Health TV Online
Health TV Online

जथाभावी नखानुस् ‘एन्टिबायोटिक’, आवश्यक छ चिकित्सकको निर्देशन

जथाभावी नखानुस् ‘एन्टिबायोटिक’, आवश्यक छ चिकित्सकको निर्देशन

विभिन्न रोग बढेसँगै विभिन्न किसिमका औषधिको प्रयोग गर्नु नौलो विषय त होइन। अहिले ‘एन्टिबायोटिक’ औषधिको प्रयोग बढेको छ। तर धेरै मानिस स्वास्थ्यमा केही खराबी आउनेवित्तिकै चिकित्सकको सल्लाह लिनुको साटो कुदेर औषधि पसल पुग्छन्। पसलमा आफूखुशी औषधि किन्छन्। कतिपय सन्दर्भमा ग्राहकले बताएको लक्षणलाई अनुमान गरेर औषधि पसलेले औषधि दिन्छन्।

यसरी आफूखुशी वा जथाभावी रूपमा एन्टिबायोटिकको प्रयोग गर्नु एकदमै घातक हो। एन्टिबायोटिकको सही प्रयोग नहुँदा शरीरमा दीर्घकालीन असर पर्न सक्छ। यस्तै फेरि फेरि समस्या आउँदा औषधिले काम नगर्न सक्छ। एन्टिबायोटिकको काम शरीरमा भएका हानिकारक ब्याक्टेरिया मार्नु हो। शरीरको कुनै भागमा भएको ‘इन्फेक्सन’ नियन्त्रण गर्ने हो। तर यसको गलत प्रयोगले ब्याक्टेरिया मर्ने नभई झन् बलियो हुने अवस्था सिर्जना हुन्छ। इन्फेक्सन फैलिनसक्ने सम्भावना हुन्छ।

सामान्यतया औषधिको काम शरीरका रोग दूर गर्नु हो। तर यसको मात्रा प्रयोग मिलेन भने शरीरका लागि घातक बनिदिन्छ । एन्टिबायोटिकको गलत प्रयोगले मिर्गौला, कलेजोजस्ता अंगहरू बिगार्न सक्छ। त्यसैले एन्टिबायोटिक प्रयोग गर्नुअघि चिकित्सकको सल्लाह लिनु आवश्यक छ। चिकित्सकको सल्लाहअनुसार मात्रा, अवधि मिलाएर खाँदा मात्र औषधिले शरीरमा सकारात्मक असर पार्छ।

नेपालको सन्दर्भमा आम मानिसमा एन्टिबायोटिकसम्बन्धी चेतना छैन। सबै ठाउँमा चिकित्सक वा स्वास्थ्य स‌ंस्था नपुगेकाले पनि मानिसहरू अन्धाधुन्ध ‍औषधि किनेर खान बाध्य छन्। तर धेरै ठाउँमा यी दुवैमा पहुँच भएर पनि मानिसहरूले गल्ती गरिरहेका हुन्छन्।

एन्टिबायोटिकसम्बन्धी चेतना अभिवृद्धि गर्न प्रत्येक वर्ष नोभेम्बर १८ देखि २४ सम्म ‘एन्टिबायोटिक अवेरनेस’ सप्ताह मनाइन्छ। विश्व स्वास्थ्य संगठनलाई पछ्याउँदै नेपालमा पनि विगत चारवर्षदेखि सप्ताह मनाउने गरिएको छ। साताभर चेतनामूलक कार्यक्रम गरिन्छ। यो क्रम यसपटक  पनि चलिरहेकाे छ।

भिडियाे :

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा