Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोभिड-१९ मा अत्यन्त उपयोगी जडिबुटी ‘असुरो’

कोभिड-१९ मा अत्यन्त उपयोगी जडिबुटी ‘असुरो’

समन सिंह बस्नेत
नेपालमा असुरो नामबाट परिचित जडिबुटीलाई संस्कृतमा वसा श्वासादिरोग लाई दवाउने वा हरण गर्ने , हिन्दीमा ‘अडुसा’ र अंग्रजीमा ‘मालावर नट’ भनिन्छ । यसको बैज्ञानिक नाम जस्टिका एधाटोडा, एधाटोडा भाषिका र कुल एकान्थैसी हो।

असुरो समुहमा हुर्किने गुल्म सहित झाडिदार जडिबुटी हो । यसको पात १ इञ्च लामो भेट्नो भएको अण्डाकार र मिच्दा गन्ध आउने खालको हुन्छन् । फुल भने सेतो रङ्गको सिंहले मुख खोलेर आँ गरेको जस्तो देखिने हुन्छन् र शिशिर बसन्त ऋतुमा फुल्दछन् । फल आधादेखि १ इञ्च सम्म लामा हथौडा आकारको चाउरी परेको भित्र ४ वटा बिजयुक्त हुन्छन् । विशेष गरि यो नेपालको तराई मधेस देखि ४००० फिट सम्म कोमध्य पहाडी क्षेत्र सम्म सर्वत्र पाईन्छ । यसको औषधीमा उपयोगी भाग पात हो र केही रोगहरुमा पुष्प र मुल जरा पनि प्रयोग गर्न सकिन्छ ।

आयुर्वेद अनुसार असुरोमा गुण : लघु र रुक्ष, रसमा :  तिक्त र कषाय , विपाक : कटु र विर्य : शीत हुने भएकाले कफ र पित्त दोषलाई शमन गर्ने र यसमा भएका औषधीयुक्त वानस्पातिक रसायनिक तत्वहरुमा अधाटोडिक अम्ल, रेसिन, गन्धयुक्त उड्नशील तैल , तिक्त क्षार ( अल्कलवैड),  ग्लुकोज, वासिकन आदि पाईन्छ । यस असुरोमा पाईने औषधीयुक्त गुणहरुका कारण हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को लक्षणका रुपमा देखिने श्वास फेर्न गाह्रो हुनु , लगातार लाग्ने खोकी , सुख्खा खोकी , तिव्र ज्वरोलाई कम गर्न अत्यन्तै लाभकारी छ।

असुरो सेवनको तरिका र मात्रा
१. रुघा वा नाकबाट लगातार तरल पदार्थ बगिरहेमा : असुरोको पातको चट्नी जस्तो पिसेको लेदो २ चम्चा १ गिलास पानी हाली उमालेर मनतातो भए पछि १ चम्चा मह मिलाएर दिनमा दुई पटक पिउने ।

२. श्वास फेर्न गाह्रो भएमा : असुरोको पातको रस २ चम्चा, अदुवाको रस १ चम्चा र मह १ चम्चा मिलाएर फिटी दिनमा ३ पटक चाटेर खाने गरेमा पनि श्वास फेर्न सजिलो बनाउन सकिन्छ ।

३. तिव्र खोकी वा लगातार खोकी लागिरहेमा: असुरोको चुर्ण ३ ग्राम दिनमा ३ पटक महसँग खाएमा अत्यन्तै फाइदा गर्दछ ।

४. श्वासरोगमा : असुरोको पातसँग हर्रोको चुर्णसहित मह मिलाएर सेवन गरेमा श्वासरोगमा फाईदा गर्दछ ।

५. ज्वरो आएमा : असुरोमा एन्टिपाईरेटिक गुण समेत हुन्छ । जस्ले गर्दा कोभिड १९ मा ज्वरोको लक्षण देखिएमा असुरोको पातको रसलाई गाईको घ्युसँग मिलाएर सेवन गरेमा ज्वरोमा लाभकारी छ । अन्य रोगहरुमा पनि असुरो उपयोगी छ ।

६. पिसाब गर्दा कठिन हुने र पिसाव पोल्ने भएमा : असुरोमा डाईरेटिक गुण समेत भएको हुनाले पिसाव पोल्ने र पिसाव फेर्दा कठिन भएमा असुरोको पुष्पको चुर्ण बनाई एक गिलास पानी दिनमा दुई पटक सेवन गरेमा फाईदा गर्दछ ।

७. प्रसव पीडामा उपयोगी : असुरोको मुल जरा कम्मरमा वाध्नाले प्रसव पीडा कम भई सुख पुर्वक प्रसव गराउन मद्धत गर्दछ ।

८. असुरो रक्तपित्त, रक्तदुषित,  हृदय रोग र अर्श ( पाईल्स ) मा समेत पात, पुष्प र मुलबाट निर्मित चुर्ण क्वाथ आदिको प्रयोग गरेमा फाईदा गर्दछ ।

९. असुरोको पात व्रणशोथ ( सुनिएको घाउ ), चर्मरोग र बाह्य कृमि ( जुम्रा , उपिंयाँ) आदिमा स्वरस वा कल्क ( लेदो ) को लेप लगाउनाले फाईदा गर्दछ ।

१०. गिजा सुन्निएको,  रगत आउने र दाँत किराले खाएमा : असुरोको पात पकाएर कुल्ला गर्नाले दाँत तथा गिजाका रोगीलाई फाइदा गर्दछ भने असुरोको डाँठले दाँत माझ्दा दम, गिजा तथा मुखको रोग ठीक हुन्छ।

११. जोर्नी दुखेमा : जोर्नी वा अन्य पीडामा असुुरोको पहेंलो पात तताएर सेक्न सकिन्छ। यो सुन्निएको ठाउँमा पनि उपयोगी हुन्छ।

असुरोबाट निर्मित तयारी औषधीहरु : वासावलेह, वासाघृत, वासारिष्ट ,वासापानक , जेष्ठवसादि चुर्ण , वासाचन्दनादि तैल, पञ्चतिक्त घृत , वासकासव आदि औषधीहरु आयुर्वेदिक चिकित्सकको सल्लाह अनुसार खान सकिन्छ ।

(बस्नेत हाल पतन्जली आयुर्वेद मेडिकल कलेज तथा रिसर्च सेन्टर धुलिखेलमा आयुर्वेद चिकित्सा बिषयमा अध्ययनरत आयुर्वेद चिकित्साका विद्यार्थी हुन ।)

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार