Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वस्थ रहन दैनिक ६ देखि ७ घण्टाको निन्द्रा आवश्यक हुन्छ

स्वस्थ रहन दैनिक ६ देखि ७ घण्टाको निन्द्रा आवश्यक हुन्छ

डा पंकज देव

मानिसलाई स्वस्थ रहनका लागि जति स्वस्थकर खाना तथा शारीरिक व्यायामको आवश्यक छ त्यसैगरी उचित निन्द्रा पनि त्यत्तिकै आवश्यक छ । राति मिठो निन्द्रा लागेको छ भने हाम्रो शरीर बिहान उठेपछि फ्रेस हुन्छ र मन चंगा हुन्छ । जसले दिनभरी काम गर्नका लागि उर्जा पनि दिन्छ ।

हामी दिनभर कामको शिलशिलामा यताउता गर्दा शारीरिक र मानसिक रुपमा थाकेका हुन्छौं । त्यो थकान मेटेनका लागि पनि हाम्रो शरीरलाई आराम अर्थात निन्द्रा आवश्यक हुन्छ । यदि हामी राति राम्ररी सुत्न सकेका छैनौं भने वा निन्द्रा पुगेको छैन भने दिनभर अल्छी लाग्छ र शरीर बोझिलो हुन्छ ।

पर्याप्त निद्रा नपुग्दा शरीरमा अनेकौं स्वास्थ्य समस्या आउन सक्छन् । ती समस्याहरुमा थाइराइड बढ्ने, मधुमेहको जोखिम, मोटोपन, उच्च रक्तचाप, ब्रेन स्ट्रोक आदिको समस्या आउन सक्छ । राती जब हामी सुत्छौं त्यो भनेको शरीरले हाम्रो शरीरको रिपेयर गर्न थाल्छ । यदि हामी राम्ररी  सुतेनौं भने सो अवस्थामा रिपेयर हुने काम राम्ररी हुन पाउँदैन र त्यसको फलस्वरुप अनेकौं समस्या आउन थाल्छन्।

हामीले आफूलाई स्वस्थ राख्नका लागि पनि रातमा राम्रोसँग निदाउन आवश्यक हुन्छ । एक जना वयस्क व्यक्तिलाई कम्तीमा पनि ६ देखि ७ घण्टाको निन्द्रा आवश्यक पर्छ । बच्चाबच्चीको हकमा उनीहरुलाई धेरै चाहिन्छ । पर्याप्त र मस्त निन्द्राले शरीरलाई अघिल्लो दिनको तनाव हटाएर ताजा हुने समय र उर्जा प्रदान गरिरहेको हुन्छ । सधैं सुत्ने र उठ्ने समय छुट्याएर एक रुटिन बनाउनु पर्छ । ताकी त्यही समयमा सुत्न र उठ्न सकियोस्। सामान्यतया घरमा सबैको सुत्ने समय एउटै भयो भने एकले अर्काको निन्द्रामा डिस्टर्ब गर्ने सम्भावना कम हुन्छ । केही मानिस राती सुत्दा घुर्ने समस्या हुन्छ । यो एक समस्या हो । यसको उपचार गरेर कसरी नघुरेर पूरा निदाउन सकिन्छ सो तर्फ पनि विचार पुराउनुपर्छ ।

पहिले पहिलो घुरेर सुत्दा मस्त निन्द्रामा छ भन्ने बुझिन्थ्यो तर अहिले त्यस्तो हैन्। घुर्नु भनेको एक समस्या हो र यसको समाधान खोज्नुपर्छ भनिन्छ ।

अर्को कुरा अहिले धेरै जना राती बेडमा गएपछि अबेरसम्म मोबाइलमा सोसल मिडिया हेरेर बस्ने गरेको पाइन्छ । यसले पनि स्लिपलाई मारिरहेको छ । यो बानीले हाम्रो निदाउन खोजिरहेको शरीरलाई व्यवास्ता गर्दा स्वास्थ्य समस्या निम्त्याइरहेका छौं । यो बानी छोड्नैपर्छ । केही काम छ भने डेस्कटप वा ल्यापटपमा गरेर काम सकेर मात्र बेडमा जाने र बेडमा गइसकेपछि मोबाइल चलाउन हुँदैन । यसले तपाइँ हाम्रो निन्द्रा बिगारिरहेको हुन्छ । यदि निन्द्रा परेन भने केहीबेर किताब हेर्न सकिन्छ । एक दुई पेज किताब पढ्दा सम्म निद्रा आउँछ र बाँकी पेज अर्को दिन पढ्न सकिन्छ । यसो गर्दा समयमै निदाउन सहयोग मिल्छ । राती अबेरसम्म बस्नु भनेको शरीरलाई सास्ती दिनु मात्र हैन भोलिपल्टको दिनका लागि उर्जा पनि गुमाउनु हो ।

त्यसैले शरीर स्वस्थ राख्न र फुर्तिलो हुनका लागि दैनिक ७ घण्टा निदाउन आवश्यक छ ।

(पल्माेनाेलाेजिस्ट डा पंकज देव आरुस लाइफस्टाइल अस्पतालमा कार्यरत छन् ।) 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।