Health TV Online
Health TV Online
Health TV Online

सात वर्षमा पाँच हजार बाहिरिए डाक्टर पढ्न

सात वर्षमा पाँच हजार बाहिरिए डाक्टर पढ्न

काठमाडौं : चिकित्सा शिक्षा अध्ययनका लागि ६ वर्षको अवधिमा झण्डै पाँच हजार नेपाली विदेशिएका छन्। एमबीबीएस र बीडीएस अध्ययनका लागि लिइने प्रवेश परीक्षामा फेल भएका अधिकांश विद्यार्थी विदेशिएको पाइएको छ।

मंगलबारकाे राजधानी दैनिकमा समाचार छ, पछिल्लो तथ्यांकअनुसार ४ हजार ९६३ जना विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि बाहिरी मुलुक गएका छन्।

नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार सन् २०१३ मा ५६५ जना, सन् २०१४ मा १ हजार ३७८, सन् २०१५ मा १ हजार ४६१, सन् २०१६ मा ४७८ जना विदेशिएका छन्। यस्तै, सन् २०१७ मा ४९५ र सन् २०१८ मा ५८६ जना विदेशिएका छन्।

नेपालमा फेल, विदेशमा पढ्दै

एमबीबीएस र बीडीएस अध्ययनका लागि लिइने प्रवेश परीक्षामा फेल भएका अधिकांश विद्यार्थी विदेशिन थालेपछि विदेशमा अध्ययन गर्न जानका लागि नेपालमा लिइने प्रवेश परीक्षा उत्तीर्ण हुनैपर्ने व्यवस्था गरिएको छ। यो व्यवस्थाले पछिल्ला दिनमा विदेश पढ्न जानेको संख्या केही घटेको पाइएको छ।

नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष डा. धर्मकान्त बाँस्कोटाका अनुसार विश्वविद्यालयले लिने प्रवेश परीक्षामा अनुत्तीर्ण भएपछि एमबीबीएस र बीडीएस अध्ययनका लागि विद्यार्थी बाहिरी मुलुक गएको देखिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

९० प्रकारका औषधिको नमुना फेल

९० प्रकारका औषधिको नमुना फेल

जनसंख्या तीन कराेड, चिकित्सक १४ सय

जनसंख्या तीन कराेड, चिकित्सक १४ सय