Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना संक्रमणको उच्च जोखिममा मुटुका बिरामी

कोरोना संक्रमणको उच्च जोखिममा मुटुका बिरामी

यतिबेला विश्व नै कोरोना भाइरसको संक्रमणको चपेटामा परेको छ । हालसम्म विश्वभर ३८ लाख भन्दा बढी मानिस यसको संक्रमणबाट गुज्रिरहेका छन्। धेरै देशहरुले कोरोना रोकथाममा लागि आ आफनो देशमा लकडाउन गरेका छन्। यही क्रममा नेपालमा पनि डेढ महिनादेखि लकडाउन छ । यसको समय लम्ब्याउँँदै जेठ ५ सम्म पुर्याइएको छ । हालसम्म कोरोनाको कुनै उपचार, खोप वा औषधि नभएकाले पनि यसबाट बच्न घरमै बस्नु र सामाजिक दूरी कायम गर्नु नै सबैभन्दा उत्तम उपाय हो ।

कोरोना भाइरसको जोखिम दीर्घरोगी, बृद्धबृद्धा, रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिलाई अन्यको तुलनामा बढी नै हुन्छ भन्ने कुरा विश्व स्वास्थ्य संगठनले नै भनिसकेको छ । म मुटुरोग विशेषज्ञ भएकाले मुटु रोग भएकालाई कोरोना संक्रमणको जोखिम र असर कस्तो हुन्छ भन्ने कुरा गर्न चाहन्छु । अहिले महामारीको रुपमा लिएको कोरोनाले मुटरोगी बिरामीलाई बढी असर गर्ने देखिएको छ। हुन त अहिलेसम्म कोरोना भाइरसले संक्रमण गरेपछि यसले रुघाखोकी, ज्वरो हुँदै श्वासप्रश्वासमा समस्या गराएको पाइन्छ । यो शुरुवाती चरण भयो तर हामीले नियालेर हेर्ने हो भने बहुसंख्यक संक्रमितहरुको अन्तिम मृत्युको कारक भने मुटुमा समस्या भएको पाइएको छ । मुटुको समस्या भएका बिरामी व्यक्तिमा कोरोनाको असर बढी हुने गरेको पाइएको छ। किनभने मुटुमा समस्या भएका मानिसमा अन्य व्यक्तिको तुलनामा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ। त्यसैले उनीहरुमा कोरोनाको संक्रमण छिटो हुने संभावना धेरै त हुन्छ नै योसँगै उनीहरुलाई संक्रमण भइहालेमा आईसियुमै राख्नुपर्ने हुन सक्छ। यसैगरी धुम्रपान, मद्यपान गर्नेमा पनि कोरोना भाइरसको असर बढी देखिएको छ ।

हामी सबैलाई थाहा छ मानव शरीरको महत्वपूर्ण अंगमध्ये मुटु एक हो। हाम्रो शरीरलाई स्वस्थ राख्नका लागि मुटु स्वस्थ हुनुपर्छ । मुटु पहिल्यैदेखि बिरामी भएमा भाइरसले छिटो अट्याक गर्नसक्छ । चाहे त्यो अन्य भाइरस होस वा कोरोना भाइरस । पछिल्लो समय संसारमा ६०\६५ वर्ष कटेका ५० प्रतिशत भन्दा बढीमा उच्च रक्तचापको समस्या छ । ती मध्ये धेरैमा मोटोपन पनि पाइन्छ। त्यसैले पनि विकसित देशहरु इटली, स्पेन, अमेरिकामा कोरोना संक्रमण भएपछि धेरै मानिसहरुको मृत्यु भएको छ । त्यसको एउटा कारण हो ती व्यक्तिहरुको मुटु पहिल्यैदेखि कमजोर थियो।

पहिल्यैदेखि मुटु सम्बन्धी समस्या भएका, उच्च रक्तचाप भएका वा यसअघि ह्दयघात भइसकेका बिरामीलाई यो भाइरसले बढी असर गर्ने मात्र हैन उनीहरुमा मृत्युदर पनि उच्च रहेको छ । अहिले सबैभन्दा बढी प्रभावित चीन, अमेरिका, इटली, स्पेनको तथ्यांक हेर्दा ती देशहरुमा अधिकांश संक्रमित मुटुको समस्या भएका ६०\६५ वर्ष माथिका व्यक्तिहरुको ज्यान गएको पाइन्छ । हामीले जतिसुकै कोरोनाको कारण मृत्यु भयो भनेर भने पनि त्यसले मुख्य कारण मुटुलाई असर गरेपछि मृत्यु भएको पाइएको छ । यसले पनि के देखाउँछ भने मुटुका समस्या भएका व्यक्हिरुलाई कोरोनाको उच्च जोखिम हुन्छ त्यसैले यस्ता व्यक्तिले कोरोना भाइरसबाट बच्न अझै बढी सतर्कता अपनाउन जरुरी छ ।

हामी सबैलाई थाहा छ मानव शरीरको महत्वपूर्ण अंगमध्ये मुटु एक हो। हाम्रो शरीरलाई स्वस्थ राख्नका लागि मुटु स्वस्थ हुनुपर्छ । मुटु पहिल्यैदेखि बिरामी भएमा भाइरसले छिटो अट्याक गर्नसक्छ । चाहे त्यो अन्य भाइरस होस वा कोरोना भाइरस । पछिल्लो समय संसारमा ६०\६५ वर्ष कटेका ५० प्रतिशत भन्दा बढीमा उच्च रक्तचापको समस्या छ । ती मध्ये धेरैमा मोटोपन पनि पाइन्छ। त्यसैले पनि विकसित देशहरु इटली, स्पेन, अमेरिकामा कोरोना संक्रमण भएपछि धेरै मानिसहरुको मृत्यु भएको छ । त्यसको एउटा कारण हो ती व्यक्तिहरुको मुटु पहिल्यैदेखि कमजोर थियो भन्ने हो ।

कोरोना महामारी शुरु भएको चीनको वुहानमा त यसको रिसर्च नै भएको छ । वुहानमा उपचार गराएका अधिकांश संक्रमितको मुटुमा ‘इन्फ्लामेसन’ अर्थात मुटु सुन्निएको पाइएको थियो । यो भनेको भाइरसले मुटुलाई असर गर्यो जसका कारण बिरामीको मृत्यु भयो । त्यसैले मुटुरोगी कोरोनाको उच्च जोखिममा पर्छन् भन्नेमा दुई मत नै रहेन।

यो अवस्थामा हामी कहाँ पनि संक्रमितको संख्या बढिरहेको छ । यतिबेला हामी सबैले सरकारले लागू गरेको लकडाउन पालना गर्नैपर्छ । मुटुका रोगीलाई सल्लाह दिन चाहन्छु । यदि तपाइँको मुटु स्वस्थ छैन् भने कोरोना भाइरसले आक्रमण गर्ने सम्भावना अत्यन्त धेरै हुन्छ । त्यसैले घरमै बस्नुस्। पोषिलो खानेकुरा खाने, अत्यावश्यक नपरेसम्म बाहिर ननिस्कने, परिवारसँग समय बिताउने, घरमै व्यायाम योगा गर्ने गर्दा राम्रो हुन्छ ।

उच्च रक्तचापको औषधि खाइरहेका बिरामीले आफूखुशी औषधि छोड्न हुँदैन । यसले झन ठुलो समस्या निम्त्याउन सक्छ। यो बेला हामी सबैले आफना बिरामीलाई फोन नम्बर दिएका छौं फोन गरेर परामर्श पनि लिन सकिन्छ । यसका साथै अहिले इमरजेन्सी नपरेसम्म अस्पताल नआउन पनि सल्लाह दिन्छौं । किनकी अस्पतालमा जस्तोसुकै बिरामी पनि आइरहेको हुन्छ । त्यहाँबाट संक्रमण सर्ने सम्भावना बढी हुन्छ । लकडाउनको समयमा घरमै बसौं, स्वस्थकर जीवनशैली अपनाऔं, भिडभाड, भोजभतेरमा नजाऔं, सामाजिक दूरी कायम राखौं, साबुन पानीले नियमित हात धोऔं, यति गरेमा धेरै हदसम्म हामी कोरोनाबाट बच्न सक्छौं ।