सेताे पुतलीबाट हाेशियार! आँखा बिग्रेला
काठमाडौं : कसैको एउटामात्र आँखा एक्कासि रातो भएको छ वा छोटो समयमा नै देख्ने शक्ति कमजोर हुँदैछ भने छिट्टै अस्पताल पुग्नु जरुरी छ। त्यो आँखामा लाग्ने सापु रोग (सिजनल हाइपर एक्यिुट प्यान युभेइटिस) हुनसक्छ।
यो रोग विशेषगरी बालबालिकामा बढी देखिन्छ। रातो हुने गरी सङ्क्रमण भएपछि केही घन्टादेखि केही दिनमा आँखै नदेख्ने हुन्छ। शनिबारकाे गोरखापत्र दैनिकमा समाचार छ।
नेपालमा यो रोग आएको ४० वर्षभन्दा बढी भयो । २०३२ सालमा पहिलोपल्ट नेपालमा देखिएको थियो। त्यतिखेर पनि बच्चामा पहिले देखा पर्यो । अस्पताल आएका बच्चामा एउटै लक्षण थियो।
‘मोथ (सेतो पुतली) खेलाएको र कसैको आँखामा मोथ परेको देखिएको पाइयो’, आँखारोग विशेषज्ञ डा. अनु मानन्धरले भनिन्, ‘मोथले नै हो कि भनेर त्यो बेलादेखि नै अनुमान गरियो।’ तर, सीधै मोथले गर्दा भएको भन्ने औपचारिक रूपमा प्रमाणित भएको छैन, मोथ यस रोगको जोखिम कारक नै हो भन्ने प्रमाणित भने भएको छ।
उनका अनुसार यो रोग लागेमा आँखाभित्र ब्याक्टेरिया देखिएको छ। १०–१५ वर्षयता रोगको निदानमा सफलता मिलेको छ। ‘आँखामा ‘एन्टिबायोटिक इन्जेक्सन’ लगाउँदा आँखामा जमेको पिप हटाउन र ज्योति फिर्ता ल्याउन सकिन्छ भन्ने जानकारी भयो’, उनले भनिन्।
जीवाणु देखिएको, नदेखिएको दुवै आँखामा एन्टिबायोटिक राख्दा राम्रो परिणाम देखिएको छ। रोग लागेका बेला १४ देखि ३९ प्रतिशतका आँखामा ब्याक्टेरिया देखिएको उनको भनाइ छ।




नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?