‘बिरामीलाई निको बनाउन फर्मासिस्टको भूमिका महत्वपूर्ण हुन्छ’
पुष्कर कुवँर
लगभग एक हप्ता अघि मात्र ‘विश्व पेसेन्ट सेफ्टी डे’ मनाइयो । त्यसैगरी आज सेप्टेम्बर २५ का दिन ‘विश्व फर्मासिस्ट दिवस’ मनाइँदैछ । विश्व स्वास्थ्य संगठनले यस वर्ष ‘मेडिसिन विथवाउट हार्म’ नारालाई जोड दियो भने यता फर्मासिस्ट डे लाई विश्व स्वास्थ्यका लागि एकजुट फर्मासिस्ट भन्ने नारा लाई लिएर मनाइँदैछ ।
बिरामीको उपचारमा चिकित्सकसँग सँगै फर्मासिष्टको संलग्नता भए रोग निको पार्न र स्वस्थ जीवन यापनमा निकै फरक पर्छ । औषधिको सही प्रयोगले बिग्रिएको स्वास्थ्यमा सुधार देखिन्छ भने सोही औषधिको अनुचित प्रयोगका कारण शरीर र स्वास्थ्यमा नराम्रो असर पनि गर्छ। कहिले काँही औषधिबाट हुने नकारात्मक असरले ज्यानै समेत लिन सक्छ, जुन कुरा बरु सायद त्यही रोगले पनि लिदैन्नथ्यो होला। त्यसैले औषधिको प्रयोग लाई निकै संवेदनशील तरिकाले लिनु पर्छ।
हामीले अस्पताल मामेडिसिन सेफ्टीलाई निकै प्राथमिकता साथ हेरिरहेका छौं। बिरामी लाई नयाँ औषधि सुरु हुने बित्तिकै हामी त्यो औषधि को समुचित प्रयोगलाई आवश्यक पर्ने हरेक पक्षलाई गम्भीरताका साथ ध्यान पुर्याउने गर्दछौं। यसका लागि हामी उक्त औषधि सुरु गर्न बिरामी फिट छ कि छैन हेर्छौ , रगत जाँच गरी कलेजो र मृगौलामा असर गर्न सक्ने जोखिम कत्तिको छ भनेर पहिले नै ध्यान दिन्छौं। यदि बिरामीले अन्य औषधी खाइरहेको छ भने त्यो औषधिसँग अहिलेको औषधिसँगै प्रयोग गर्न मिल्छ या मिल्दैन भनेर ख्याल राख्छौँ। तत्काल का लागि औषधिले देखाउने सक्ने प्रतिकूल असर ( साइड इफेक्ट) बिरामीलाई पहिले नै सचेत गराई तुरुन्तै खबर गर्न आग्रह पनि गर्छौ । यो सबै गर्नुको एक मात्र उद्धेस्य बिरामीलाई औषधि हानी नपुराओस भन्ने नै हो।
तर यस्तो प्राक्टिस नेपालका सबै अस्पतालमा हुनु जरुरी देखिन्छ । कतिपय अस्पतालमा यस्ता संवेदनशील कुरालाई अवमूल्यन गरे को जस्तो देखिन्छ , किनकि कतिपय बिरामी खाइरहेको औषधिले आफूलाई असर गरेको कुरालाई अनुमान पनि लगाउन नसकेर निरन्तर औषधि प्रयोग गरेको र पछि हामीले उक्त असर औषधिकै कारण उत्पन्न भएको भनेर पहिचान गरेपछि मात्र बिरामीको आँखा खुल्ने गरेको पाउँछौँ।
कहिलै काहीं चिकित्सकलाई पनि यस्तो कुरा पत्ता लगाउन गाह्रो हुन्छ । प्राय जसो रोगले नै गर्दा समस्या उत्पन्न भएको होकी भन्ने भ्रम परिरहेको हुन्छ तर कहिले काँही त्यस्तो अवस्था या भनौं गम्भीर असर औषधिको प्रयोगबाट पनि भएको हुन सक्छ । यस्तो अवस्थामा भने हामी कहाँ चिकित्सक र क्लिनिकल फर्मासिस्टको टोलीले रोग र औषधि दुवै पक्ष लाई हेरेर औषधिको जोखिम हो हैन निर्णय लिने काम गर्छौ यसो गर्दा औषधिलाई बेलैमा बन्द गर्न , औषधिको मात्रा लाई घटाउन , या त्यसको विकल्पका रूपमा अन्य सुरक्षित औषधि सुरु गरी बिरामी को अवस्थालाई सुधार्न सकिन्छ।
त्यसैले अहिलेको अवस्थामा औषधि जति सजिलै उपलब्ध छ त्यो भन्दा बढी औषधिको सही प्रयोग र त्यसबाट हुन सक्ने जोखिम न्युनिकरण गर्न उतिनै चुनौती पूर्ण छ। बिरामीले आफ्नो औषधिको बारेमा के बुझ्नु आवश्यक छ भने औषधि के को लागि खाइरहेको हो , कहिले सम्म खाने , औषधि खाने उपयुक्त समय कुन हो , औषधि खाँदा त्यसको संभावित साइड इफेक्ट के हुन सक्छ , साइड इफेक्टका लक्षणहरु के के हुन सक्छन् , धेरै औषधी छन भने ती सबै औषधिसँगै खान मिल्ने होकी होइन जस्ता धेरै कुरालाई ध्यानमा राख्नु पर्छ।
(कुवँर वरिष्ठ क्लिनिकल फर्मासिस्ट हुन् । उनी नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ,ललितपुरमा कार्यरत छन्।)




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य