Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना भाइरस: रोकथाम तथा नियन्त्रणमा अस्पताल प्रशासनको भूमिका

कोरोना भाइरस: रोकथाम तथा नियन्त्रणमा अस्पताल प्रशासनको भूमिका

टोपेन्द्र प्रकाश वली

यतिबेला कोरोना महामारीका कारण विश्व नै त्रसित बनिरहेको छ । हालसम्म विश्वमा २ लाख २७ हजार बढी मानिसको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ भने ३१ लाख ८९ हजार भन्दा बढी मानिस यो संक्रमणको सिकार भइसकेका छन्। यसको असर नेपालमा पनि परिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५७ जनामा यो संक्रमण भएको पुष्टि भइसकेको छ ।

कोरोना महामारीका बेला फ्रन्टलाइनमा काम गर्ने चिकित्सक एवं स्वास्थ्यकर्मीको भूमिका त महत्वपूर्ण हुने नै भयो योसँगै अस्पताल व्यवस्थापनको पनि त्यत्तिकै महत्पूर्ण भूमिका हुनेगर्छ । महामारीका बेला खटिने स्वास्थ्यकर्मीको व्यवस्थापन अस्पतालले गर्ने हो । कसलाई कसरी ड्युटीमा राख्ने उनीहरुलाई कसरी सुरक्षित बनाउने, के सेवा सुविधा दिने भन्ने अस्पताल व्यवस्थापनभित्र नै पर्छ । चिकित्सक, स्वास्थ्यकर्मीका साथै कर्मचारीको पनि सुरक्षामा ध्यान दिंदै उनीहरुलाई ड्युटीमा लगाउने यसैगरी यस्तो संकटका बेला कर्मचारीलाई व्यवस्थापन गर्ने काम अस्पताल प्रशासनले चुस्त दुरुस्त गर्नुपर्ने हुन्छ ।अनि मात्र उनीहरुले काम गर्न सक्छन्।

यसैगरी यो बेला कोरोना बाहेकको अन्य सुविधा लिन आउने बिरामीको व्यवस्थापन कसरी गर्ने भन्ने कुरा पनि आउँछ । उनीहरुलाई पनि सेवाबाट वञ्चित गर्न भएन यसको हेक्का पनि अस्पताल प्रशासनले गर्नैपर्छ । एकातिर नियमित दिने सेवा सूचारु गर्ने र त्यसैगरी महामारीका कारण आउने बिरामीको व्यवस्थापन गर्न प्रशासन अब्बल हुनैपर्छ । अन्यथा सेवाग्राहीले दुख पाउँछन्।

म कार्यरत मेट्रो काठमाडौं अस्पतालले पनि कोरोना कोेभिड- १९ को बिरामी आइहालेमा के गर्ने भनेर तयारी गरेका छौं । हुन त हाम्रो अस्पताल कोभिड- १९का लागि डेडिकेटेट अस्पताल हैन् । तर पनि तयारी भने गर्नैपर्छ । अस्पताल हो जुनसुकै बेला जस्तोसुकै बिरामी पनि आउनसक्छन्।

कुनै पनि संस्थाका कर्मचारी भनेका त्यस संस्थाका खम्बा हुन यो कुरा मनन गर्नेपर्छ । यो महामारीका बेला पनि हाम्रा कर्मचारी अस्पताल आएर आफनो स्वास्थ्य सुरक्षाको परवाह नगरी काम गरिरहेका छन्। कर्मचारी नै नआए स्वास्थ्यकमर्कीले मात्र अस्पताल चलाउन सकिंदैन । त्यसैले हामी यो बेला स्वास्थ्यकर्मीको मात्र चर्चा गछौं । पर्दा पछाडी बसेर काम गर्ने कर्मचारीको पनि त्यत्तिकै भूमिका हुन्छ भन्ने बिर्सनु हुँदैन । चिकित्सक स्वास्थ्यकर्मी एवं कर्मचारीले अस्पतालको वातावरण राम्रो भएमा मात्र सहज रुपमा काम गर्न सक्छन्।

हामीले स्थानीय वडासँग मिलेर बिरामी र अस्पतालमा आउने भिजिटर एवं अन्य यात्रुका लागि नारायण गोेपाल चोकमा खानेपानीको ट्याकींको व्यवस्था गरेका छौं । यसैगरी अस्पतालको गेटमै हात धुनका लागि साबुन पानी र सेनिटाइजरको व्यवस्था गरिएको छ । जोकोही पनि अस्पतालमा आउँछन उनीहरुले अनिवार्य रुपमा हात धोएर मात्र प्रवेश गर्न पाउने बनाएका छौं । हामी सचेत छौं । यसले हाम्रा बिरामी र कर्मचारीमा हुनसक्ने  संक्रमणबाट केही हदसम्म पनि बचाउन सहयोग गर्छ ।

कुनै पनि संस्थाका कर्मचारी भनेका त्यस संस्थाका खम्बा हुन यो कुरा मनन गर्नेपर्छ । यो महामारीका बेला पनि हाम्रा कर्मचारी अस्पताल आएर आफनो स्वास्थ्य सुरक्षाको परवाह नगरी काम गरिरहेका छन्। त्यसका लागि हामीले उनीहरुलाई घरबाट ल्याउने लाने र खानाको पनि व्यवस्था मिलाएका छौं । कर्मचारी नै नआए स्वास्थ्यकमर्कीले मात्र अस्पताल चलाउन सकिंदैन । त्यसैले हामी यो बेला स्वास्थ्यकर्मीको मात्र चर्चा गछौं । पर्दा पछाडी बसेर काम गर्ने कर्मचारीको पनि त्यत्तिकै भूमिका हुन्छ भन्ने बिर्सनु हुँदैन । चिकित्सक स्वास्थ्यकर्मी एवं कर्मचारीले अस्पतालको वातावरण राम्रो भएमा मात्र सहज रुपमा काम गर्न सक्छन्।

अस्पताल भनेको  २४ घण्टा सुचारु हुने संस्था हो । त्यसैले हामीले आज नेपाल बन्द छ वा यो वा त्यो बहानामा अस्पताल बन्द गर्न मिल्दैन । चाहे एक जना बिरामी मात्र आए पनि सम्पूर्ण सेवा खोल्नैपर्छ । कोरोना महामारीका बेला पनि नेपालमा प्राइभेट अस्पतालले सरकारलाई राम्रो सपोर्ट गरेका छन्।  एक जना बिरामीका लागि पनि सबै सामान जुटाउनै पर्छ । कम्प्रोमाइज गर्न मिल्दैन । यो बेला कतिपय सामानहरु जुटाउनै गाह्रो पर्छ । विश्वभरी फैलिएको कोरोनको कारण सामानहरु सर्टेज भएका छन्। पाइए पनि महंगोमा किन्नुपर्ने हुन्छ ।

देशमा महामारी फैलिएमा सरकारी अस्पतालले मात्र उपचार गरेर पुग्दैन त्यसबेला सबै नीजि अस्पतालले आफनो स्तरबाट सहयोग गर्नैपर्छ र हामी त्यसका लागि सधैं तयार छौं । यो बेला सरकारले पनि प्राइभेट अस्पताललाई केही सहुलियत दिनुपर्ने हो । कतिपय अस्पताल भाडामा छन्। उनीहरुलाई भाडामा छुट वा सामान खरिद गर्दा भ्याट ट्याक्स छुट दिए प्राइभेट अस्पताललाई पनि संचालन गर्न केही सहज हुने थियो । सरकारले यस्तो महामारीका बेला काम गर्ने र सरकारको काममा हातमा हात राखेर अघि बढेका नीजि अस्पताललाई पनि हेर्नेपर्छ ।

(वली महाराजगञ्जस्थित मेट्रो काठमाडौं अस्पतालका प्रमुख कार्यकारी अधिकृत हुन्।)

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या