जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
हेल्थ टिभी अनलाइन : नेपालभरीबाट जुनसुकै पालिकाको भए पनि अशक्त तथा गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार सेवा दिने जनाएको छ ।
काठमाडौं महानगरले लक्षित वर्गका लागि निःशुल्क उपचारसम्बन्धी सूचना जारी गरेको हो । उक्त सूचनामा काठमाडौं महानगरले जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकको सिफारिसका आधारमा निःशुल्क उपचार गर्ने जनाइएको छ ।
बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आए उनीहरुले काठमाडौंमा नि:शुल्क सेवा पाउने छन् । सूचनामा भनिएको छ, ‘हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार नि:शुल्क उपचार हुनेछ ।’ यदि कसैलाई यो सेवा लिन परेमा महानगरको टोल फ्रि नंबर ११८०मा सम्पर्क गर्न सक्ने पनि बताइएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?