कोभिड–१९ महामारीको सन्दर्भमा आत्महत्यालाई बुझ्दा

कोभिड–१९ महामारीको सन्दर्भमा आत्महत्यालाई बुझ्दा

विनय पाण्डे, मनोविद

आज सेप्टेम्बर १० अर्थात विश्व आत्महत्या रोकथाम दिवस । विश्वमा बढ्दो आत्महत्या रोकथामका लागि हरेक वर्ष सेप्टेम्बर १० का दिन यो दिवस मनाउने गरिन्छ। नेपालले पनि यो दिवस विभिन्न किसिमका सचेतनामूलक कार्यक्रम गर्दै मनाउँदै आएको भए पनि यो वर्ष भने कोरोना महामारीका कारण सबै जना एकै ठाउँमा भेला भएर कार्यक्रम गर्न भने सकिएको छैन्। यद्यपी प्रविधिको प्रयोग गर्दै विभिन्न छलफल र अन्तरक्रिया भने भइरहेका छन्। यस वर्षको विश्व आत्महत्या रोकथाम दिवस -२०२० को नारा ‘आत्महत्या रोकथाममा सबैको सहकार्य ‘भन्ने रहेको छ ।

यतिबेला कोरोना महामारीका कारण विश्व नै त्रसित बनिरहेको अवस्था छ । हामी धेरैको चिन्ता र चासोको विषय यो महामारीको अन्त्य कहिले र कसरी हुन्छ भन्ने नै छ । निरन्तर बढ्दै गएको बन्दाबन्दीले र निषेधाज्ञाले हामी सबैलाई असर पारिरहेको छ । कोभिड–१९ को डर, त्रास र बन्दाबन्दीले सिङ्गो देशकै अर्थतन्त्र धरासायी बनाएको छ । धेरैको गाँस, बास, कपासको जोहो गर्ने मेलो गुमेको छ । योसँगै कोरोना संक्रमण रोक्नका लागि लगाइएको लकडाउन र सामाजिक दूरीका कारण मानिसमा एक्लोपनलाई बढाएको छ ।

यो अवस्थाले धेरैको व्यक्तिगत, सामाजिक, आर्थिक, र व्यवहारात्मक पक्षमा असर पुराइरहेको छ । निरन्तर बढिरहेको बन्दाबन्दी र निषेधाज्ञाको कारण धेरैले आफ्नो दैनिकीलाई सहज रुपमा संचालन गर्न सकिरहेका छैनन् । जसले गर्दा विभिन्न किसिमको मनोवैज्ञानिक, आर्थिक र सामाजिक तनाव उत्पन्न भैइरहेको छ । यी अनगिन्ती तनावहरुलाई सकारात्मक रुपले व्यवस्थापन गर्न नसक्दा व्यक्तिले आफ्नो ज्यानमा नै हानी पुर्‍याउने कामहरु गर्ने गर्छन् । व्यक्ति आफैले जानीजानी आफ्नो जीवनलाई हानि पुर्‍याउने र ज्यान लिने व्यवहारलाई आत्महत्या भन्ने गरिन्छ ।

यतिबेला कोरोना महामारीका कारण विश्व नै त्रसित बनिरहेको अवस्था छ । हामी धेरैको चिन्ता र चासोको विषय यो महामारीको अन्त्य कहिले र कसरी हुन्छ भन्ने नै छ । निरन्तर बढ्दै गएको बन्दाबन्दीले र निषेधाज्ञाले हामी सबैलाई असर पारिरहेको छ । कोभिड–१९ को डर, त्रास र बन्दाबन्दीले सिङ्गो देशकै अर्थतन्त्र धरासायी बनाएको छ । धेरैको गाँस, बास, कपासको जोहो गर्ने मेलो गुमेको छ । योसँगै कोरोना संक्रमण रोक्नका लागि लगाइएको लकडाउन र सामाजिक दूरीका कारण मानिसमा एक्लोपनलाई बढाएको छ ।

नेपालमा प्रत्येक वर्ष आत्महत्या गर्नेको तथ्याङ्क बढ्दो छ । नेपाल प्रहरीबाट प्राप्त तथ्याङ्कलाई हेर्ने हो भने अघिल्लो आर्थिक वर्ष २०७५\७६ मा ५ हजार ७५४ व्यक्तिहरुले आत्महत्याका कारण ज्यान गुमाएका थिए भने यो वर्ष भने सो तथ्याङ्क ९ दशमलब १२ प्रतिशतल बढेको देख्न सकिन्छ । आर्थिक वर्ष २०७६\७७ मा ६ हजार २७९ जनाले आत्महत्याका कारण ज्यान गुमाएका थिए । यो तथ्याङ्कलाई हेर्दा प्रत्येक दिन नेपालमा सरदर १७ जनाले आत्महत्या गर्ने गरेको देखिन्छ ।

लकडाउन र निषेधाज्ञाले गर्दा उद्यमशील र परिवर्तनका सम्वाहक भनेर चिनिने युवा वर्गमा अझै ठूलै असर परेको छ । रोजगारी गुमाउँदाको पिडा, व्यापार व्यवसायमा व्यहोर्नु परेको घाटा, भविष्यप्रतिको अनिश्चितता, पारिवारिक, सामाजिक जीवनयापन गर्न नपाउँदाको छटपटीले स्वभविक रुपमा तनाव, निराशा, एक्लोपन बढाएको छ जसले गर्दा मानसिक स्वास्थ्यका समस्याहरु बढेका छन् र प्रकारान्तरमा आत्महत्याको कारक बनेका छन् ।

नेपालले लिएको दिगो विकासका लक्ष्यमा समेत आत्महत्याको दरलाई घटाउने भनिएको भए तापनि यो विषयलाई सम्बोधन गर्न सरकारको तर्फबाट खासै ठोस पहल भने भएको पाइँदैन् । मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएका विशेषज्ञ एवं संस्थाका दिएको सुझाव अनुसार यो क्षेत्रमा सबै सरोकारवाला निकायहरुको (जस्तै सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, प्रदेश, स्थानिय तथा संघिय सरकार, सरकारी तथा गैरसरकारी संस्था, परिवार, समाज, आदि) सामुहिक पहल र सहकार्य हुनु आवश्यक रहेको पाइन्छ । तर त्यसतर्फ खासै पहल देखिएको छैन्।

हामी सबैको एकिकृत प्रयास र साझेदारी भएमा मात्र हामी आत्महत्या न्यूनिकरण गर्न सफल हुन्छौँ भन्ने कुरामा दुइ मत छैन्। आत्महत्यासँग सम्बन्धित भ्रमलाई चिर्दै मानसिक स्वास्थ्य, मानसिक स्वास्थ्यका समस्या, आत्महत्या, आत्महत्याको सोचका बारेमा कुरा गर्न सक्ने वातावरण सिर्जना गर्न सकिएमा यसमा भएका समस्यालाई पहिचान गरी सही सहयोग र सेवा प्रदान गर्न सकिन्छ ।

(मनोविद पाण्डे मानसिक स्वास्थ्य एवं मनोसामाजिक क्षेत्रमा काम गर्दै आएको ‘कोशिश’ मा आवद्ध छन्।) 

थप समाचार

कोभिड- १९ सँग किन सतर्क हुने ?

कोभिड- १९ सँग किन सतर्क हुने ?

मास्क किन र कसले लगाउने ?

मास्क किन र कसले लगाउने ?