Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भान्सामै छन् पाैष्टिक पदार्थ, भान्सामै औषधि

भान्सामै छन् पाैष्टिक पदार्थ, भान्सामै औषधि

नेपाली समाजमा ‘ब्रेकफास्ट’को चलन नै थिएन। ९, १० बजे तिर दाल, भात, तरकारीसँग दूध, दही घिउ र मही जे उपलब्ध हुन्छ त्यही खाने हाे। जसले भात खान सक्दैनथे, उनीहरूले मकै वा कोदाको ढिडो खान्थे। रोटी खान्थे। तर अचेल यो कुरा बिर्सिएको छ।

अचेल ब्रेकफास्ट खाने चलन छ। हामीहरू एकाबिहानै प्याकेटका खानेकुरा खान्छौँ। कुनै कोणबाट पनि यसको फाइदा देखिँदैन। एकातिर यो महंगो हुन्छ। अर्कोतिर यसबाट शरीरलाई पौष्टिकता प्राप्त हुँदैन। उदाहरणका लागि हामी कर्न फल्याक्स खान्छौँ। दूधसँग मिसाएर खाएको भनेर दंग पर्छौँ। यो महँगो त हुन्छ नै यसमा पौष्टिक तत्त्व एकदमै कम हुन्छ।

योभन्दा बरु मकै खानु सस्तो र स्वास्थ्यवर्धक हुन्छ। मकैका अनेक परिकार बन्छन्। हलुवा बनाएर खान मिल्छ। च्याख्ला बनाउन सकिन्छ। त्यही च्याख्लालाई पुलाउ बनाउन सकिन्छ। घरमा भएका खानेकुरामा पर्याप्त पौष्टिक तत्त्व हुन्छ।

हाम्राे संस्कृतिमा सुत्केरी र ज्वानो पर्यायवाचीजस्तो छ। तर त्यसाे हाेइन। हाम्रोमा सुत्केरी महिलालाई प्रशस्त मात्रामा ज्वानोको झोल दिने गर्छाैँ। यो असाध्यै राम्रो खानेकुरा हो। यसबाट सुत्केरीलाई क्यालसियमका साथै अन्य धेरै पौष्टिक पदार्थ प्राप्त हुन्छ। अर्को कुरा यसले गभर्वती महिलाको दूध बढाउन मद्दत गर्छ।

पाँच छ महिनाअघि जनस्वास्थ्यविज्ञले नेपालमा धेरै महिलामा रगत कम भएका महिलाहरूका लागि आफूले कम्बोडियामा प्रयोग गरेको उपाय यहाँ पनि प्रयोग गरौँ भने। फलामको माछा बनाएर खाना पकाउने भाँडामा हालिने रहेछ। खाना पाक्ने क्रममा फलाम तत्त्व प्राप्त भई महिलाहरूलाई रक्तअल्पताको समस्यामा फाइदा पुगेकाे रहेछ।

मैले भने ‘यो ज्ञान त हाम्रोमा हजारौँ वर्षअघिदेखि प्रयोग हुँदै आएको हो। अहिले आधुनिक हुने बहानामा बिर्सिएकाे हो।’ केही अघिसम्म पनि फलामको भाँडोमा पकाएर खाने चलन थियो। विशेषगरी मासको दाल फलामको भाँडामा पकाइन्थ्यो। यो चलन अझै कहिँकतै होला।

मासको दालबाट प्राेटिन प्राप्त हुन्छ, फलामको भाँडाबाट आइरन। मासको दाल फलामको भाँडामा पकाएर टिमुर वा गोलभेँडाको अचारसँग खाँदा स्वादिलो त हुन्छ नै, यसले हाम्रो शरीरमा आवश्यक तत्त्वहरू समेत पूर्ति हुन्छ।

भान्सामै औषधि छ भनेर मैले दाहोर्याइरहेको छु। हाम्राे संस्कृतिमा सुत्केरी र ज्वानो पर्यायवाचीजस्तो छ। लोग्नेमान्छेले त खाने नै होइन भन्ने चलन छ। तर त्यसाे हाेइन। हाम्रोमा सुत्केरी महिलालाई प्रशस्त मात्रामा ज्वानोको झोल दिने गर्छाैँ। यो असाध्यै राम्रो खानेकुरा हो। यसबाट सुत्केरीलाई क्यालसियमका साथै अन्य धेरै पौष्टिक पदार्थ प्राप्त हुन्छ।

अर्को कुरा यसले गभर्वती महिलाको दूध बढाउन मद्दत गर्छ। यो कुरा म एक पटक क्यालिफोर्निया पुग्दा पनि उठेको थियो। त्यहाँकाे एक विश्वविद्याालयमा ज्वानोमा हुने एकप्रकारको रसायनबारे अध्ययन भएको थियो। कुन तत्त्व रहेछ, जसले महिलाको दूध बढाउँछ भनेर खाजी भइरहेकाे थियाे। यो देखेर म असाध्यै खुसी भएको थिएँ।

हामीसँग भान्सामै यति धेरै खानेकुरा छन्, जसले हाम्रो शरीरलाई उर्जा दिइरहेका हुन्छन्, औषधिको काम पनि गरिरहेका हुन्छन्। तर तिनको महत्व नबुझेर हामी बजार धाउँछौँ। डाक्टरकोमा पुग्छौँ।

भान्छामा पाइने टुसा उमारेको गेडागुडी धेरै ठूलो औषधि हो। यो हाम्रो संस्कृतिसँग जोडिएको छ। जनैपूर्णिमाका दिन खाने चलन छ। यसमा अत्यन्त धेरै पौष्टिक आहार हुन्छ। गेडागुडी आफैँमा प्राटिनयुक्त खानेकुरा हो। टुसा उमरेपछि यसको गुण झनै बढ्छ। गेडागुडी उमारेपछि त्यसमा सूक्ष्म पौष्टिकले भरिन्छ। क्वाँटीका अनेकौँ फाइदा छन्। रेशायुक्त भएकाले कब्जियत हुन दिँदैन।

बालबालबालिकाको पोषणको कुरा गर्दा चाउचाउ, कुरमुरे, दालमोठजस्ता खानेकुरा एकदम गलत छन्। यिनले बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छन्। पाैष्टिकता दिने, उचाइ बढाउनेजस्ता प्रलाेभन देखाएर बेचिने हर्लिक्स, भीभा, बर्न भिटाजस्ता खानेकुरा नखुवाउनु नै वेश।  भान्सामै पाक्ने जाउलो, खिचडी, उसिनेको आलु, तरुल र पिठोबाट बनेको सातुजस्ता खानेकुरा दिने हो भने बालबालिकालाई कुपोषण हुने मात्र नभई उनीहरूलाई रोगसँग लड्ने क्षमता पनि दिन्छ। हाम्रो संस्कृतिमा माघमा खिचडी र तिलको लड्डु खाने चलन छ। गर्भवती र सुत्केरीलाई यस्ता खानेकुरा खुवाए शरीरलाई चाहिने उर्जा प्राप्त हुन्छ। बालबालिकालाई खाजाको रूपमा तिलको लड्डु दिन सकिन्छ।

वृद्धअवस्था भएकाहरूलाई पनि खानेकुरामा विशेष ध्यान दिनुपर्छ। युवाअवस्थामा जस्तो धेरै खान नहुने भएकाले घरमै भएका पौष्टिक पदार्थयुक्त खानेकुरा थोरै थोरै दिइरहनुपर्छ। भात, रोटी, गेडागुडीको रस, हरिया सागपात र फलफूल दिन सकिन्छ। अण्डा र मासु खाने भए थोरै थोरै मात्र मिलाएर दिनुपर्छ। घाममा लैजाने मालिस गर्नेजस्ता क्रियाकलापले पनि उनीहरूलाई स्वस्थ राख्न मद्दत गर्छ।

अन्त्यमा,

हामीले बिहान दिउँसो शरीरलाई चाहिने मात्रामा खाने खानु पर्छ, त्याे पनि हल्का किसिमकाे। बेलुकीको खाना त अझ साँझमै खाइसके राम्रो। म नेदरल्याण्डमा पुग्दा देखेँ, त्यहाँ त बेलुकीको खाना साँझ ६, ७ बजेतिरै खाइसक्ने। हामीकहाँ राति ९, १० बजेसम्म खाने चलन छ। स्वास्थ्यका दृष्टिले त्यो राम्रो होइन।

थप समाचार