‘संक्रमितलाई होम आइसोलेसनमा राख्नु भनेको मृत्युदर बढाउनु हो’

‘संक्रमितलाई होम आइसोलेसनमा राख्नु भनेको मृत्युदर बढाउनु हो’

डा अनिल विक्रम कार्की

गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना महामारीले यतिबेला बिश्वलाई नै त्रसित बनाइरहेको छ । नेपालमा शुरु शुरुमा गम्भीर रुपमा नलिइएको कोरोना भाइरसको संक्रमणले यो लेख तयार पार्दासम्म २५१ जनाको ज्यान लिइसकेको छ । यसैगरी नेपालमा ४१ हजार भन्दा बढी मानिस संक्रमित भएका छन्।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न कामहरु गरिरहेको बताए पनि यतिबेला सरकारको २ वटा नीतिले कोरोना संक्रमण झनझन फैलिनेमा पक्का छ । पहिलो त सरकारले कोरोना संक्रमितको संख्या बढ्दै जाँदा नीजि तथा सामूदायिक सम्पूर्ण अस्पताललाई अनिवार्य रुपमा संक्रमितको लागि २० प्रतिशत बेड छुट्याउनुपर्ने बाध्यकारी नियम बनाएको छ । जुन आफैमा असाध्यै घातक हुने देखिन्छ। यसैगरी मेडिकल कलेजहरुलाई पनि कम्तीमा ३३ प्रतिशत बेड छुट्याउन भनिएको छ । यसरी कोरोनाका बिरामी सबै अस्पतालमा छरपस्ट रुपमा लैजाने हो भने नेपालले कोरोना नियन्त्रण गर्छु भन्ने सपना नदेखे पनि हुन्छ र यसको परिणाम आगामी दिनमा देखिन थाल्छ । उदाहरणका लागि म क्यान्सररोग विशेषज्ञ भएको नाताले क्यान्सर बिरामीकै कुरा गर्न चाहन्छु ।

यतिबेला सरकारले अर्को ठुलो गल्ती गरेको छ जसले मृत्युदर बढ्ने पक्का छ र जुन केही दिनयता देखि नै रहेको छ । कोरोना संक्रमितलाई होम आइसोलेसनमा राख्नु आफैमा ठुलो गल्ती हो । त्यसको परिणाम केही दिन यता होम आइसोलेसनमै संक्रमितको मृत्युका खबरहरु आउन शुरु गरिसकेका छन् । होम आइसोलेसनमा बस्दा संक्रमित कति सुरक्षित हुन्छ ? कसले हेर्ने ? निगरानीको मेकानिजम केहो ? अर्को कुरा सरकारले सजिलैसँग लक्षण नदेखिएका संक्रमित घरमै बस्न पर्ने नियम ल्यायो । संक्रमितलाई शुरुमा लक्षण नदेखिने र पछि लक्षण देखिने धेरै भएका छन्। त्यस्तो अवस्थामा संक्रमितको घरमा समयमै एम्बुलेन्स पुग्नसक्छ ? बेडको अभाव हुन्छ भनेर घरै बस भन्नेलाई कसरी तुरुन्त आइसीयू र भेन्टिलेटरको व्यवस्था हुनसक्छ ? यो कसैले सोचेको छैन्।

यदि सरकारले भने जस्तै गरी क्यान्सर अस्पतालमा कोरोनाका बिरामी उपचार गर्ने हो भने र वार्ड वा आइसीयूमा भएका कुनै पनि क्यान्सर बिरामीमा यो संक्रमण सर्न पुग्यो भने उनीहरुलाई बचाउन निकै गाह्रो हुन्छ । क्यान्सरका बिरामीको यसै पनि रोगसँग लड्ने क्षमता कम हुन्छ त्यसैले उनीहरुलाई यो संक्रमण हुने सम्भावना बढी हुन्छ नै अर्कोतिर मृत्युदर पनि बढी हुनपुग्छ । यो कुरा सरकारले बुझ्न जरुरी छ ।

यतिबेला सरकारले केही मेडिकल कलेज तथा ठुला अस्पताललाई लिएर ‘कोभिड डेडिकेटेट अस्पताल’ बनाउनुको विकल्प छैन्। सबै बिरामी एउटै अस्पतालमा राखेर अन्य अस्पतालमा अरु दीर्घरोगीको उपचार गर्न दिनुपर्छ । यसबारेमा सरकारले समयमै कदम नचाल्ने हो भने नेपालमा कोरोनाबाट मात्र हैन धेरै दीर्घरोगीको ज्यान जाने देखिन्छ । सबै अस्पतालमा कोरोना फैलिएपछि यो नियन्त्रणबाहिर हुनजान्छ । त्यसबेला पछुताउनु बाहेकको विकल्प हुँदैन ।

यतिबेला सरकारले अर्को ठुलो गल्ती गरेको छ जसले मृत्युदर बढ्ने पक्का छ र जुन केही दिनयता देखि नै रहेको छ । कोरोना संक्रमितलाई होम आइसोलेसनमा राख्नु आफैमा ठुलो गल्ती हो । त्यसको परिणाम केही दिन यता होम आइसोलेसनमै संक्रमितको मृत्युका खबरहरु आउन शुरु गरिसकेका छन् । होम आइसोलेसनमा बस्दा संक्रमित कति सुरक्षित हुन्छ ? कसले हेर्ने ? निगरानीको मेकानिजम केहो ? अर्को कुरा सरकारले सजिलैसँग लक्षण नदेखिएका संक्रमित घरमै बस्न पर्ने नियम ल्यायो । संक्रमितलाई शुरुमा लक्षण नदेखिने र पछि लक्षण देखिने धेरै भएका छन्। त्यस्तो अवस्थामा संक्रमितको घरमा समयमै एम्बुलेन्स पुग्नसक्छ ? बेडको अभाव हुन्छ भनेर घरै बस भन्नेलाई कसरी तुरुन्त आइसीयू र भेन्टिलेटरको व्यवस्था हुनसक्छ ? यो कसैले सोचेको छैन्।

अर्को महत्वपूर्ण कुरा हामीमध्ये कति जनाको घरमा छुट्टाछुट्टै शौचालय छन्, छुट्टै कोठा छन्। घरमा भएका वृद्धवृद्धालाई संक्रमणबाट जोगाउन कसरी उपाय अपनाउने भन्नेवारेमा बहस नै नगरी एकैपटक संक्रमितलाई घरमै बस्न भन्नु आफैमा घातक हुनसक्छ । सरकारले इटलीको जस्तै गल्ती गर्न खोजदैछ । इटलीमा पनि शुरुमा संक्रमणलाई वास्ता गरिएन सबै अस्पतालमा बिरामी पुगे । सबै स्वास्थ्यकर्मी भटाभट संक्रमणमा पर्न थाले अनि बल्ल चेत खुल्यो त्यसबेला सम्म ढिला भइसकेको थियो । नेपालमा पनि त्यस्तै गल्ती गरिंदैछ ।

सरकारले सबै अस्पतालमा बिरामी पुराउनै हुँदैन कोरोनाको डेडिकेटेट अस्पताल बनाउनैपर्छ । जसले गर्दा स्वास्थ्यकर्मीलाई पनि ढुक्क भएर काम गर्ने वातावरण हुन्छ । संक्रमण भइहालेमा कहाँ जाने भन्नेमा बिरामीलाई पनि अलमल हुँदैन । संक्रमितकै उपचार भनेपछि होशियारी सहित सेवा दिंदा स्वास्थ्यकर्मीलाई हुने संक्रमणको दर पनि कम हुन्छ । जुन नेपालमा देखिएको पनि छ । कोरोनामा मात्र डेडिकेटेट भनेर शुरु गरिएको शुक्रराज ट्रपिकल अस्पताल, पाटन अस्पताल यसका ज्वलन्त उदाहरण हुन्। तर यहाँ अहिले कोभिड वार्डमा भन्दा अन्य वार्डमा काम गर्ने स्वास्थ्यकर्मी बढी त्रसित बन्न थालेका छन् कुन बेला संक्रमण हुन्छ भन्नेमा ।

कोरोनाका सम्पूर्ण संक्रमितलाई ‘डेडिकेटेड अस्पताल’ बनाएर त्यही राख्नुपर्छ होम आइसोलेसनले मृत्युदर र संक्रमण झनै फैलाउन मद्दत गर्छ । त्यसैले अझै पनि धेरै बिग्रीसकेको छैन्। सरकारको बेलैमा ध्यान जाओस्।

(क्यान्सर रोग विशेषज्ञ डा कार्की नेपाल चिकित्सक संघका उपाध्यक्ष हुन्। )

 

थप समाचार

सलाम छ ती स्वास्थ्यकर्मीलाई..

सलाम छ ती स्वास्थ्यकर्मीलाई..