Health TV Online
Health TV Online
Health TV Online

पाठेघरको मुखको क्यान्सर हुनुभन्दा १० वर्षअघि नै पत्ता लगाई उपचार गर्न सकिन्छ

पाठेघरको मुखको क्यान्सर हुनुभन्दा १० वर्षअघि नै पत्ता लगाई उपचार गर्न सकिन्छ

आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस। नेपालमा पनि हामीले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउँदै आएका छौँ।

क्यान्सरको बारेमा जति चर्चा भएको पाइन्छ त्यही रूपमा अझै जनचेतना बढ्न सकेको छैन जस्तो लाग्छ मलाई। दुर्भाग्यको कुरा, बिरामीहरू अझै पनि ‘थर्ड’ वा ‘फोर्थ स्टेज’को क्यान्सर लिएर आउने गरेका छन्। आज उठाउन लागिएको प्रसंग हो, सर्भाइकल क्यान्सर अर्थात् पाठेघरको मुखको क्यान्सरको।

पाठेघरको मुखको क्यान्सर नेपालमा एक नम्बरमा नै छ। त्यसो त पछिल्लो समय स्तन क्यान्सर पनि यसकै हाराहारीमा आउन थालिसकेको छ।

कतिपय क्यान्सर के कारणले लाग्छ भन्ने थाहा नै छैन तर पाठेघरको मुखको क्यान्सर एचपीभी भाइरसका कारणले लाग्छ र यसबाट बच्न पनि सकिन्छ। यही कुरा हामीले बुझाउने बेला भइसकेको छ। यसका लागि एचपीभी भ्याक्सिन समेत आइसकेको छ ।

विश्व यतिखेर पाठेघरको मुखको क्यान्सरको उन्मुलनतर्फ अघि बढ्न थालेको छ। यो बारेमा हाम्रा पनि केही नीति नियम छन्। तिनको कार्यान्वयन भइरहेको पनि छ। सरकारले ‘भीआईए टेस्ट’ मार्फत पाठेघरको मुखको क्यान्सर जाँच गर्न शुरु गरिसेकेको छ। त्यसो त ‘प्याप स्मेयर’ लगायतका अन्य जाँचबाट पनि यो पत्ता लाग्छ तर सबैभन्दा सर्वसुलभ ‘कस्ट इफेक्टिभ’ भनेको यही विधि हो। यो जाँच साधारण ‘सेटअप’मा पनि गर्न सकिन्छ। त्यति झञ्झटिलो पनि छैन र तुरुन्त ‘रिजल्ट’ आउँछ।

कतिपय क्यान्सर के कारणले लाग्छ भन्ने थाहा नै छैन तर पाठेघरको मुखको क्यान्सर एचपीभी भाइरसका कारणले लाग्छ र यसबाट बच्न पनि सकिन्छ। यही कुरा हामीले बुझाउने बेला भइसकेको छ। यसका लागि एचपीभी भ्याक्सिन समेत आइसकेको छ ।

यसमा ३० देखि ६० वर्ष सम्मका महिलालाई जाँच गर्ने भन्ने सरकारको नीति छ। जुन हरेक पाँच वर्षमा एक पटक गर्नुपर्छ।  महिला दिदीबहिनी आफैँ पनि स्वास्थ्यबारे सचेत हुनपर्छ। मेरो स्वास्थ्य पहिलो प्राथमिकता भनेर जाँच गराउने हो भने पाठेघरको मुखको क्यान्सर लाग्नै नदिन सकिन्छ।

भीआईए यस्तो जाँच हो जसले क्यान्सर भएको मात्र हैन हुनुभन्दा अघिको स्टेजमा छ भने पनि पत्ता लगाउँछ । पाठेघरको मुखको क्यान्सर हुनुभन्दा १० वर्ष वर्ष अघि नै पत्ता लगाई उपचार गर्न सकिन्छ जसले गर्दा क्यान्सर हुनबाट बच्न सकिन्छ ।

यो मात्र त्यस्तो क्यासर हो जो पूर्वजानकारी हुन्छ। त्यसैले पनि सरकारले यसलाई प्राथमिकताका साथ अघि बढाएको छ। यसकाे बारेमा स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई जानकारी वा तालिम दिन आवश्यक छ।

ग्रामीण भेगमा परिवार नियोजनका साधन प्रयोग गर्न आउने वा गर्भवती जाँचका लागि आउने महिलामार्फत पनि यो विषयमा जानकारी गराउन सकिन्छ। यो सुविधा त्यहीँ उपलब्ध गराएर जाँच गर्न सके धेरै महिलालाई समेट्न सकिन्छ। रोक्न सकिने क्यान्सरबाट धेरै दिदीबहिनीको ज्यान गएको देख्दा साह्रै नरमाइलो लाग्छ।

यो वर्षको नारा ‘म आफ्नो लागि आफैँ संवाहक हुँ’ भन्ने छ। यसको मतलब पहिला आफू सचेत हुनुपर्यो, त्यसपछि अरुलाई पनि सचेत बनाउन सकिन्छ भन्ने हो।

पुरुषहरूले पनि आफ्नाआमा, दिदीबहिनी, भाउजुबुहारीहरूका लागि सोच्नुपर्छ। हरेक महिलालाई ‘स्क्रिनिङ’मा ल्याउन जरुरी छ। सरकारले एचपीभी भ्याक्सिन सर्वसुलभ रुपमा उपलब्ध गराउन जरुरी छ, जसका कारण धेरैलाई यो क्यान्सर हुनबाट जोगाउन सकिन्छ। त्यसैले म क्यान्सर दिवसको सन्दर्भमा सबैलाई पाठेघरको मुखको क्यान्सर हुन नदिन होस्टेमा हैँसे थपौँ भन्न चाहन्छु।

  • डा.सन्ध्या चापागाई

    डा.सन्ध्या वीर अस्पताल तथा नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरमा कार्यरत छिन्।

थप समाचार

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा