Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘फुड प्वइजन’बाट बच्न खानुस् घरमै बनाइएको ताजा खाना

‘फुड प्वइजन’बाट बच्न खानुस् घरमै बनाइएको ताजा खाना

हिजोआज कामको व्यस्तताका कारण मानिसहरू लामो समयसम्म पुग्ने हिसाबले एकै पटक टन्न खाना पकाएर राख्छन्। बिहान पकाएको खानेकुरा बेलुकी र भोलिपल्टसम्म वा बेलुकी बनाएको खानेकुरा भोलिपल्ट, पर्सिपल्टसम्म राख्ने गरेको पाइन्छ।

अचेल होटल, रेस्टुरेन्ट वा भोजभतेरमा खाना राम्रो देखाउन र स्वादिलो बनाउन विभिन्न कुरा मिश्रण गरेको पाइन्छ। राम्रो देखाउन र मिठो बनाउन अनेकथरी अखाद्य तत्त्व मिसाइएको हुन्छ। सामान्य आँखाले हेरेर वा खाएर पनि यो तथ्य थाहा पाउन सकिँदैन।

म कुरा गर्दैछु, ‘फुड प्वइजन’को। हामीले खानेकुरामा माथिका दुई कारण ब्याक्टेरिया र भाइरसले निकालेको विष वा रसायन शरीरमा पुग्दा शरीरलाई हानि हुने अवस्थालाई हामी शरीरको लागि ‘सुट’ हुँदैैन भने त्यसलाई हामी फुड प्वइजन भन्छौँ।

कुनै पनि खाना खाएर दुई वा दुईभन्दा बढी मानिसलाई एकै किसिमको ‘सिम्टम’ देखिन सक्छ। कुनै कारणले खाना विषाक्त बन्यो र त्यस्ता सामग्री खाइयो भने त्यसले फुड प्वइजन हुने हो। खाना बनाएर ताजा खाए केही हुँदैन तर खाना केही समय राख्छौँ भने त्यस्ता खाना खाँदा ‘कन्टामिनेसन’ हुन्छ। ब्याक्टेरिया भाइरस प्यारासाइटले यस्तो हुन्छ। खानालाई विषालु बनाउँछ।

फुड प्वइजन सामान्यतया दुई किसिमको हुन्छ। हामीले ब्याक्टेरिया खायौँ, भाइरस खायौँ भने पेटभित्र गएर विष बनायो वा टक्सिन बनायो भने त्यो एक किसिको फुड प्वइजन हो। ब्याक्टेरिया भाइरसले बाहिर भएको कुरालाई स्टोर गरेर राखेको त्यसमा टक्सिन बनाएको खाना खायौँ भने फुड प्वइजन हुन्छ। खानेबित्तिकै हुन्छ। त्यो भनेको बाहिर नै असर गर्ने ‘टक्सिन’ बनाइसकेको हुन्छ। खाइसकेपछि मल्टिप्लाई गरेर विष बनाउँछ भने यसलाई अर्को किसिमको फुड प्वइजन भन्ने गरिन्छ। कुनै असर खानेवित्तिकै देखिन्छ। कुनै खाएको ८\१० घण्टामा देखिन्छ।

खाना बनाएर लामो समयसम्म राख्दा वा व्यवस्थित गरी नराख्दा असर गर्न सक्छ। खानेकुरा फ्रिजमा व्यवस्थित तरिकाले राखियो भने असर अलि कम हुने सम्भावना हुन्छ। लामो समयसम्म बाहिरी वातावरणमा राख्दा फुड प्वइजन हुन सक्छ।

चाडपर्व, विवाह–व्रतबन्ध जस्ता कार्य मा एकैपटक धेरै खाना बनाएर लामो समयसम्म राख्दा फुड प्वइजन हुने गरेको छ। भोजभतेर सकिएपछि बिरामी भएर उपचार गर्न वा परामर्शका लागि अस्पताल आउने क्रम बढ्छ। खाना बनाएर लामो समयपछि तताएर खाए पनि केही प्वइजन नष्ट हुँदैन र स्वास्थलार्ई असर गर्छ। ‘फुड प्वइजन’ हुनबाट बच्न खानेकुरालाई राम्रो र व्यवस्थित तरिकाले राख्न जरुरी छ। फ्रिज एक मात्र उपाय हुनसक्छ। तर शतप्रतिशत ढुक्क भने हुन सकिँदैन।

फुड प्वइजन हुँदा पेट दुख्ने, ज्वरो आउने, बान्ता हुने, पातलो दिसा आउनेजस्ता असर देखिन्छ। कतिपय फुड प्वइजन छोटो अवधि देखिन्छ र आफैँ निको हुन्छ। कुनै यति गम्भीर किसिमका हुन्छन् कि बिरामीको ज्यानै जान सक्छ। यदि फुड प्वइजन साधारण छ भने साधारण विधिद्वारा समाधान गर्नतर्फ लाग्नु पर्छ। निकै जटिल छ भने अस्पताल लगेर डाक्टरको परामर्शअनुसार उपचार गनुपर्छ।

पेट दुख्ने, बान्ता आउने जस्ता विभिन्न समस्या शुरु भएमा अस्पतालमा भर्ना भई स्वास्थ्यकर्मीको सल्लाहअनुसार गर्नुपर्छ। फुड प्वइजन भएका वेला झोलयुक्त खाना खाने, जीवनजल पिउने पानी पिउने र नरम खालको खानेकुरा सेवन गने गर्नुपर्छ।

घरमा खाना थोरैथोरै बनाएर ताजा खाने, बासी नराख्ने गर्नु नै यसबाट बच्ने सबैभन्दा उपयुक्त उपाय हो। यस्तै बजारमा देखिने रंगीचंगी, चिल्लोयुक्त र खुला रूपमा राखिएका खाना नखानु नै बेस।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या