Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य सेवामा अत्यावश्यक ‘फार्मासिस्ट’

स्वास्थ्य सेवामा अत्यावश्यक ‘फार्मासिस्ट’

स्वास्थ्य सेवामा अत्यावश्यक मानिने फार्मासिस्ट प्रायः बिरामी लाई स्वास्थ्य सल्लाह दिने र सामुदायिक स्वास्थ्य सेवाका लागि पहिलो सम्पर्क बिन्दु हुने गर्दछन् । हुन त आम बुझाईमा धेरैले फार्मासिस्टहरुलाई औषधि बेच्ने व्यक्ति भनेर मात्र बुझ्ने गर्छन । तर यहाँ बुझ्नपर्ने कुरा केहो भने फार्मासिस्ट भनेका बिरामीलाई चाहिने औषधि दिने व्यक्ति मात्र होइनन्, उनीहरु बिरामीका लागि र अस्पतालका लागि नभई नहुने एक महत्वपूर्ण व्यक्ति हुन् । जसले बिरामीलाई निको बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् ।

फार्मासिस्टहरूले स्वास्थ्य प्रणालीमा महत्वपूर्ण भूमिका खेल्छन्अनिवार्य औषधिहरूको पहुँच सुनिश्चित गर्दै औषधिको अनुकूल प्रयोगलाई प्रवर्द्धन गर्नमा विशेष भूमिका खेल्ने गर्दछन। उनीहरूले स्वास्थ्य सल्लाह प्रदान गर्ने, बिरामीलाई औषधिको सही प्रयोगका बारेमा शिक्षित गर्ने, विभिन्न सामाजिक स्वास्थ्य अभियानहरूमा भाग लिने र नयाँ औषधिहरूको अनुसन्धान र विकासमा संलग्न हुने जस्ता विभिन्न गतिविधिहरू मार्फत बिरामी हेरचाह र स्वास्थ्यमा महत्त्वपूर्ण योगदान पुर्याउँछन्।

फार्मासिस्टहरूले औषधिको प्रयोग र यसको जोखिमलाई निगरानी गर्नमा नेतृत्व गर्छन् भने एन्टिबायोटिकहरूको जिम्मेवारीपूर्ण प्रयोगलाई प्रवर्द्धन गर्छन् । एन्टिबायोटिक्स र अन्य औषधिहरूको सुरक्षा र प्रभावकारिता सुनिश्चित गर्ने र स्वास्थ्य परिणाम सुधार गर्न नीतिगत परिवर्तनका लागि वकालत गर्छन्। फार्मासिस्टहरूले औषधिमा हुने त्रुटिहरू रोक्न र रिपोर्ट गर्नमा महत्त्वपूर्ण भूमिका खेल्छन् र बिरामीको सुरक्षा सुनिश्चित गर्नका लागि समस्याको पहिचान र समाधान गरेर बिरामीमा पुग्नुअघि नै त्यस्ता खाले समस्यालाई सम्बोधन गर्छन्।

बिरामीको सम्पूर्ण औषधिको समग्र समीक्षा गरेर ती औषधिहरू प्रयोग गर्दा उचित छ या छैन, धेरै औषधि एकै पटक प्रयोग गर्दा राम्रोसँग काम गर्दैछन् या छैन सुनिश्चित गर्न र त्यसको संभावित समस्याहरूबाट जोगाउन उल्लेख्य भूमिका खेलिरहेका हुन्छन् ।

हाल नेपालमा विभिन्न अस्पतालमा क्लिनिकल फार्मासिस्टहरु यी र यस्तै बिरामीलाई सुरक्षा प्रदान गर्ने काममा खटिने गरेका छन् । तर सबै अस्पतालमा भने क्लिनिकल फार्मासिस्टको यस्तो सेवा उपलब्ध छैन। अस्पतालले बिरामीको सुरक्षालाई ध्यान दिने हो र औषधिको प्रयोगबाट आउन सक्ने जोखिमलाई न्यूनिकरण गर्ने उद्देस्य राख्ने हो भने यस्ता क्लिनिकल फार्मासिस्टको सेवालाई बिरामीसम्म पुर्याउन आवश्यक छ । साथै बिरामीले पनि फार्मासिस्टलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी छ ।

 

  • पुष्कर कुँवर

    कुँवर नेपाल क्यान्सर अस्पतालका वरिष्ठ क्लिनिकल फार्मासिस्ट हुन् ।

थप समाचार

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

मोटोपन छ ? कसरी घटाउने ?

मोटोपन छ ? कसरी घटाउने ?