Health TV Online
Health TV Online
Health TV Online

चिकित्सक नै डराउँछन् बर्डफ्लु प्रभावित क्षेत्रमा जान

चिकित्सक नै डराउँछन् बर्डफ्लु प्रभावित क्षेत्रमा जान

काठमाडौं : बर्डफ्लु संक्रमणबाट पहिलोपटक मानिसको ज्यान गएपछि स्वास्थ्यकर्मी नै प्रभावित क्षेत्रमा जान डराउन थालेका छन्। गत १५ चैतमा बर्डफ्लुका कारण काभ्रेका २१ वर्षीय युवकको मृत्यु पुष्टि भएपछि सर्वसाधारणसँगै चिकित्सक पनि डराएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको  समाचार सोमबारको  नयाँ पत्रिका दैनिकमा छ।

कुखुरा मार्न र औषधिका लागि खटाइएका स्वास्थ्यकर्मी पनि हच्किन थालेको महाशाखा प्रमुख डा‍. विवेक लालले बताए। ‘विगतमा बर्डफ्लुका विषयमा कसैले चासो राख्दैनथे। मानिसकै मृत्यु भएपछि प्रत्यक्ष वा अप्रत्यक्ष जानकारी लिनेहरू बढेका छन्। संक्रमित क्षेत्रमा खटिन स्वाथ्यकर्मी पनि असहज मान्न थालेका छन्,’ उनले भने।

नेपालमा बर्डफ्लु देखिएको १० वर्ष भएको छ । पहिलोपटक ०६५ मा झापाका कुखुरामा देखिएको थियो । सन् १९९६ मा बर्डफ्लु (एचफाइभएनवन) भाइरस पत्ता लागेको थियो। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार यो भाइरसबाट सन् २००३ यता विश्वभर आठ सय ६० मानिस संक्रमित भएकोमा चार सय ५४ को ज्यान गएको छ।

सरुवारोग विशेषज्ञ डा‍‍. शेरबहादुर पुनका अनुसार पक्षीमा मात्रै देखिने यो भाइरस वेलावेला मानिसमा सर्ने गर्छ। तर, मानिसबाट मानिसमा भने हालसम्म नसरेको चिकित्सकहरू बताउँछन् । महाशाखा प्रमुख डा. लालका अनुसार ‘एच फाइभ एन वान’ संक्रमणको रोकथामका लागि खोपको विकास भएको छ। तर, यो अझै पनि व्यापक उपयोगका लागि तयार भएको छैन ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

९० प्रकारका औषधिको नमुना फेल

९० प्रकारका औषधिको नमुना फेल

जनसंख्या तीन कराेड, चिकित्सक १४ सय

जनसंख्या तीन कराेड, चिकित्सक १४ सय