Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आयुर्वेद शास्त्रका प्रवर्तक धनवन्तरि

आयुर्वेद शास्त्रका प्रवर्तक धनवन्तरि

कार्तिक कृष्ण त्रयोदशी अर्थात् धनवन्तरि जयन्ती। धनवन्तरी, आयुर्वेद शास्त्रका प्रवर्तक। शल्य शास्त्र अर्थात् सर्जरीमा निपुण व्यक्तिलाई धनवन्तरी भनिन्छ। धनवन्तरिको उत्पत्तिबारे पुराणमा यस्तो प्रसंग आउँछ। देवता र दानव मिलेर समुन्द्र मन्थन गरे।

समुद्र मन्थन गर्ने क्रममा विभिन्न बहुमूल्य पदार्थ उत्पत्ति भए। धनधान्यकी देवी लक्ष्मी निस्किन्। साथै हातमा अमृतको घडा लिएर धनवन्तरि निस्किए। उनले बोकेको घडाको अमृत सेवनपछि देवताहरू अमर अर्थात् सदासर्वदा बाँचिरहने भए।

हिन्दुधर्ममा धनवन्तरिलाई भगवान् विष्णुकै अवतार पनि मानिएको छ। आफ्ना चेला अश्विनीकुमार (जुम्ल्याहा) मार्फत धनवन्तरिले आयुर्वेद विद्या फैलाए। आयुर्वेदका प्रवर्तक उनै धनवन्तरीको जन्मजयन्तीका दिन नेपाल र भरतमा आरोग्य दिवस वा आयुर्वेद दिवस मनाइन्छ। आयुर्वेदसम्बन्धी काम गर्ने संघसंस्थाले विविध कार्य गरी यो दिवस मनाउँछन्।

ऋतुका हिसाबले धनवन्तरिको जन्म शरद ऋतुमा भएको हो। स्वास्थयका हिसाबले यो ऋतु निकै महत्त्वपूर्ण छ। न अधिक जाडो, न अधिक गर्मी। प्रकृतिकै वस्तुहरूबाट उपचार गर्ने विद्या उनले सिकाए। त्यसैले चिकित्साक्षेत्रमा उनको ठूलो महत्त्व छ।

धनवन्तरि जयन्ती काग तिहारकै दिनमा मनाउने चलन किन चल्यो भन्ने प्रश्न उठ्छ। यसैदिन जन्मेपछि धनवन्तरिले कागको अवतार लिएको पनि बताइन्छ। तीनपटक काँ काँ काँ गरी तीन वटा सूत्र छोडेर गएका थिए । उनले हित गर्ने कुरा खाऊ, अडकलेर खाऊ र ऋतुअनुसारको आहार मात्र ठीक हुन्छ भनेर भनेका थिए, भनिन्छ।

ऋतुका हिसाबले धनवन्तरिको जन्म शरद ऋतुमा भएको हो। स्वास्थयका हिसाबले यो ऋतु निकै महत्त्वपूर्ण छ। न अधिक जाडो, न अधिक गर्मी। प्रकृतिकै वस्तुहरूबाट उपचार गर्ने विद्या उनले सिकाए। त्यसैले चिकित्साक्षेत्रमा उनको ठूलो महत्त्व छ। एलोपेथिक उपचारपद्धति विकास भएको कति नै भएको छ र! त्यसअघि त हाम्रै आयुर्वेदमार्फत नै उपचार गरिन्थ्यो। सामान्यदेखि शल्यक्रियासमेत यसैबाट हुन्थ्यो। विभिन्न कारणले आयुर्वेदका केही ज्ञान लोप हुन गयो।

आयुर्वेदमा उपचारपद्धति मात्र छैन। आरोग्यताका लागि अपनाउनुपर्ने जीवनशैली, ऋतुअनुसारको खानपान आदिबारे पनि निर्देश छ। आयुर्वेदको निर्देशनानुसार जीवनशैली अपनाउँदा खानपान गर्दा आरोग्यता प्राप्त गरी दीर्घजीवी हुन मद्दत मिल्छ।

धनवन्तरि जयन्तीको एक दिनपछि औँशीका दिन लक्ष्मीपूजा मनाइन्छ। मानिसलाई धन भएर मात्र पुग्दैन। शरीरमा आरोग्यता हुन पनि जरुरी छ। यही सन्देश धनवन्तरि जयन्तीले दिन्छ।

थप समाचार