चिकित्सक लाइसेन्स नवीकरण गर्न पाँच वर्षभित्र १०० अंक ल्याउनै पर्ने
काठमाडौं : अब चिकित्सकको अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न पाँच वर्षभित्र १०० अंक ल्याउनै पर्ने भएको छ।
गोरखापत्र दैनिकले लेखेको छ, नेपाल मेडिकल काउन्सिलले जारी गरेको ‘निरन्तर पेशागत उन्नयन कार्यक्रम’ (सीपीडी) अनुसार पाँच वर्षभित्र चिकित्सकले १०० अङ्क ल्याउन नसके चिकित्सकको लाइसेन्स नवीकरण हुने छैन।
नेपाल मेडिकल काउन्सिलले सीपीडी लागू गरेसँगै लाइसेन्स नवीकरणका लागि चिकित्सकले पाँच वर्ष भित्र एक सय अङ्क ल्याउनै पर्ने अवस्था आएको हो।
नेपाल मेडिकल काउन्सिलले कन्टिन्युइङ प्रोफेसनल डेभलपमेन्ट (सीपीडी) लागु गरेसँगै चिकित्सकले पाँच वर्षभित्रमा एक सय अङ्क ल्याउनुपनेर्छ, जसअन्तर्गत ३० अङ्क तोकिएको अनिवार्य विषयमा ल्याउनुपर्ने छ भने बाँकी ७० अंक आफ्नो व्यावसायिक रुचिको क्षेत्रबाटै पाउन सकिनेछ।
अनिवार्य विषयमा चिकित्सकले ३० अङ्क प्राप्त गर्नुपर्नेछ भने रुचि अनुसारको क्षेत्रमा शैक्षिक योग्यता, तालिम, प्रकाशित गरेको लेख, रचना, सम्मेलन, सेमिनार, लगायतका आधारमा ७० अङ्क आर्जन गर्नुपर्नेछ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटाले नेपालमा चिकित्सा सेवा दिएका सम्पूर्ण चिकित्सकको ज्ञान र सीपलाई अझ परिष्कृत गर्न यस्तो व्यवस्था ल्याइएको बताए।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण