Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चिनीसँग धेरै नलाेभिनुस्, योभन्दा मीठा वस्तु धेरै छन्

चिनीसँग धेरै नलाेभिनुस्, योभन्दा मीठा वस्तु धेरै छन्

मधुमेह मानिसमा हुने आम गडबडी हो। यसकाबारेमा धेरै गलत धारणा छन्। धेरै मानिस आफूलाई मधुमेहको रोग छ भनेर मान्न नै तयार हुँदैनन्। मानी नै हाले पनि खानेकुरा र रोगको उपचारका सम्बन्धमा गलत धारणाचाहिँ रही नै रहन्छ। आउनु होस्, यसबारे एक एक गरेर छलफल गरैँ।

के हो मधुमेह?

हामीलाई तागत दिने प्रमुख तत्त्व ग्लुकोज हो। यसलाई रगतको बहावले शरीरको सबै भागमा पुर्याउँछ। यही ग्लुकोजलाई शरीरका तन्तुहरूले सोसेर इन्सुलिनको मद्दतद्वाारा बदल्छन्। इन्सुलिन भनेको प्याङ्क्रियाजले उत्पादन गर्ने एक प्रकारको हर्मोन हो। यो इन्सुलिन प्याङ्कियाजले उत्पादन गर्न नसकेर वा कम उत्पादन गरेर वा उत्पादन भएर पनि शरीरले प्रयोग गर्न नसकेर

रगतमा चिनी हानिकारक तहमा जम्मा हुन्छ। यही चिनीको गडबडी नै मधुमेह रोग हो। यो दुई प्रकारको हुन्छ।

पहिलो 

पहिलो प्रकार को मधुमेहको रोगलाई इन्सुलिन प्रयोग नगरी नहुने मधुमेह भनिन्छ। यो रोग त्यति धेरैमा भई हाल्दैन। यो अक्सर जवान तथा दुब्लो पातलो मानिसमा देखिन्छ यस प्रकारको मधुमेहको रोग लागेकाले इन्सुलिनको सुई  लिनुपर्दछ।

दोस्रो 

यो रोगलाई इन्सुलिन प्रयोग गर्नु नपर्ने मधुमेह भनिन्छ। योे वयस्कहरूमा सबभन्दा बढी हुने मधुमेह रोग हो। दोस्रो प्रकारको मधुमेह रोगको कारण मोटोपन शारीरिक गतिविधिमा कमी तथा उमेर हो। ४५ वर्षका वा सोभन्दा माथिका मानिसहरूलाई यो रोग लाग्ने सम्भावना धेरै हुन्छ। यो दोस्रो प्रकारको मधुमेहका बिरामीले पनि इन्सुलिन लिनुपर्ने हुन सक्छ वा इन्सुलिन लिनु नपर्ने पनि हुन सक्छ।

कसरी असर गर्छ?

मधुमेह भएका बिरामीलाई मुटुरोग पक्षघात मृगौला तथा आँखाका रोगहरु र स्नायु प्रणालीलाई खराब गर्ने सम्भावना एकदम बढी हुन्छ। मधुमेह भएको बिरामीलाई अरु रोगहरू पनि लाग्ने धेरै सम्भावना हुन्छ।

लक्षण के के हुन्?

रगतमा ग्लुकोजको मात्रा धेरै भएमा विभिन्न प्रकारका लक्षण देखिन्छन्। त्यस्ता सामान्य लक्षणहरु हुन्–

धरै तिर्खा लाग्नु

धेरै खाना मन लाग्नु,

धेरै पिसाब लाग्नु।

माथिका लक्षणबाहेक तौल कम हुँदै जानु, थकित हुनु आँखा धमिलो हुनु पनि मधुमेहका लक्षण हन्। घाउ निको हुन समय धेरै लाग्नु र पुरुषको पुंसकता पनि यो रोगसँग सम्बन्धित हुन सक्छन्।

कुनै पनि व्यक्तिलाई मधुमेह छ छैन भन्ने कुरा पिसाब र रगतको साधारण जाँचले पत्ता लगाउन सकिन्छ। यदि तपाईँ ४५ वर्षभन्दा माथिको हुनुहुन्छ वा तपाईँको परिवारमा मधुमेहको आनुवंशिक परम्परा छ भने मधुमेहको लक्षण देखिए पनि नदेखिए पनि समय समयमा रगतमा चिनीको मात्राको जाँच गराइरहनुपर्छ।

कसरी  गरिन्छ उपचार?

सन् १९२१ मा इन्सुलिन पत्ता लागेकाले विश्वभरका बिरामीलाई ठूलो राहत मिल्यो। जीवन शैलीको संशोधन गरेर ओखती सेवन गरेर इन्सुलिनलिएर वायी सबै मिलाएर आजकालमधुमेहे नियन्त्रण वाव्यवस्थापनगर्न सकिन्छ। मधुमेह व्यवस्थापन तथा नियन्त्रणका लागि सन्तुलित बोसो र तौल कम भएको गुलियो कम भएको र बढी रेसादार भएको खाना खाने नियमित रूपमा खाना खाने, हल्का खाजा–नास्ता खाने, कोलेस्टेरोलको स्तर कम गर्ने, चाहिने जति मात्र तौल कायम राख्ने र व्यायाम नियमित रूपले गर्ने गर्नु हो।

मधुमेहका बिरामीले भात र आलु खानै हुँदैन भन्ने सामान्यधारणा छ। तर यो सत्य होइन। केवल खानाबाट प्राप्त हुने क्यालोरी चाहिनेभन्दा बढी हुन नदिन साधारण ग्लुकोज नखानेमात्र हो। लुकेर मिठाइ नखाऔँ र यसबाट टाढै रहौँ। तर हामीले के बुझ्नुपर्छ भने जीवनमा चिनीभन्दा मीठा कुरा अरु पनि छन्। त्यसैले आफू ठगिएको नठानौँ।

गर्नैपर्ने कुरा

हप्ताको कम्तीमा एकपटक रक्तचाप र चिनीको जाँच गराउने।

आँखा र पिसाब ६ महिनामा कम्तीमा एकपटक जँचाउने।

३ देखि ६ महिनाभित्रमाआफनो चिकित्सकलाई भेटी रक्तचाप र अरु जाँचहरू गराउने।

प्रत्येक दिन एक घण्टा भित्र ४ देखि ५ किलोमिटर हिँड्ने।

लुकेर खाने बानी छ भने  विचार गर्नुहोस् है! आफूले आफनै स्वास्थ्यलाई ठगिराख्नु भएको छ। यो एकदम खतरनाक हुन सक्छ।
बिहान चाँडो उठ्ने र समयमा खाना खाने गरेर आफ्नो दैनिक तालिका व्यवस्थित बनाउनुहोस्। राति अबेरसम्म टिभी हेर्नु वा भोजभतेरमा समय बिताउनु स्वस्थ जीवनका लागि हानिकारक हो।

किताब अध्ययन गरेर वा टिभीमा भनेबमोजिम गरेर मधुमेहको उपचार वा व्यवस्थापन गर्ने प्रयास नगर्नुहोस्। चिकित्सकको सल्लाहअनुसार चल्नुहोस्।

तपाईँले घरमा यदि ग्लुकोमिटरको प्रयोग गर्नुहुन्छ भने त्यसले रगतको मात्र जाँच गर्छ र यसले चिनीको स्तर नसाबाट झिकिएको रगत जाँचको भन्दा १५ प्रतिशत बढी देखाउँछ भन्ने कुराको सम्झना राख्नुहोस्।

डा.रावतकाे स्वस्थ जीवन शैली : स्वस्थ मुटु पुस्तकबाट

थप समाचार