हामीलाई वुहानबाट ‘रेस्क्यु’ गरियोस्
मेरो नाम गौरव पोखरेल हो। म यतिबेला चीनको वुहान शहरस्थित थोङची मेडिकल कलेजमा सर्जरीमा पीएचडी गरिरहेको छु। केही सातायता कोरोना भाइरसका कारण चीनमा सबै जना त्रासमा छन्। यसबाट म पनि अछूतो छैन। कोरोनाको त्रासकै कारण हाल म अध्ययनरत लगायत यहाँका सबै विश्व विद्यालय एवं शैक्षिक संस्था, बजार पूर्णरूपमा बन्द छन्। हामीलाई बाहिर जान दिइएको पनि छैन। कोरोनाले धमाधम मानिस मर्न थालेपछि सबै नेपाली विद्यार्थीहरूमा पनि त्रास फेलिरहेको छ। यसले गर्दा कतिमा त मनोवैज्ञानिक असर देखिन थालेको छ।
हामी अध्ययनरत कलेजले स्पष्टरूपमा ‘आ–आफनो दूतावासमार्फत घर जान सक्छौ’ भनेर भनिसकेको छ। अन्य देशका साथीहरूलाई उनीहरूको दूतावासमार्फत लिएर जाने क्रम बढ्दो छ। हामीलाई पनि यहाँबाट ‘रेस्क्यु’ गर्न जरुरी छ । हामी यो त्रासमा बस्न सक्दैनौँ। यस्तो अवस्थामा हामी नेपाली विद्यार्थीको विषयमा नेपाल सरकारले छिटो निर्णय गरोस् र यहाँबाट लिएर जाओस् भन्ने हाम्रो चाहना हो।
वुहानमा लगभग सय जना जति नेपाली छौँ। वुहानबाट बाहिर जाने र आउने सबै ‘फ्लाइट’ बन्द छन्। कसैलाई पनि आवतजावत गर्न दिइएको छैन। खानेकुरा सीमित छ। हामी एककिसिमले नजरबन्दको अवस्थामा छौँ। कतिपय साथी राति राम्ररी निदाउन पनि सकिरहेका छैनन्। न पढाइ छ, न त बाहिर निस्कने वातावरण। अर्काेतिर रोग लागिहाल्छ कि भन्ने डर।सबैको मनमा एउटै प्रश्न उठेको छ, यस्तो त्रासमा हामी कति दिनसम्म कोठाभित्र बस्ने?
हामी अध्ययनरत कलेजले स्पष्टरूपमा ‘आ–आफनो दूतावासमार्फत घर जान सक्छौ’ भनेर भनिसकेको छ। अन्य देशका साथीहरूलाई उनीहरूको दूतावासमार्फत लिएर जाने क्रम बढ्दो छ। हामीलाई पनि यहाँबाट ‘रेस्क्यु’ गर्न जरुरी छ । हामी यो त्रासमा बस्न सक्दैनौँ। यस्तो अवस्थामा हामी नेपाली विद्यार्थीको विषयमा नेपाल सरकारले छिटो निर्णय गरोस् र यहाँबाट लिएर जाओस् भन्ने हाम्रो चाहना हो। तर हामीलाई नेपालले लिएर जाने कुरा नै सुनिएको छैन।
विदेशमा आफ्ना नागरिक संकटमा परेका वेला उनीहरूलाई जोगाउने जिम्मा देशको हो। हामीलाई यो अवस्थाबाट मुक्ति दिलाउन सरकारले पहल गर्नैपर्छ। विलम्ब नगरियोस्।



व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य