Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कसरी मिलाउने मधुमेहका बिरामीले खाना ?

कसरी मिलाउने मधुमेहका बिरामीले खाना ?

मधुमेहका बिरामीका लागि सबैभन्दा महत्वपूर्ण खाना नै हो । खाना र औषधि मिलाएर खान जानेमा यसले खासै दुख दिंदैन । मधुमेहका बिरामीले औषधि र खाना मिलाएर खाने हो भने वर्षौँसम्म पनि समस्या आउँदैन। यस्ता बिरामीले खाली पेट बस्नु हुँदैन। खाली पेट बस्दा ‘ग्लुकोज लेबल’ घटेर बिरामी बेहोश हुने सम्भावना हुन्छ जसलाई ‘हापोग्लेसिमिया’ भनिन्छ। यस्तो अवस्थामा बिरामीलाई केही गुलियो खानेकुरा दिनुपर्ने हुन्छ। तर यो एक पटकलाई मात्र हो भन्ने बुझ्नुपर्छ। त्यसैले सकेसम्म मधुमेहीलाई व्रत नबसेको राम्रो । अरूका लागि भन्दै  व्रत बस्दा स्वास्थ्य बिग्नने सम्भावना हुन्छ ।

यसका साथै कतिपय मधुमेहका बिरामी भात खान हुँदैन भनेर टन्न रोटी खानुहुन्छ यसो गर्नु पनि राम्रो होइन। रोटीमा पनि कार्बोहाइड्रेट नै हुने भएकाले यो चाहिं टन्न खान मिल्छ भन्ने होइन।रोटी खाने हो भने दुई पिस रोटी तरकारी दाल सलाद मिलाएर खानुस। भात खाने हो भने पनि थोरै सानो कचौराको एक कचौरा भात यसैगरी सागसब्जी मिलाएर खानुस तर भात र रोटीसँगै खानु उचित हैन् ।

मधुमेहीले स्वस्थ मानिस सरह खानेकुरा सबै खान मिल्छ तर, थोरै थोरै गरेर खानुपर्छ। मधुुमेह भएको व्यक्ति पुरुष छ भने एक दिनमा एक हजार आठ सय क्यालोरी र महिला भए एक हजार छ सय क्यालोरीसम्म खान मिल्छ। मधुमेह नभएको पुरुषले दुई हजार देखि दुई हजार दुई सयसम्म र महिलालाई एक हजार आठ सय देखि दुई हजारसम्म क्यालोरी दिने गरिन्छ। तर व्यक्तिको वजन, उचाइ मोटो पातलो अनुसार पमिाणमा थपघट हुनसक्छ।

कतिपय मधुमेहका बिरामी भात खान हुँदैन भनेर टन्न रोटी खानुहुन्छ यसो गर्नु पनि राम्रो होइन। रोटीमा पनि कार्बोहाइड्रेट नै हुने भएकाले यो चाहिं टन्न खान मिल्छ भन्ने होइन।रोटी खाने हो भने दुई पिस रोटी तरकारी दाल सलाद मिलाएर खानुस। भात खाने हो भने पनि थोरै सानो कचौराको एक कचौरा भात यसैगरी सागसब्जी मिलाएर खानुस तर भात र रोटीसँगै खानु उचित हैन् ।

मधुमेहीले दिनमा पाँचदेखि ६ पटकसम्म थोरै थोरै खाना खान सके राम्रो मानिन्छ । एकैचोटी कोचेर खानु हानिकारक हुन्छ। यदि भातसँगै आलुको तरकारी खान मन लाग्यो भने भातको मात्रा घटाई दुई टुक्रा आलु खान सकिन्छ। त्यस्तै दिनमा एउटा स्याउ, एउटा सानो केरा, चार पाँच दान अंगुर, सिंगो आँपको सट्टा एयटा पिस मिलाएर खान सकिन्छ। मात्र यति हो मन लागे जति खान पाइएन ।

यसका साथै बजारमा पाइने बट्टामा राखेका जुस, बिस्कुट, चिप्स जस्ता खानेकुरा भने खानै हुँदैन। त्यसो त यी खानेकुराहरु स्वस्थ व्यक्तिले पनि खान हुँदैन । साथसाथै व्यायाम योगामा पनि ध्यान दिनुपर्छ। यस्ता बिरामीले डाइटिसियनसँग बुझेर आफ्नो ‘डाइट प्लान’ गर्न सके समस्याबाट जोगिन सजिलो हुन्छ।

थप समाचार

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

मोटोपन छ ? कसरी घटाउने ?

मोटोपन छ ? कसरी घटाउने ?