Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

शाकाहारी डा‍. ज्योतिको यस्तो छ दशैँ अनुभव

धेरैले सोध्छन्, ‘शाकाहारीलाई पनि दशैँ लाग्छ र?’

शाकाहारी डा‍. ज्योतिको यस्तो छ दशैँ अनुभव

मलाई सबैभन्दा बढी मन पर्ने चाड दशैँ नै हो । लामो बिदा हुने भएकाले पनि होला । यो चाड आएपछि म त फुरुङ्ङ पर्छुु। केटाकेटी हुँदा दशैँको छुट्टीमा हामी रविभवनबाट लैनचौरसम्म साइकल चलाउन आएको अस्ति जस्तै लाग्छ।

नयाँ लुगा लगाउन पाइने कुराले मन प्रफुल्ल हुन्थ्यो। अझ हामी केटी मान्छेका लागि त दशैँको टीकाको दिन मान्यजनले दिने दक्षिणा चासोको विषय हुन्थ्यो। म घरमा टीका लगाइसकेपछि सबै आफन्तको घरमा जान्थेँ, आमाबुबासँगै। अरु ध्यान केमा हुन्थ्यो थाहा भएन, मेरो आँखा कसले कति दक्षिणा दिन्छ भन्नेमै हुन्थ्यो। बच्चा बुद्धि त हो। बुबाआमाले ‘जानु पर्दैन’ भनेको घरमा पनि हामी धेरै पैसा पाइन्छ भनेर साथीहरू मिलेर गाउँभरि डुल्थ्यौँ। त्यो वेलाको दशैँको मजा नै वेग्लै।

म शाकाहारी हुँ। माछामासु खाँदिनँ। शाकाहारी भएकाले मार हानेको पनि मन पर्दैन । तर मेरो घरमा सबै जना खानुहुन्छ। अरुले खाँदा आपत्ति पनि छैन् । म भने दशैँमा ताजा सागपात , दही मोही , फलफूल सबै मिलाएर खान्छु। धेरै मानिस सोध्छन्, ‘शाकाहारीलाई पनि दशैँ लाग्छ र?’ मासु मात्र खाएर दशैँ मनाइन्छ भन्ने धारणा सत्य होइन। मासुबाहेक पनि संसारमा धेरै खानेकुराहरू छन्, जो पौष्टिक र शरीरका लागि फाइदाजनक छन्। ती पदार्थ खाएर पनि दशैँजस्ता चाडपर्वलाई रमाइलो बनाउन सकिन्छ।

ती दिन सम्झिँदा रमाइलो लाग्छ। अहिले त्यतिवेलाको जस्तो रमाइलो कहाँ हुनु! अनेक किसिमका जिम्मेवारी काँधमा छन्। ती जिम्मेवारी पूरा गरेपछि मनाउने हो चाडपर्व। डाक्टर भएपछि पहिले पहिले ‘अन कल’ बस्न पर्दथ्यो। अस्पतालबाट फोन आएपछि गइहाल्नुपर्थ्यो। आजभोलि भने दशैँमा म प्रायः छुट्टी नै लिन्छु। मैले पूरा समय परिवारसँग बिताउने भनेकै दशैँमा हो।

विवाह भएपछि चाहिँ हामी श्रीमान् डा. अरुण कुँवरको गाउँको घर ह्याङ्जा जाने गरेका छौँ र यसपटक पनि हामी सपरिवार त्यहाँ जाँदैछौँ। काठमाडौंको प्रदूषण खेप्न बाध्य रहेका हामीलाई प्राकृतिक दृश्य र हरियालीले आनन्द दिन्छ। लाग्छ मानिसको आधा रोग त त्यसै पनि निको हुँदो हो,त्यस्तो वातावरणमा बस्न पाए।  घर पुगेपछि परिवार नै धानबारीतिर घुम्न जान्छौँ। मलाई प्रकृतिसँग खेल्न असाध्यै रमाइलो लाग्छ। त्यसैले गाउँको परिवेशमा म असाध्यै रमाउँछु। गाउँमा टीकाटालो सकेपछि काठमाडौं आउँछौँ। माइती र मामाघरमा गएर टीका लगाउँछु। दशैँमा बुहारी बनेर साडी लगाएर यताउता हिँड्नचाहिँ असाध्यै गाह्रो लाग्छ।

म शाकाहारी हुँ। माछामासु खाँदिनँ। शाकाहारी भएकाले मार हानेको पनि मन पर्दैन । तर मेरो घरमा सबै जना खानुहुन्छ। अरुले खाँदा आपत्ति पनि छैन् । म भने दशैँमा ताजा सागपात , फलफूल,घरमै बनाएका दही मोही सबै मिलाएर खान्छु। धेरै मानिस सोध्छन्, ‘शाकाहारीलाई पनि दशैँ लाग्छ र?’ मासु मात्र खाएर दशैँ मनाइन्छ भन्ने धारणा सत्य होइन। मासुबाहेक पनि संसारमा धेरै खानेकुराहरू छन्, जो पौष्टिक र शरीरका लागि फाइदाजनक छन्। ती पदार्थ खाएर पनि दशैँजस्ता चाडपर्वलाई रमाइलो बनाउन सकिन्छ।

डाक्टर भएको नाताले मैले वषौँदेखि भोग्दै आएको कुरा, दशैँ सकिएलगत्तै मानिसहरू बिरामी भएर अस्पताल जानुपर्ने अवस्थामा पुग्छन्। उच्च रक्तचाप, मधुमेहलगायतका समस्याले पीडित हुन्छन्। यो सबै दशैँका नाममा खाइने अनियन्त्रित खानाका कारण निम्तिने हुन्। त्यसैले म चिकित्सकको नाताले के भन्छु भने दशैँ परिवारसँग हाँसीखुशी मनाउनुस्। अनियन्त्रित ढंगले खाएर,व्यायाम गर्न बेवास्ता गरेर रोगलाई निम्तो नदिनुस्।

हेल्थ टिभी अनलाइनसँगको कुराकानीमा आधारित :

  • डा. ज्योति भट्टराई

    हर्मोन रोग विशेषज्ञ डा.भट्टराई मेट्रो काठमाडौं अस्पतालमा कार्यरत छिन्।

थप समाचार

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

मोटोपन छ ? कसरी घटाउने ?

मोटोपन छ ? कसरी घटाउने ?