Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यसरी नियन्त्रणमा राख्नुस् कोलेस्टेरोल

यसरी नियन्त्रणमा राख्नुस् कोलेस्टेरोल

मुटु र यसको मांसपेशीसम्बधी रोगहरु दक्षिण एसियाली देशमा हुने मृत्युका प्रमुख कारण भएका छन्। मधुमेह, उच्च रक्तचाप र धूमपानबाहेक उच्च कोलेस्टेरोल पनि हृदयाघातको महत्त्वपूर्ण कारण हो। कोलेस्टेरोल भनेको रगतमा पाइने मैनजस्तो टाँसिने चिल्लो वा बोसो हो।

असल र खराब कोलेस्टेरोल

‘लो डेन्सिटी लिपोप्रोटिन (एलडीडी)’लाई खराब कोलेस्टेरोल भनिन्छ। यो धेरै भएमा मुटुको धमनी कडा हुन्छ। एथेरोस्क्लेरोसिस र मुटु रोगको सम्भावना बढी हुन्छ । यसको ठीकविपरीत ‘हाइ लेभल्स अफ हाइ डेन्सिटी लिपोप्रोटिन (एचडीएल)’लाई असर कोलेस्टेरोलमा लिइन्छ । यसले एलडीएलबाट हुने केही खराब असरलाई घटाउन मद्दत पुयाउँछ।

नर्भिक इन्टरनेसल हस्पिटलमा जँचाउन आउने दुई वयस्कहरूमा जम्मा कोलेस्ट्रोल आवश्यकताभन्दा बढी स्तरमा पाइएको छ । चिकित्सा शास्त्रको भाषामा कोलेस्ट्रोल बढी हुनुलाई हाइपर कोलेस्ट्रोमियामा भनिन्छ। यो स्वास्थ्यका लागि एकदमै खतराको सङ्केत हो। उच्च कोलेस्टेरोल धमनी कडा बनाउनमा सबैभन्दा बढी सहयोगी तत्त्व हो। जसले पछि एन्जाइना हृदयाघात र पक्षघाततर्फ उन्मुख गराउन सक्छ।

कोलेस्टेरोलको वाञ्छित स्तर

जम्मा कोलेस्टेरोल : २०० एम् जी प्रतिशतभन्दा कम

एचडीएल कोलेस्टेरोल : ४० एम् जी प्रतिशतभन्दा बढी

एलडीएल कोलेस्टेरोल : १०० एम् जी प्रतिशतभन्दा कम

ट्राइग्लिसराइड्स् १५० एमजी प्रतिशतभन्दा कम

के कारणले रगतमा कोलेस्टेरोलको मात्रा अत्यधिक बढी हुन्छ ?

मोटो वा व्यायाम नगर्ने मामिसले सन्तृप्त चिल्लो वा बोसोयुक्त खाना खाएमा एसको कोलेस्टेरोलको स्तर असाधारण रूपमा बढ्न सक्छ। धेरै चिल्लो र बोसोयुक्त खानाले खराब कोलेस्टेरोल बढाउने मात्र होइन यसले असल कोलेस्ट्रोल पनि घटाउँछ। तयार भइसकेको खानालाई तखतामा धेरै समयसम्म राख्न हुने बनाउन ट्रान्स फ्याटको प्रयोग हुन्छ। आलु चिप्स , छिटो खानलाई बेस्करी तारेका खानाहरू तथा अरु चुबुर चुबुर खानेकुराहरूमा यो चिल्लो बढी प्रयोग हुन्छ।

विभिन्न वंशानुगत कारणबाट पनि कोलेस्टेरोल व्यक्तिलाई चाँडो हृदयाघात हुने सम्भावना हुन्छ। यदि वंशाणुगत रोगका कारण कुनै व्यक्तिमा कोलेस्ट्रोलको मात्रा बढेको आशङ्का भएमा केटाकेटीदेखि परिवारका सबै सदस्यले यसको जाँच गराउनु जरुरी छ।

कसको पूरा जाँच हुनु आवश्यक छ ?

कोलेस्टेरोलको नियमित जाँच हुनु अत्यावश्यक छ । पुरुष तथा महिला दुवै वयस्कहरूले कोलेस्ट्रोलको नियमित जाँच गराउनुपर्छ भनी कोलेस्ट्रोल शिक्षा कार्यक्रमले सिफारिस गरेको छ । मधुमेह, ज्यादै मोटो, मुटुको रोगको पारिवारिक इतिहास भएका व्यक्तिहरुले वर्षको एकपटक अनिवार्य रूपमा कोलेस्ट्रोलको जाँच गराउनुपर्छ। बढ्दो उमेरका केटाकेटीहरूको मुटुमा केही प्रतिकुल असर परेको छ छैन भनी जान्न पनि यो जाँचले धैरै मद्दत गर्छ। संयुक्तराज्य अमेरिकामा मात्र करिब ५० लाख केटाकेटी उच्च कोलेस्ट्रोलबाट पीडित छन् भन्ने प्रतिवेदनमा उल्लेख छ।

उपचार विधिहरू

रगतमा भएको कोलेस्ट्रोल एक प्रतिशत घटाउनु भनेको मुटुका ३ प्रतिशत घटाउनु हो भनि एक अनुसन्धानात्मक अध्ययनले निष्कर्ष निकालेको छ। कोलेस्ट्रोल घटाउन रातो मासु , फलको पहेँलो र दुग्ध पदार्थहरु नखान सिफारिस गरिएको छ। दिनमा करिब ४० मिनेट एरोबिक व्यायाम गरेर शरीरका लागि चाहिएको तौल कायम राख्न प्रयास गर्नुपर्छ।

यदि यसो गर्दा पनि चाहिएको जति तौल कायम भएन भने चिकित्सकको सल्लाह लिएर औषधि खान थाल्नुपर्छ। वंशाणुगत आएको मामिलामा भने लामो समयसम्म औषधि सेवन गर्नुपर्छ।

डा. भारत रावतको स्वस्थ जीवनशैली स्वस्थ मुटु किताबबाट

थप समाचार