Health TV Online
Health TV Online
Health TV Online

९० प्रकारका औषधिको नमुना फेल

९० प्रकारका औषधिको नमुना फेल

काठमाडौं : बजारमा पाइने एन्टिबायोटिक र ग्यास्ट्रिक कम गर्न प्रयोग हुने औषधिमा कैफियत देखिएको छ। ती औषधिको नमुना परीक्षणबाट कैफियत देखिएको औषधि व्यवस्था विभागले जनाएको छ।

एन्टिबायोटिक दुखाइ कम गर्नका लागि प्रयोग गरिन्छ । नेपाली बजारमा बिक्री भइरहेका ९० प्रकारका औषधिको नमुना फेल भएको पाइएको समाचार बिहीबारको राजधानी दैनिकमा छ।

चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म संकलन गरिएका ८४७ नमुनामध्ये ८४३ वटा औषधिको नमुना परीक्षण गर्दा ९० वटामा कैफियत देखिएको राष्ट्रिय औषधि प्रयोगशालाका वरिष्ठ गुणस्तर नियन्त्रक शैलेशकुमार झाले बताए। ती औषधिको नमुना परीक्षणका क्रममा औषधिको मात्रा, घुल्ने क्षमता, फ्रियाबिलिटी टेस्टलगायतमा कमी देखिएको थियो।

वरिष्ठ गुणस्तर नियन्त्रक झाले भने, ‘फेल भएका औषधिको नमुनामा अधिकांश एन्टिबायोटिक, झोलजन्य औषधि, क्याप्सुललगायत प्रकृतिका छन्। हाम्रो काम भनेको प्राप्त औषधिको नमुना परीक्षण गर्ने मात्र हो।’

औषधि व्यवस्था विभागको नेतृत्वमा औषधिको नमुना संकलन हुँदै आएको छ। प्राप्त नमुनाको परीक्षण गरेर प्रतिवेदन बुझाउने काम राष्ट्रिय औषधि प्रयोगशालाले गर्छ । औषधिको बनोटअनुसार नमुना परीक्षण हुने वरिष्ठ गुणस्तर नियन्त्रक झाले बताए । ४० कर्मचारीको दरबन्दी रहेको प्रयोगशालामा हाल २९ जना मात्र कार्यरत छन्।

कुनै औषधिको सेवनबाट स्वास्थ्य हानि हुन गएको व्यक्तिलाई वा त्यस्तो व्यक्ति मर्न गएमा मर्नेको नजिकैको हकदारलाई त्यस्तो औषधि उत्पादन गर्ने व्यक्ति वा संस्थाले क्षतिपूर्ति तिर्नुपर्ने औषधि स्तर नियमावली २०४३ मा उल्लेख छ।

नियमावलीमा कम गुणस्तर भएकै औषधि सेवन गर्दा मुटु, कलेजो, मस्तिष्क, मिर्गौला (दुवै), फोक्सो (दुवै) क्षति हुन गई काम नलाग्ने हुन गएमा प्रत्येकका लागि तीन लाख रुपैयाँ सम्बन्धित कम्पनीले क्षतिपूर्ति बापत तिर्नुपर्ने प्रावधान छ। त्यस्तै, एउटा मात्रै मिर्गौला वा फोक्सोमा क्षति हुन गई काम नलाग्ने हुन गएमा प्रत्येकका लागि सोही बराबरको रकम पीडितले क्षतिपूर्ति बापत पाउने व्यवस्था गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

९० प्रकारका औषधिको नमुना फेल

९० प्रकारका औषधिको नमुना फेल

जनसंख्या तीन कराेड, चिकित्सक १४ सय

जनसंख्या तीन कराेड, चिकित्सक १४ सय