Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

ज्वरो आउँदा हेलचेक्र्याइँ नगर्नुस् ,‘स्क्रब टाइफस’ हुनसक्छ

ज्वरो आउँदा हेलचेक्र्याइँ नगर्नुस् ,‘स्क्रब टाइफस’ हुनसक्छ

अहिले डेंगुसँगै ‘स्क्रब टाइफस’काे पनि त्रास छ जनमानसमा। मुसामा पर्ने किर्ना जातको माइटसले सार्ने रोग हो, स्क्रब टाइफस। बारी, खेत, झाडी, घाँस आदि भएको ठाउँमा बस्ने मुसा तथा छुचुन्द्रो प्रजातिमा यो प्रजातिका जीवाणु पाइन्छ ।

याे रोग उत्पन्न गर्ने ब्याक्टेरिया  मुसाको पेटभित्रका प्वालहरूमा बस्छ। मुसाले टोक्दा मानिसको शरीरमा छिर्छ। यसको एकदेखि दुई हप्ताभित्र ज्वरो आउने आँखा रातो हुने मांसपेशी, जोर्नीहरू दुख्ने लक्षण देखा पर्छन्।

शुरुमा ज्वरो आउँछ। कामज्वरो पनि आउन सक्छ। टाउको दुख्छ। शरीर दुख्छ। आँखा रातो हुन्छ। मासंपेशी दुख्छ। पेट दुख्ने, उल्टी हुनेजस्ता समस्या देखिन्छ। स्क्रब टाइफस भएको समयमै पत्ता लागेर औषधि खान पाए निको हुने रोग हो।समयमा उपचार नपाए हप्ता, १० दिनमा मिर्गाैला र कलेजोले काम गर्न छोड्छ। मुटुमा समेत असर पुर्याउँछ। मुटुले राम्रोसँग काम नगर्दा मान्छेको मृत्यु हुनसक्छ।

विशेषगरी चिसो ठाउँमा यसको मुसाको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने मुख्य उपाय हो। खेतबारीमा काम गर्न जाँदा पूरा बाहुला भएको कपडा लगाउनुपर्छ। खुला चौरमा सुत्नु हुँदैन। रोगको पहिचान बिरामीमा देखिएको लक्षण, सुक्ष्म कीराले टोकेको चिनोबाट हुन्छ।

यसैगरी रगत परीक्षण, फोक्सोको परीक्षणबाट हुन्छ। रोगको ‘एन्टिबडी’ पत्ता लगाउन एलाइजा टेस्ट र द्रुत परीक्षण गरिन्छ। महाशाखाले सबै जिल्लामा रोग पहिचान गर्न कीटको व्यवस्था गरेको जनाएको छ।यो समस्या समाधानका लागि नेपाल सरकारले जिल्ला जिल्लामा जाँच्ने किट पुर्याएको छ। स्वास्थ्यकर्मीहरूलाई सचेत पनि गराएको छ।

यो पहाडी भेगमा हुने रोग हो। मुसाले दुःख दिने ठाउँमा यो रोगको संक्रमण बढी देखिएको छ। शहरी क्षेत्रमा त खासै समस्या भएन। जो दूर दराजमा बस्छन्। उनीहरू ज्वरोलगायत समस्या देखिँदा आफूखुशी औषधि खाएर बस्छन्। शिथिल हुँदा पनि बरु धामीझाँक्रीको शरण पर्छन्, अस्पताल जाँदैनन्। त्यस्ता व्यक्तिको मृत्युसमेत भएको देखिएको छ। योसँगै डेंगुको समस्या पनि बढेको छअहिले।

यो समय कृषिकर्मको पनि हो। मानिस खेबारीमा व्यस्त रहन्छन्। घरवरपर फोहोरका कारण मुसाले बनाएको गुँड पनि वास्ता गर्ने फुर्सद हुँदैन कतिपयलाई। त्यसकारण यस्ता समस्याले सताउन सक्छ।

यो मौसममा भाइरल ज्वरोको समेत प्रकोप बढ्छ। लगातार ज्वरो आइरह्यो। घट्ने नाम लिएन भने नजिक रहेका स्वास्थ्यचौकी वा स्वास्थ्यकर्मीको सम्पर्कमा जानुपर्छ। ज्वरो त हो नि भनेर हेलचेक्र्याइँ गरेर बस्नु हुँदैन। ज्वरो विभिन्न कारणले आउन सक्छ। अहिले डेंगु, स्क्रब टाइफस संक्रमणसमेत फैलिरहेको सन्दर्भमा मानिसहरू आफैँ सचेत हुन आवश्यक छ।

कुराकानीमा आधारित

थप समाचार