छ ।

अझै पनि ५३ लाख ३२ हजार बढी एक्टिभ कोरोना संक्रमितको विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ । चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिका बन्न पुगेको छ । हालसम्म अमेरिकामा मात्रै ३९ लाख ६१ हजार भन्दा बढी नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी त्यहाँ १ लाख ४३ हजार बढीले ज्यान गुमाएका छन्।

अमेरिकापछि ब्राजिलमा बढी संक्रमित रहेका छन्। त्यहाँ हालसम्म २१ लाख २१ हजार ६४५ जनामा कारोना पुष्टि भएको छ । संख्याको हिसाबमा भारत तेस्रो नम्बरमा पर्न आउँछ । भारतमा हालसम्म ११ लाख ५४ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यद्यपी भारतमा मृत्युदर भने कम रहेको छ ।

थप समाचार

कोरोनाको भ्याक्सिन निर्माणमा पहिलो चरणको सफलता मिलेको अक्सफोर्ड विश्वविद्यालयको दाबी

कोरोनाको भ्याक्सिन निर्माणमा पहिलो चरणको सफलता मिलेको अक्सफोर्ड विश्वविद्यालयको दाबी

हेल्थ टिभी अनलाइन :  कोरोना भाइरसको भ्याक्सिन बनाउने कार्यमा ठूलो सफलता मिलेको दाबी अक्सफोर्ड विश्वविद्यालयले गरेको छ। विश्वविद्यालयले तयार गरेको कोरोना भाइरस विरुद्धको भ्याक्सिनले मानिसमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने दाबी गरिएको छ।

अक्सफर्ड विश्वविद्यालयले विकसित गरेको कोरोनाभाइरस विरुद्धको एउटा खोप सुरक्षित र रोग प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने देखिएको हो ।

एक हजार ७७ जना सहभागी उक्त खोपको परीक्षणका क्रममा सो खोप लगाएकाहरूको शरीरले कोरोनाभाइरसविरुद्ध लड्न सक्ने एन्टीबडी र टि सेलहरू बनाउन सकेको थियो।

यी परिणामहरू एकदमै सकारात्मक भएको तर कोरोनाभाइरसको सङ्क्रमणविरुद्ध सुरक्षा प्रदान गर्न यो पर्याप्त छ कि छैन भनेर थाहा पाउन समय अझै पुगेको छैन।

यूकेले उक्त खोपको १० करोड मात्रा पहिले नै हासिल गर्न माग गरिसकेको छ। यो खोप चिम्पान्जीहरूमा रूघाखोकी लाग्नमा जिम्मेवार एक भाइरसलाई आनुवंशिक सुधार गरेर तयार गरिएको हो।

उक्त भाइरसलाई यसरी सुधार गरिएको छ कि यस्ले मानिसमा सङ्क्रमण फैलाउन सक्दैन र यसलाई कोरोनाभाइरस जस्तै प्रकृतिको देखिनेू गरी बनाइएको छ। यो खोप सुरक्षित छ तर त्यसका केही ुसाइड इफेक्टु अर्थात् असरहरू छन्।

त्यस्ता असरहरू खतरनाक भने छैनन्। तर परीक्षणमा सहभागी ७० प्रतिशत मानिसमा ज्वरो र टाउको दुख्ने लक्षण देखिएका थिए।

त्यसलाई प्यारासिटामोल खाएर नै ठीक गर्न सकिने अनुसन्धानकर्ताहरूले बताएका छन्।

अक्सफर्ड अनुसन्धान समूहका प्राध्यापक एन्ड्र्यू पोलार्डका अनुसार रोगप्रतिरोधात्मक प्रणालीले भाइरसलाई सम्झनेछ ताकि खोपले मानिसहरूलाई लामो समयसम्म सुरक्षित राख्न सकोस्। तर उनले थप अनुसन्धान आवश्यक रहेकोमा जोड दिए।

थप समाचार

स्वस्तिश्री गुरुकुलद्वारा निदान अस्पताललाई पीपीई हस्तान्तरण

स्वस्तिश्री गुरुकुलद्वारा निदान अस्पताललाई पीपीई हस्तान्तरण

हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौंको सानोभर्याङ्गमा रहेको स्वस्तिश्री गुरुकुल स्कुलले ललितपुरको पुल्चोकस्थित निदान अस्पताललाई १०५ थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई)  हस्तान्तरण गरेको छ ।

कोरोना विरुद्धको फ्रन्टलाइनमा रहेर काम गर्ने डाक्टर , नर्सहरू र अन्य स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि सुरक्षाकवच पीपीई उपलब्ध गराइएको स्वस्तिश्री गुरुकुल स्कूलका समाजसेवी डा लुःज मानन्धरले बताए ।

सोमबार आयोजित एक कार्यक्रममा स्वस्तिश्री गुरुकुल स्कूलका समाजसेवी डा लुःज मानन्धरले निदान अस्पतालका बोर्ड निर्देशक अभिसेक श्रेष्ठलाई पीपीई हस्तान्तरण गरेका हुन्। । मानिस समाजको एक हिस्सा भएको हुनाले यस्ता सामाजिक काम गर्नाले समाजलाई केही टेवा पुग्ने मानन्धरले बताए । उनले यस अघि पनि धेरै संस्थाका लागि सामाजिक कार्य गर्दै आएका छन्।

पीपीई बुझ्दै अस्पतालका  श्रेष्ठले अहिलेको विषम परिस्थितीमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) ले अहिलेको संकटमा कोरोना विरुद्ध फ्रन्टलाइनमा रहने डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुलाई ठुलो राहत हुने बताए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सुदूरपश्चिममा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

शेर भण्डारी \ डडेल्धुरा : सुदूरपश्चिममा थप ४१ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार डडेल्धुरा र धनगढीमा भएको परीक्षणमा ४१ जनामा कोरोना पुष्टि भएको हो।

डडेल्धुरामा भएको परीक्षणमा डोटीका ४० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार डोटीको शिखर नगरपालिकाका क्वारेन्टाईनमा रहेका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा भने १ जनामा मात्रै कोरोना पुष्टि भएको छ। कैलालीको गौरीगंगा नगरपालिका–५ की १५ बर्षीया बालिकामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ९५ पुगेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्य मन्त्रालयले भन्यो, बाढी पहिरोका कारण पानी प्रदुषित भएर निम्तिने रोगप्रति पनि सचेत बनौं

स्वास्थ्य मन्त्रालयले भन्यो, बाढी पहिरोका कारण पानी प्रदुषित भएर निम्तिने रोगप्रति पनि सचेत बनौं

हेल्थ टिभी अनलाइन\ काठमाडौं : विगत केही दिनदेखि अविरल वर्षा भइरहेको र यसले थप पानीजन्य रोग निम्त्याउने हुँदा सजग रहन स्वास्थ्य  मन्त्रालयले आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत केही दिनदेखी परेको अविरल वर्षाका कारण धेरै स्थानमा बाढी पहिरो गएको हुँदा यस्तो बेला पानी अत्यधिक फोहोर हुन गई यसले रोग निम्त्याउने बताए । उनले यो बेला पानीकै कारण झाडापखाला, टाइफाइड, आउँ पर्ने, रुघाखोकी लाग्ने, आँखा पाक्ने जस्ता सरूवा रोगले सताउने हुँदा यो बेला पानी उमालेर वा निर्मलीकरण गरेर मात्र पिउन आग्रह गरे ।

यसका साथै बाढी पहिरोको विपत्तिका कारण धेरै जना एकै ठाउँमा बस्नुपर्ने बाध्यता आएको भए पनि कोरोनाको जोखिम  कायमै भएकाले यसतर्फ पनि ध्यान दिन आग्रह गरे । उनले स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्डलाई ख्याल गरेर कोरोनाबाट जोगिन पनि सुझाव दिए ।

यसबाहेक बाढी पहिरोमा परी जनधनको क्षति संगै चोटपटक समेत लाग्ने हुँदा यो बेला विपदमा परेकालाई सबै मिलेर सहयोग गर्नुपर्नेमा डा गौतमले जोड दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

थप १८६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप ३ जनामा संक्रमण

थप १८६ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार २ सय १६ जनाको पीसीआर विधि मार्फत परीक्षण गरिएको थियो । आज मात्रै १७३ कोरोना जितेर घर फर्केका छन्। योसँगै हालसम्म ११ हजार ८सय ६८ जनाले कोरोना जितेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

नेपाल नेत्र ज्योति संघद्वारा स्वास्थ्य सामग्री सहयोग

नेपाल नेत्र ज्योति संघद्वारा स्वास्थ्य सामग्री सहयोग

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल नेत्र ज्योति संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सहयोगी हुने भन्दै स्वास्थ्य सामग्री सहयोग गरिएको संघले जनाएको छ । सोमबार संघका पदाधिकारीहरु स्वास्थ्य मन्त्रालय पुगी स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई उक्त सामान हस्तान्तरण गरेका हुन्।

संघका अनुसार ७ लाख ७ हजार मूल्य बराबरको १०१ थान आइ आर थर्मोमिटर मन्त्रालयलाई हस्तान्तरण गरिएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण, १८ सय बढी क्वारेन्टाइनमा

गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण, १८ सय बढी क्वारेन्टाइनमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै सोमबार ४ जिल्लामा गरी थप १२ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय १७ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका ८ जना, तनहुँका १ जना, लमजुङका १ जना र स्याङ्जाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ र उनीहरुलाई सम्बन्धित जिललाको आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको छ । यसैगरी गण्डकी प्रदेशमा हाल क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या १८ सय २४ रहेको निर्देशनालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

कोरोना महामारीबाट बच्न अपनाउनु पर्ने ‘एसएमएस’ विधि

कोरोना महामारीबाट बच्न अपनाउनु पर्ने ‘एसएमएस’ विधि

हेल्थ टिभी अनलाइन \काठमाडाैं :  विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाका कारण नेपालमा पनि गत चैत ११ गतेखि देशभर लकडाउन जारी छ ।

यतिबेला लामो समयसम्मको लकडाउनका कारण कतिपय व्यवसायीहरु स्वतस्फूर्त रुपमा बाहिर आउन थालेपछि सरकारले काठमाडौं उपत्यका लगायतका धेरै स्थानमा लकडाउन खुकुलो बनाउँदै काम गर्न दिएको छ । यद्यपी सरकारले नेपालमा कोरोना संक्रमितको संख्या कम हुँदै गएकोे भए पनि उच्च जोखिम कायम नै रहेको बताउँदै आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्राययको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बारम्बार एसएमएस पालना गर्न आग्रह गरिरहेका हुन्छन्। आउनुस् त्यो एसएमएस के हो र कोरोनाबाट बच्न यसले कसरी सहयोग गर्छ जानीराखौं ।

एस – सामाजिक दूरी- कोरोनाबाट बच्नका लागि कम्तीमा पनि एक अर्काविच दुई मिटरको दूरी कायम गर्न जरुरी छ ।

एम – मास्कको प्रयोग- भिडभाड हुने स्थानमा जाँदा अनिवार्य मेडिकल मास्क वा तीन तह भएको मास्क प्रयोग गर्न जरुरी छ ।

एस-  सेनिटाइजर- बेला बेलामा सेनिटाइजर लगाउने वा साबुन पानी उपलब्ध भएसम्म हात धोइरहन जरुरी छ ।

यी तीनवटा विधि सबैले इमान्दारीकासाथ पालना गर्ने हो भने धेरै हदसम्म कोरोना संक्रमणबाट जोगिन सकिने मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतमा कोरोना समुदायमा फैलियो, नियन्त्रण गर्न गाह्रो छ : इन्डियन मेडिकल एसोसिएसन

भारतमा कोरोना समुदायमा फैलियो, नियन्त्रण गर्न गाह्रो छ  : इन्डियन मेडिकल एसोसिएसन

हेल्थ टिभी अनलाइन\ काठमाडौं : भारतमा कोरोना भाइरस समुदायमा फैलिएको भन्दै स्थिती भयावह हुनसक्ने बताइएको छ ।

आइतबार भारतीय मेडिकल एसोसिएसनले विज्ञप्ति जारी गर्दै भारतका कयौं गाउँहरुमा कोरोना समुदायमा फैलिएको भन्दै यसलाई रोक्नका लागि ठोस कदम चालिनुपर्ने बताएको छ । विज्ञप्तिमा कोरोनाबाट दैनिक रुपमा ३० हजार बढी संक्रमित हुनु राम्रो संकेत नभएको भन्दै यसलाई रोक्न सबै लाग्नुपर्ने जनाएको छ ।

भारतमा हालसम्म ११ लाख १८ हजार बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने २७ हजार बढी संक्रमितको मृत्यु भइसकेको छ । यो संँख्या दिनप्रतिदिन बढिरहेको छ । भारत सरकारले आर्थिक मन्दी हुने भन्दै लगभग सबै क्षेत्र खुला गरेको छ । सुरक्षाका उपाय अपनाउँदै व्यापार व्यवसाय गर्न भनिए पनि मानिसहरुको भिढभाड त्यत्तिकै देखिने गरेको छ । जसले गर्दा महाराष्ट्र, दिल्ली, तमिलनाडु, पश्चिम बंगाल लगायतका राज्यमा संक्रमितको संख्या अत्यधिक बढिरहेको छ ।

थप समाचार

कैलालीमा क्वारेन्टाइनबाट भागेका व्यक्ति मृत अवस्थामा फेला

कैलालीमा क्वारेन्टाइनबाट भागेका व्यक्ति मृत अवस्थामा फेला

हेल्थ टिभी अनलाइन \डडेल्धुरा : कैलालीमा क्वारेन्टाइनबाट भागेका एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

कैलालीको गोदावरी नगरपालिकाका ४५ वर्षीय शेरबहादुर आउजी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आउजीको शव गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेको सुर्योदय सामुदायीक वनमा फेला परेको थियो ।

आउजी साउन एक गते भारतबाट फर्किएर गोलादेवी विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा बस्दै आएका थिए। मृतक पुरुष आइतबार बिहानैक्वारेन्टाइनबाट भागेको गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले बताइन् ।

अहिले प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ताजा अपडेट