Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चाडपर्व तथा उत्सव : स्वस्थ जीवनका लागि चुनौती

चाडपर्व तथा उत्सव : स्वस्थ जीवनका लागि चुनौती

साँस्कृतिक रूपमा हाम्रो संस्कति एकदमै धनी छ। हाम्रो इतिहास हजारौँ वर्षको छ। हाम्रो पात्रो चाडवाड तथा उत्सवहरूले खचाखच छ। हामी चाडवाड मनाउन रमाउछौँ। चाडवाडको नाममा हामी नियमित कार्यबाट फुर्सद लिन पनि आनन्द मान्छौँ। यी सबै हाम्रा समृद्ध परम्परा हुन्। चाड र उत्सवका मुख्य कुरा हुन्।

यिनले हामीलाई हाम्रो खाना धर्म र आस्थासँग सम्बन्ध जोडिराख्छन्। यिनले हामीलाई हाम्रा नातेदार तथा साथीभाइहरूसँग भेटघाट गर्ने अवसर दिनछन्। यिनले हामीलाई आराम लिने र आफनो संस्कृतिलाई सम्हालिराख्ने मौका दिन्छन्।

तर तपाइँलाई थाहा छ, यी चाडबाडहरू कहिलेकाहीँ मात्र आउने होइनन्। वर्षभरिको हिसाब गर्ने हो भने ती एकदम धेरै हुन्छन्। मलाई लाग्छ यी ५० देखि १०० को हाराहारीमा हुन्छन्। अब सप्ताहान्तको ५२ दिन जोड्नुस् त। के हामीले वर्षका यतिका दन अस्वस्थकर तरिकामा बिताउनु उपयुक्त हुन्छ। जे भए पनि केही चुनौतीहरू त छन्। के हामी उत्सवहरूबाट हुने खराब असरहरूबारे सचेत छौ हाम्रो समाजले मनाउने कुनै पनि चाड या उत्सव स्वास्थयलाई हानि नपुरयाउने हुन्छ भनेर के हामीलाई थाहा छ।

चाडबाड र उत्सवहरू स्वस्थ जीवनका लागि एक चुनौती

दशै तिहार र अरु चाडबाडले धेरै मानसिलाई बिरामी बनाएर अस्पताल ल्याउँछन्। तिहार र अरु चाडको अन्तमा धेरै बिरामीहरूको ट्राइल्गिसराइड र युरिक एसिड ३० देखि ४० प्रतिशत माथि गएको हुन्छ। यसको स्तर ठीक स्थितिमा ल्याउँदासम्म शरीरको भित्री भागमा केही नोक्सानी भइसकेको हुन्छ। यस्तो किन हुन्छ भनेर हामीलाई थाहा छ।

जन्मेदेखि मरणसम्म हामी अन्नप्राशन, व्रतबन्ध, विवाह, जन्मदिन र बूढो पास्नी के के हो के के चाड उत्सव आदि मनाउँछौ। हामी खानेकुरालाई यी सबै चाडहरूको केन्द्रविन्दु बनाउँछौँ।

चाडबाडको नाममा हामी जानी जानीकन अस्वस्थकर जीवन बाँचने बानी बसाल्छौँ। हामी बिहान चाँडै उठेर नियमित व्यायाम गर्ने बानी पनि छोड्छौँ र राति पनि अबेला सुत्छौँ। पाहुनापात साथीभाइ घरमा भएकोले हामी आवश्यक मात्रामा सुत्ने बिहान चाँडै उठेर व्यायाम गर्ने वा घुमफिर गर्ने जस्ता महत्त्वपूर्ण नियमित कार्यहरू पनि खुशीसाथ गर्न छोड्छौँ।

चाडबाडको अवसरमा स्वास्थसँग सम्बन्धित यस्ता कुराहरूले महत्त्व गुमाउँछन् र हाम्रा ती त्यति जरुरी हुँदैनन्। त्यसैले हाम्रो चाडबाड मनाउने तरिकाले केही न केही स्वास्थ्यसम्बन्धी समस्या त ल्याँउछ, ल्याउँछ।

ज्यादै नुनिलो र चिल्लो खानेकुरा खाने

चाडको बेला खानेकुरामा नै ज्यादा ध्यान केन्द्रित हुन्छ। हामी दिन दिनभर अब अर्को पटक के खाने भने छलफलमा नै व्यस्त हुन्छौ। दुर्भाग्यको कुरा के हो भने अस्वस्थकर ‘स्न्याक्स’ नै सस्तो छ चाँडो तयार पार्न सकिन्छ मीठो स्वादको हुन्छ अनि सजिलैसित उपलब्ध पनि कहिलेकाहीँ यदि निम्तोमा स्वस्थ्यकर खानामात्र पस्किइने छ भनी लेखिएको खण्डमा कति मानिस त्यो भोजमा आउन उत्तेजित होलान् भन्ने सोचेर अचम्ममा पर्छु।

भोजमा दिइने खानेकुरामा प्रशस्त नुन र चिल्लो हुन्छ। भोज भन्नासाथ यस्तो खाना स्वीकृत भइहाल्छ। अनि त यसको नजिता अचम्म मान्नुपर्ने हुँदैन। यसले चाडको समाप्तिमा रक्तचाप रगतमा चिनीको मात्रा युरिक एसिड रगतको कोलेस्टेरोलका साथै शरीरको तौल पनि तुलनात्मक रूपमा बढाइदिन्छ।

निम्न गुणस्तरीय खानेकुरा

पोषणको दृष्टिकोणबाट खानेकुराहरू अस्वस्थकर हुनेमात्र होईन ती गुणमा पनि निमनस्तरीय हुनु सम्भव छ। जमातका लागि पकाइएका तथा पस्एिका खानेकुरा पूर्णरूपमा सुरक्षित नहुन सक्छन्। खानेकुरा बासी तथा निम्नस्तरीय पनि हुन सक्छन्। हामीचाहि भोजका यस्ता खानेकुरा धेरै खानका लागि बिहानदेखि भोको बसेर आफूलाई तयार पार्छौँ। घरबाहिर भिन्न स्वादका खानेकुराको मज्जा लिइरहेका बेला हामी कीरा जीवाणु र अरु परजीवीहरू (जसबाट अपच आउँ रगत पर्ने टाइफाइड तथा कमलपित्त आदि हुन्छ) खाइरहेका हुन्छौँ। अर्कोतिर हामी तारे होटलमा भोज खाइरहेको समयमा हाम्रा घरमा काम सघाउनेहरू घरको अन्न तेल र सागपात आदि राम्रो स्तरको खानको मज्जा लुटिरहेका हुन्छन्।

मद्यपान र धूमपान

चाड मनाउने भनेको एकदम धेरै रक्सी खाने धूमपान गर्ने र मासु खाने जस्ता सबै एकैसाथ आउने कुरा हुन। चाड मनाउनुका नाँउमा हामी खानेकुराको परिणम बढाउनेतर्फ लाग्छौ। यस्ता चाडका बखत हामीमध्ये धेरै रक्सी र चुरोटको दहमा फस्छौँ। हामीले कति खायौ भन्ने नै थाहा पाउँदैनौँ। अर्को कुरा रक्सीसँग खाने साथी त झन् नुन र चिल्लोले भरिएका हुन्छन। तपाईँ आफैँ चुरोट खानु हुन्न भने पनि तपाईँ नजिक वा सँगै बस्नेले खाएको चुरोटको धूवा नजानेर तपाई पनि तानिरहनु भएको हुन्छ।

राति अबेरसम्म नसुत्नु

तपाईँ बेलुकीको ८ बजेभन्दा अगावै खाना खाने र १० बजेअगावै सुत्ने सम्भावना कम छ र आफनो परिवार दिनु पर्ने समय पनि दिन सक्नुहुन्न। यसले तपाईको केटाकेटीमा पनि खराब असर पर्छ। राति अबेर खाना खाएमा तौल बढनुका साथै घुर्ने पनि सम्भावना हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त भोलिपल्ट नियमित व्यायाम गर्न बिहान चाँडै उठ्न सक्नुहुन्न।

सडक दुर्घटना

धेरै मद्यपान गरेर जथाभावी सवारी हाँकदा घटेको दुर्घटनाको कारण अस्पतालका आकस्मिक कक्षमा आउने सडक घाइतेहरूको संख्या भयप्रद नै पाइन्छ। एकछिनको आरामदायी सँझले जिन्दगीको पटाक्ष्ोप निम्त्याउन सक्छ जुन तपाईको परिवार र समाजका लागि एक अपूरणीय क्षति हो।

केटाकेटीमा पर्ने असरहरू

आमा बाबुहरू जो हिजोसम्म स्वस्थकर खाना र जीवनका बारेमा विभिन्न विषयका कुरा गरिरहन्थे तर आज अर्के कामकुरा गरिरहेका छन्। भन्ने केटाकेटीमा पर्न जान्छ। आमा बाबुले यस्ता अस्वस्कर कार्यहरू गरेको देख्दा उनीहरूको स्वस्थकर बानी महत्त्वपूर्ण छ भन्नेमा अडेको विश्वास हराउँदै जान्छ। यदि हामी हाम्रा केटाकटीको स्वस्थ बानी होस् भन्ने आशा राख्छौ भने हामीले नियम तोड्ने होइन कि बरु  व्यवहारमा पूर्ण सामञ्जस्य राख्नुपर्छ जसको बराबरी गर्न उनीहरूको प्रयास गरुन्।

वर्षौँदेखि चलेका चाडहरूका खास महत्त्व बिस्तारै हराउँदै आइरहेको छ। यो चाड किन मनाइरहेका छौँ भनेर हामीमध्येका धेरैलाई थाहा हुँदैन। हुन सक्छ हामी आफैँलाई बढी तनावमा पार्ने नयाँ तरिका पत्ता लगाउदै छौँ। आजको व्यापारिक विश्वले मानिसलाई शुभकामना पत्र सन्देश र खानेकुरा बढेको बिक्रीले स्वास्थ्य सेवा दिनेलगायतका केही उद्योगीहरूलाई फाइदा हुन्छ।

यस प्रकारको खतराबाट सतर्क हुनु जरुरी छ र आफूले आफैँलाई यस्तो कुरा कसरी कम गर्न सकिन्छ भनी सोध्नुपर्छ। कुनै प्रकारको जोखिम तथा खराब असरविना उत्सव वा चाडहरू कसरी मनाउन सकिन्छ भन्ने एउटा यक्ष प्रश्न हो।

स्वस्थ जीवनशैली : स्वस्थ मुटु बाट

थप समाचार