Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

महिनावारी सुकेपछि महिलाहरूमा हड्डी खिइने समस्या हुन्छ

जोगिन के गर्ने ?

महिनावारी सुकेपछि महिलाहरूमा हड्डी खिइने समस्या हुन्छ

हेल्थ टिभी अनलाइन : बढ्दो उमेरसँगै हाम्रो शरीरको हड्डी पनि खिइँदै जान्छ । त्यसैले यसको स्याहार उमेर छँदै गर्न जरुरी हुन्छ भने उमेर बढ्दै जाँदा भने झनै चिकित्सकको सल्लाह बमोजिम ख्याल गर्नुपर्ने हुन्छ । यसरी हड्डी खिइने रोगलाई मेडिकल भाषामा ‘ओस्टिोपोरोसिस’ भनिन्छ । यो रोग महिला पुरुष दुबैमा भए पनि महिनावारी सुकेपछिका महिलामा भने अझ बढी देखिने गर्छ । हर्मोनको परिवर्तनका कारण पुरुषको तुलनमा महिलामा भने अलि छिटो उमेरमा यो समस्या हुने गर्छ ।

उमेर बढ्दै जाँदा हाम्रो हड्डी पनि बुढो हुनपुग्छ । र हड्डी मख्खिन थाल्छ जसले गर्दा केही नगर्दा पनि सामान्य रुपमा केही हुँदा पनि पिटिक्क भाँचिन थाल्छ । ३० वर्षसम्म हड्डी दरो हुन्छ ।तर उमेर बढेसँगै हड्डी बन्ने भन्दा सोषित हुने समस्या बढी भएमा हड्डी कमजोर भएर यस्तो समस्या हुन्छ ।

उमेर बढेसँगै हड्डी कमजोर हुने खिइने त छँदैछ । जथाभावी स्टेरोइड दुखाइ कम गर्ने औषधिले पनि हड्डी खियाउने र कमजोर गराउने गर्छ । यसैगरी बढी दुब्लो मानिसमा पनि हड्डी खिइने समस्या बढी हुन्छ । त्यसका लागि पहिले देखि नै आफनो हड्डीको स्वस्थता जाँच गर्नुपर्ने हुन्छ । धुम्रपान तथा मद्यपान, जंकफुडले पनि हड्डी कमजोर गराउन सहयोग गरिरहेको हुन्छ । यो त भयो समस्या । यसको समाधानका उपायहरु पनि छन्। उमेरसँगै खिइँदै जाने हड्डीलाई कम खिइन तथा भाँचिनबाट जोगाउन सकिन्छ ।

पुरुषहरुमा ६० वर्षपछि देखिने यो समस्या महिलाको हकमा भने ५० तिर नै हुन्छ । यसको मुख्य कारण भनेको महिलाहरुको जब महिनावारी सुक्छ त्यसपछि हड्डी खिइने प्रक्रिया तीब्र हुन थाल्छ । हर्मोनको परिवर्तन यसको मुख्य कारण हो । त्यसैले महिलाहरुले अझ बढी आफनो खानपान र हड्डी बलियो बनाउने सन्दर्भमा अझ बढी चनाखो हुनुपर्छ ।

यो समस्या पत्ता लगाउन बोनडेंसिटी हड्डीको घनत्व परीक्षण गरिन्छ । यसबाट हड्डीको बनावटको बारेमा जानकारी हुन्छ । कति खिइएको छ भन्ने थाहा हुन्छ । यो जाँच ६० वर्ष पुगेको सबैले गर्दा राम्रो हुन्छ । यो जाँच बाहेक हड्डीलाई बलियो बनाउनमा क्याल्सियम भिटामिन डी, र फोस्फोरस जस्ता तत्त्वहरूको महत्त्वपूर्ण भूमिका हुने हुँदा यी तत्वहरुको मात्रा शरीरमा कति छ भन्ने कुरा थाहा पाउनका लागि अन्य जाँचहरु पनि गर्न सकिन्छ । आवश्यता अनुसार महिनावारी सुकेका महिला तथा ६० वर्ष माथिका सबैले आफनो हड्डीको जाँच तथा क्याल्सियम, भिटामिन डीको अवस्था पत्ता लगाएर चिकित्सकको सल्लाहमा औषधि तथा क्याल्सियम, भिटामिन डी लिन सकिन्छ । यसैगरी सानो उमेरदेखि नै हड्डी कमजोर हुने खानपान गर्न भएन ।

यसको सही तरिकाले उपचार गरेमा बिना चोटपटक नै हड्डी भाँचिने समस्याबाट जोगिन सकिन्छ । साथै पोषणयुक्त खानेकुुरामा ध्यान दिने तथा आफूले सकेको सामान्य व्यायाम गर्ने गर्नुपर्छ । जति व्यायाम गर्न सक्यो अर्थात चलायमान भयो उती नै बढी हड्डी बलियो हुन्छ । त्यसैले केही न केही गरिरहन पर्छ । ओछ्यानमा मात्र बस्दा झनै हड्डी कमजोर हुन्छ । यति गरियो भने हड्डी खिइएर हुने दुर्घटना वा चोटपटकबाट जोगिन सकिन्छ ।

 

  • डा. ज्योति भट्टराई

    हर्मोन रोग विशेषज्ञ डा.भट्टराई मेट्रो काठमाडौं अस्पतालमा कार्यरत छिन्।