पहिले स्वास्थ्य हेराैँ अनि व्रत बसाैँ
तीजका अवसरमा सनातन हिन्दु धर्मावलम्बी महिला व्रत उपवास बस्छन्। कतिपयले त पानीसमेत नखाई उपवास गर्ने गरेको पाइन्छ। व्रत बस्नु स्वास्थ्यका दृष्टिले पनि नराम्रो होइन। व्रत बस्दा आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ।
आफू कुन अवस्थामा छु, शरीर कुन प्रकृतिको हो लगायतका कुरा ध्यान दिएर मात्र व्रत बस्नुपर्छ। पानीसमेत नखाई व्रत गर्दा महिलाहरू बेहोस हुनेलगायतका समस्या आएको हामीले सुनेका छौँ। देखेका छौँ। चाडपर्व मान्ने वा संस्कृति जोगाउने पक्ष एउटा छ भने अर्कोतिर स्वास्थ्यरक्षा पनि त्यतिकै महत्त्वपूर्ण पक्ष हो भन्ने बुझ्नुपर्छ।
बढ्दो आधुनिक जीवनशैली र अस्वस्थकर खानाका कारण धेरैजसो मानिस कुनै न कुनै स्वास्थ्य समस्याबाट पीडित छन्। विभिन्न रोगका लागि भोकै बस्नु वा पानी पनि नपिउनु घातक हुन सक्छ।
त्यसैले व्रत बस्दा आफ्नो स्वास्थ्य हेरेर बस्नु उपयुक्त हुन्छ। पानी वा फलफूल वा जुस पिएर पनि व्रत बस्न सकिन्छ। विशेषगरी गर्भवतीले एक दिन मात्र खाना नखाँदा पोषण तत्त्व नपुग्ने हुन्छ। साबुदाना, फलफूलजस्ता खानेकुरा खाएर बस्नु उपयुक्त हुन्छ। सुत्केरीको सन्दर्भमा पनि यही कुरा लागु हुन्छ।
विभिन्न स्वास्थ्य समस्याका कारण कतिपय मानिसहरू औषधि सेवन गरिरहेका हुन्छन्। कुनै खानाअघि खानुपर्ने हुन्छन् भने कुनै खानापछि। औषधिको मात्रा छुटाउँदा त्यसले गर्नुपर्ने काम गर्दैन। बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा के भने, व्रत उपवासलाई देखासिखी, बाध्यता र आडम्बरका रूपमा लिँदा धार्मिक वा स्वास्थ्यका दृष्टिले पनि फाइदा हुँदैन।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण