मुटुरोगबाट बच्न के गर्ने ?
हेल्थ टिभी अनलाइन : आज विश्व मुटु दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । हाम्रो शरीरको महत्वपूर्ण अंग मुटुमा विविध कारणले विभिन्न खालका समस्या निम्तिन सक्छन्। यस्ता खालका समस्या आउन नदिन मुटुलाई हानी गर्ने आनीबानी तथा आहारविहारमा विशेष ध्यान दिन जरुरी हुन्छ । मुटुलाई स्वस्थ राख्न स्वस्थ जीवन शैली अपनाउनैपर्ने बताउँछन् वरिष्ठ मुटुरोग विशेषज्ञ डा भारत रावत ।
मुटु स्वस्थ राख्न अपनाउनैपर्ने यी जीवनशैली
– चुरोट सूर्ती सेवन नगरौँ । चुरोट सुर्ती मुटुरोगको प्रमुख कारक हुन्।
– जंक फुड अर्थात् प्याकेटका तयारी खाना र चिनी मिसाइएको पेय पदार्थ खान छोडौँ । यो मुटुरोगको दोस्रो ठूलो कारण हो।
– घरमै पकाएको खाना, ताजा फलफूल र हरियो सागपात खाने गरौँ।
–दैनिक ३० मिनेट व्यायाम गर्ने गरौँ।
–सकारात्मक व्यक्तित्वको निर्माण गरौँ। यसबाट तनाव कम हुन्छ।
– वर्षमा केही नभए पनि एकपटक स्वास्थ्य परीक्षण गराउने गरौँ। मुटुरोगका लक्षण हुँदैनन्। जाँचे मात्र पत्ता लाग्छ। रोग छ भने तुरुन्त उपचार गर्नुपर्छ।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान