Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोभिड-१९ को महामारीमा स्तनपान

कोभिड-१९ को महामारीमा स्तनपान

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्तनपानको महत्व बुझाउनका लागि  विश्वभरी नै प्रत्येक वर्ष अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाउने गरिन्छ । नेपालले पनि यो सप्ताहमा स्तनपानका फाइदाकाबारेमा छलफल र अन्तरिक्रया गर्दै यो सप्ताह मनाउने गरेको छ । यो वर्षको स्तनपान सप्ताह दुई दिन अघि मात्र सकिएको छ।

शिशु तथा बालबालिकाको जीवन रक्षाका लागि मात्र होइन उनीहरुको पोषण अनि शारीरिक र मानसिक बिकासमा पनि स्तनपानको त्यति नै ठुलो भूमिका हुन्छ।  नेपालले आत्मसाथ गरेको स्तनपान सम्बन्धी रणनीतिले पनि शिशुलाई ६ महिनासम्म आमाको दुध मात्रै र ६ महिनादेखि २ बर्षसम्म आमाको दूधका साथै थप पोषिलो खाना सिफारिस गरेको छ । क्ष् यसले शिशुको मात्र नभई आमाको स्वास्थ्यमा समेत सकारात्मक असर पार्दछ । छिटो स्तनपानको सुरुवात गर्नु ,आमाको छातीमा बच्चा टाँसिएर रहनु,आमा र बच्चासँगै बस्न पाउनुले शिशुको बिरामी हुने दर तथा मृत्युमा उल्लेख्य कमी ल्याउन सहयोग गर्छ ।

कोरोना भाइरस र स्तनपान

सबै फाइदाहरुका बाबजुद पनि स्तनपानको माध्यमबाट कोभिड १९ संक्रमित आमाले आफ्नो शिशुलाई कोरोना भाइरस सार्न सक्छिन कि भन्ने चासोलाई अस्वभाविक भन्न मिल्दैन् । यस्तो अवस्थामा स्तनपान गराउने कि नगराउने भन्ने निर्णय लिनु पूर्व कोभिड १९ को संक्रमणको जोखिम मात्रै होइन स्तनपान नगर्दा हुने अन्य संक्रमण तथा त्यसबाट हुनसक्ने रोगहरु अनि सम्भावित मृत्यूलाई पनि ख्याल राख्नु पर्दछ । स्तनपानको सट्टा बोतलबाट दिइने कृत्रिम दुधबाट थुप्रै समस्याहरु उत्पन्न हुनुका साथै आमाको छातीमा टाँसिदा शिशुलाई प्राप्त हुने रोग बिरुद्धको रक्षा कवचबाट समेतबच्चा बञ्चित हुन्छ ।

पूर्ण स्तनपान गरेका शिशुहरूको तुलनामा स्तनपान गर्न नपाएका शिशुहरुको मृत्यु दर १४ गुनाले बढी हुन्छ। २ बर्षसम्म स्तनपान गर्न पाएको भए विश्वमा प्रति बर्ष ५ बर्ष मुनिका ८ लाख २० हजार बालबालिकाहरुको ज्यान जानबाट रोक्न सकिन्थ्यो । शिशुमात्र होइन स्तनपानले आमाहरुलाई स्तन र ओभरीको क्यान्सर तथा मधुमेहबाट जोगाउन मद्दत गर्दछ।

यो लेखमा आजका मितिसम्म प्राप्त प्रमाणहरुका आधारमा कोभिड- १९ संक्रिमत आमाले स्तनपानको माध्यमबाट आफ्नो शिशुलाई कोरोना भाइरस सार्न सक्ने सम्भावना तथा स्तनपान नगर्दा शिशुलाई हुने जोखिमहरुको बारेमा चर्चा गरिनेछ ।

के भन्छ विश्व स्वास्थ्य संगठन ?

विश्व स्वास्थ्य संगठनको सल्लाह अनुसार कोभिड(१९ को संक्रमण पुष्टि भएकी वा शंका गरिएकी आमाले आफ्नो शिशुलाई यथाशीघ्र स्तनपान सुरु गर्नु पर्दछ वा सुरु गरेको भए निरन्तरता दिनु पर्दछ क्ष् स्तनपान गराउने आमालाई के कुरामा आश्वस्त पार्नु पर्दछ भने स्तनपानबाट हुनसक्ने कोरोनाको संक्रमणको जोखिमभन्दा शिशुलाई यसबाट हुने फाइदा धेरै गुणा बढी छ।

तथ्यांकहरु के भन्छन् ?

एक अध्ययन अनुसार कोभिड १९ संक्रमण पुष्टि भएका ४६ जना आमाहरुको दुध परीक्षण गरिएको थियो ।  परीक्षण गरिएकाहरु मध्ये ४३ जनाको दुधमा कोरोना भाइरस फेला परेन भने जम्मा ३ वटा दुधको नमूनामा मात्रै पीसीआर विधिबाट कोरोना भाइरसका कणहरु फेला परेका थिए ।  भाइरसको कण फेला परेका ती ३ वटा दूधका नमुनाहरुमा पनि जीवित भाइरस थिएनन् क्ष् दुधमा भाइरस फेला परेका ३ मध्ये २ आमाले शिशुलाई आफ्नो दुध खुवाएका थिए ।  अर्को एक शिशुलाई भने आमाको दुध खुवाइएको थिएन ।  तर अचम्म त के भने संक्रमित दुध नखुवाइएको शिशुमा मात्र कोभिड-१९ को संक्रमण देखिएको थियो ।  स्तनपान गरिएका शिशुहरुमा कोरोनाको संक्रमण नदेखिनुलाई अर्थपूर्ण रुपमा हेरिनु पर्दछ ।

हालकै अवस्थामा आमाको दुधबाट शिशुलाई कोभिड-१९ सर्छ भन्ने कुरा पुष्टि गर्ने यथेस्ट तथ्यांकहरु छैन । बालबालिकाहरु अरु उमेर समुहको तुलनामा कोभिड- १९ को संक्रमणको कम जोखिममा पर्छन । संक्रमण भै हाल्यो भने पनि यो लक्षणबिहिन वा सामान्य खालको हुन्छ । तर यसको तुलनामा आमा र बच्चालाई छुट्याएर स्तनपानबाट बन्चित गरीयो भने थुप्रै प्रतिकुल परिणामहरुको सिकार शिशु हुन सक्दछ ।  त्यसैले कोभिड- १९ संक्रमित आमाले पनि संक्रमण रोकथामका उपायहरु ( मास्क तथा साबुन पानीले हात धुने ) अपनाएर स्तनपान गराउँदा यसले शिशुको स्वास्थ्य र जीवन रक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।

के आमाको दुधले कोरोना बिरुद्ध काम गर्छ ?

एक अर्को अध्ययन अनुसार कोभि १९ संक्रमण पुष्टि भएका १५ मध्ये १२ जना आमाहरुको दुधमा सेक्रेटोरी इम्म्युनोग्लोबुलिन फेला परेको छ ।  यो इम्म्युनोग्लोबुलिन कोभिड १९ संक्रमित आमाले कोरोना विरुद्ध आफ्नो शरीरमा उत्पादन गरेको प्रोटिन हो जुन दुधमा पनि देखा पर्दछ ।  आमाको दुधमा हुने इम्म्युनोग्लोबुलिनले शिशुलाई संक्रमणबाट जोगाउने कुरा प्रमाणित भैसकेको विषय हो । तर कोभिड- १९ बिरुद्ध पनि कृयाशील हुनसक्ने इम्म्युनोग्लोबुलिनले कुन हदसम्म र कति समयसम्म शिशुलाई यो रोगबाट जोगाउन सक्छ भन्ने प्रश्नको जवाफ दिनका लागि थप अध्ययन आवस्यक देखिन्छ ।

स्तनपानका फाइदाहरु कि कोरोनको त्रास ?
सामान्य तौलको शिशुलाई आमाको छातीमा टाँसेर राख्ने तथा कम तौलको बच्चालाई मायाको न्यानो अँगालोमा ( कंगारू केयर ) राख्नाले आमा र बच्चाको बीचमा एक अलौकिक सम्बन्ध मात्र गासीदैन, यसले स्तनपानको प्रकृयालाई सहज बनाउनुका साथै शिशुको शरीरको तापक्रमलाई स्थिर पनि बनाइ राख्दछ क्ष् स्तनपानले शिशुहरुलाई संक्रमणबाट जोगाई बिरामी हुने दरलाई मात्र होइन मृत्यू हुने क्रमलाई पनि कम गर्छ क्ष् यसका साथै स्तनपान गरेका बच्चाहरुको सुत्ने,उठ्ने बानि र समग्र ब्यबहारमा समेत सकारात्मक असर देखिन्छ । पूर्ण स्तनपान गरेका शिशुहरूको तुलनामा स्तनपान गर्न नपाएका शिशुहरुको मृत्यु दर १४ गुनाले बढी हुन्छ क्ष् २ बर्षसम्म स्तनपान गर्न पाएको भए विश्वमा प्रति बर्ष ५ बर्ष मुनिका ८ लाख २० हजार बालबालिकाहरुको ज्यान जानबाट रोक्न सकिन्थ्यो क्ष् शिशुमात्र होइन स्तनपानले आमाहरुलाई स्तन र ओभरीको क्यान्सर तथा मधुमेहबाट जोगाउन मद्दत गर्दछ।

अन्तिममा
हालकै अवस्थामा आमाको दुधबाट शिशुलाई कोभिड-१९ सर्छ भन्ने कुरा पुष्टि गर्ने यथेस्ट तथ्यांकहरु छैन । बालबालिकाहरु अरु उमेर समुहको तुलनामा कोभिड- १९ को संक्रमणको कम जोखिममा पर्छन , संक्रमण भै हाल्यो भने पनि यो लक्षणबिहिन वा सामान्य खालको हुन्छ । तर यसको तुलनामा आमा र बच्चालाई छुट्याएर स्तनपानबाट बन्चित गरीयो भने थुप्रै प्रतिकुल परिणामहरुको सिकार शिशु हुन सक्दछ ।  त्यसैले कोभिड- १९ संक्रमित आमाले पनि संक्रमण रोकथामका उपायहरु ( मास्क लगाउने तथा साबुन पानीले हात धुने ) अपनाएर स्तनपान गराउँदा यसले शिशुको स्वास्थ्य र जीवन रक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।