एमबीबीएस उत्तीर्ण १३ सय डाक्टर बिरामी जाँच्न अयोग्य
काठमाडाैं : एमबीबीएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न अयोग्य छन्। नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स (नाम दर्ता) परीक्षामा फेल हुँदा उनीहरू अयोग्य ठहरिएका हुन् ।
लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन्। विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने वैधानिकता लिन काउन्सिलले लिने लाइसेन्स परीक्षा पास हुनैपर्छ । काउन्सिल स्रोतका अनुसार फेल हुने अधिकांश बंगलादेशमा अध्ययन गरेर आएकाहरू छन् । याे समाचार शनिबारकाे नयाँ पत्रिका दैनिकमा छापिएकाे छ।
काउन्सिलले भने १० पटकसम्म निरन्तर फेल भएपछि लाइसेन्स परीक्षामा सामेल नै हुन नपाउने नियम बनाएर स्वास्थ्य मन्त्रालयमा पठाएको छ । तर, मन्त्रालयमा फाइल अड्किएको छ । यो नियम पास भयो भने एक हजार तीन सयमध्ये सबैजसो डाक्टर लाइसेन्स परीक्षामा सहभागी हुन पाउँदैनन्। ‘यो नियम पास भए अहिले आन्दोलनमा आउने सबै डाक्टर परीक्षा दिन अयोग्य ठहरिनेछन्,’ काउन्सिल स्रोतले भन्यो।
नौपटक फेल भएका डाक्टर आन्दोलनको नेतृत्व गर्दै
पटक–पटक फेल भएका डाक्टरहरू लाइसेन्सको माग गर्दै आन्दोलनमा उत्रिएका छन्। उनीहरूले बिहीबार स्वास्थ्य मन्त्रालय र शुक्रबार मेडिकल काउन्सिलमा ज्ञापनपत्रसमेत बुझाएका छन्। यो आन्दोलनको अगुवाइ डा. राम थापा क्षेत्रीले गरेका छन्।
काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले बंगलादेश पढेर आएका क्षेत्री लाइसेन्स परीक्षामा नौपटकसम्म फेल भएको बताए। क्षेत्री नेतृत्वको आन्दोलनमा ३६ पटकसम्म फेल भएकासमेत रहेको उनले बताए। सबै १३ सय डाक्टरलाई लाइसेन्स दिलाउन उनीहरूको माग छ।
बंगलादेशमा पढेर आएका, तर लाइसेन्स परीक्षामा असफल भएकाहरूले आन्दोलनका लागि चिकित्सक संघ गठन गर्ने अभियानसमेत अघि बढाएका थिए। तर, स्वास्थ्य मन्त्रालयले रोकेको थियो।




डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित