जनसंख्या तीन कराेड, चिकित्सक १४ सय
काठमाडाैं : विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नेपालमा जनसंख्याको अनुपातमा चिकित्सकको संख्या अत्यन्त न्यून देखिएको छ।
नयाँ पत्रिका दैनिकमा समाचार छ, स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी स्वास्थ्य संस्थामा एक हजार ४ सय चिकित्सक कार्यरत छन्। नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माका अनुसार हालसम्म नेपालमा २३ हजार ५०० चिकित्सक उत्पादन भएका छन्। तर, तीमध्ये थुप्रैको मृत्यु भइसकेको छ। धेरैजसो रोजगारीका लागि विदेशमा छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकको संख्या करिब ३ हजार छ । सरकारी र निजी तवरमा कार्यरत चिकित्सकको संख्या जम्मा ४ हजार ४ सय छ । श्रेष्ठले दुवै क्षेत्रमा ठूलो संख्यामा चिकित्सक अभाव रहेको बताए।
खोप तथा र गाउँघर क्लिनिकसमेत गरी नेपालमा ३२ हजार ९१४ स्वास्थ्य संस्था छन्। स्वास्थ्यसम्बन्धी जनशक्ति ३५ हजार ५४४ छ भने ५२ हजार स्वयंसेविका छन्। हालसम्म ५३ हजार २७८ नर्स उत्पादन भएका छन्।
बिरामीलाई पाँच मिनेट
नेपाल मेडिकल काउन्सिलका अनुसार चिकित्सकले एकजना बिरामीलाई कम्तीमा २० देखि ३० मिनेटको समय दिनुपर्ने हुन्छ। तर, उपत्यकाभित्र काम गर्ने चिकित्सकले दैनिक १ सय ५० जनासम्म बिरामी हेर्दै आएका छन्। नेपाल मेडिकल काउन्सिल, आचारसंहिता समितिका संयोजक तथा नेपाल मेडिकल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेल बिरामीलाई चिकित्सकले कति समय दिने भन्ने कुरा रोगको प्रकृतिमा निर्भर हुने बताउँछन्।
विश्व स्वास्थ्य संगठनका अनुसार एकजना चिकित्सकले बिरामीलाई हेरेर विवेकसम्मत निर्णय लिन र अनुसन्धान गर्न एक दिनमा ३० जनाभन्दा बढी बिरामी हेर्नु उपयुक्त हुँदैन।




डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित