Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सरकारले भूमिका खेल्न नसक्दा गुम्यो योग दिवसको ‘क्रेडिट’

सरकारले भूमिका खेल्न नसक्दा गुम्यो योग दिवसको ‘क्रेडिट’

योगको जन्म हाम्रो देशमा नै भएको हो। हाम्रा पूर्वज ऋषिमुनिले नै शुरु गरेको विषय हो योग। हाम्रो रगत–रगतमा भएको र हुनुपर्ने कुरा हो। योग एउटा विज्ञान पनि हो। हामीले योगलाई बिर्सिँदै गयौँ। पश्चिमा मुलुकमा योगको चर्चा हुन थालेपछि बल्ल हामीले पनि चासो लिन थाल्याैँ। अमेरिका तथा युरोपका मुलुकमा ‘योगा’ शुरु गरेपछि बल्ल झस्कियौँ, ‘ए यो त राम्रो कुरा रै’छ है।’ अहिले यहाँ पनि गर्न थालिएको छ।

शरीर, मन, समाज, आध्यात्मिक गरेर समग्र स्वास्थ्य, जसलाई ‘होलिस्टिक हेल्थ एप्रोच’ भनिन्छ, योगले सबैलाई समेटेर राम्रो नतिजा दिन्छ। योगले शरीरमा लचक पैदा गर्छ। यसले कोष–कोषमा जीवनसञ्चार गरेर विकारलाई निकाल्ने काम गर्छ र रोगसँग लड्ने क्षमता बढाउँछ। यसका धेरै फाइदा छन्। मनको शान्तिका लागि पनि योग अपरिहार्य छ।

मानसिक रोग, ‘डिप्रेसन’, ‘एन्जाइटी’ लगायतका रोगले निकै नै समस्या निम्त्याइरहेको छ। यस्ता समस्या औषधिले मात्र निको पार्न सकिँदैन। ‘साइकोथेरापी’ भनिने विषयले पनि यसको पूर्ण रोकथामको लागि पर्याप्त भएन। योग माध्यम हो जसमा हामी शरीरको अभ्यास गर्छौँ तर त्यसले मनको उपचार भइरहेको हुन्छ। मनलाई नियन्त्रण गर्ने, अन्तरमुखी बनाउने काम योगले गर्छ।

बाह्य सुख मात्र भएर मनमा शान्ति हुँदैन। मनको शान्ति सन्तुष्टिबाट पाइन्छ। सन्तुष्टि, आनन्द अन्तर्यात्राबाट पाइन्छ। योगले ‘इस्ट्रेस लेभल’लाई घटाउँछ, मनमा आनन्द, शक्ति र विचारमा शुद्धता ल्याउने काम गर्छ। आजकाल चारैतिर प्रदूषण छ। खानेकुरामा प्रदूषण छ। मान्छे अल्छी पनि भइसकेको छ, सुविधामुखी भए। हिँड्ने बानी छैन। गाडीमा हिँड्छन्। त्यसैले यस्तो अवस्थामा शारीरिकप्रधान योग गर्दा शरीरमा स्फूर्ति, लचकता आउँछ। सकेसम्म शरीरलाई सक्रिय र मनलाई निस्क्रिय बनाउन योगले सिकाउँछ।

विश्व योग दिवस हामीले पहिलेदेखि नै मनाउँदै आएका हौँ। नेपालमा अन्तर्राष्ट्रिय योग दिवस घोषणा हुनभन्दा अघिदेखि नै हामीले योग दिवस मनाउँदै आएका थियौँ। भारतका प्रधानमन्त्री मोदीले संयुक्त राष्ट्रसंघमा प्रस्ताव राख्दा त्यो वेलाका नेपाली प्रधानमन्त्री सुशील कोइरालाले पनि समर्थन गर्नु भएको थियो। भारतमा योग चर्चाको विषय बन्नुको कारण त्यहाँको सरकारले खेलेको भूमिकाले हो।

युवा भनेको देशको क्रियाशील जनशक्ति हो। देशलाई समृद्ध बनाउने हो भने सर्वप्रथम युवा नै शक्तिशाली हुनुपर्छ। शक्तिशाली भनेको राम्रो स्वास्थ्य र प्रगतिशील विचार हो। आजका धेरै युवा शरीरलाई ध्यान दिने अनि मनलाई तनावपूर्ण अवस्थामा राख्ने वा दुवै कुरामा ध्यान नदिने गरिरहेका छन्।,

आधुनिकताको नाममा नक्कल गर्ने, सोसल मिडियाको प्रयोग धेरै गर्ने काममा हाम्रा युवा अगाडि छन्। सबै युवा नभए पनि धेरैजसो युवा यी कार्यमा धेरै समय बिताउँछन्। यस्तो अवस्थामा हामीले उनीहरु माझ योगाभ्यास लैजानुपर्ने आवश्यकता छ। यस्तै धेरै युवा मानसिक तनाव, कुलतमा फसिराखेका छन्। तनाव र कुलतबाट निकाल्न वा कुलतमा लाग्न नै नदिन योग धेरै जरुरी छ।

नेपालमा सरकारले भूमिका खेल्न नसक्दा योग दिवसको ‘क्रेडिट’ पाउनबाट हामी वञ्चित भएका हाैँ। हाम्रो देशको सरकारले यो कुरामा ध्यान दिन सकेको छैन। स्वास्थ्यको क्षेत्रमा बजेट धेरै छ तर नेपालका योग, प्राकृतिक चिकित्साको क्षेत्रमा निकै नै कम छ।

विश्व योग दिवस हामीले पहिलेदेखि नै मनाउँदै आएका हौँ। नेपालमा अन्तर्राष्ट्रिय योग दिवस घोषणा हुनभन्दा अघिदेखि नै हामीले योग दिवस मनाउँदै आएका थियौँ। भारतका प्रधानमन्त्री मोदीले संयुक्त राष्ट्रसंघमा प्रस्ताव राख्दा त्यो वेलाका नेपाली प्रधानमन्त्री सुशील कोइरालाले पनि समर्थन गर्नुभएको थियो। भारतमा योग चर्चाको विषय बन्नुको कारण त्यहाँको सरकारले खेलेको भूमिकाले हो।

स्वास्थ्य मन्त्रालयको नीतिसम्बन्धी एउटा छलफलमा मैले भनेको थिएँ, ‘योगको दरबन्दी एउटा पनि छैन। योग पढेर आएका व्यक्तिहरूलाई यहाँ ‘हेल्थ प्रोफेसन काउन्सिल’मा रोकिएको छ।’  आफ्नै देशमा नै उत्पादन भएका थाेरै जनशक्तिलाई पनि समेटेर लग्नुपर्ने ठाँउमा बाहिरबाट पढेर आएकालाई पनि छेक्ने काम भएको छ। नेपालमा अझै योगको राम्रो नीति बनेको छैन। हामी अर्काको भर परिरहेका छौँ। जनशक्ति छैन। जनशक्ति उत्पादन गर्न शिक्षा मन्त्रालयले नेपालमा भएका सम्पूर्ण विश्वविद्यालयमा योगको ‘डिपार्टमेन्ट’ खोल्नुपर्छ।

योग हाम्रो देशको नै कुरा हो। जनशक्ति उत्पादन भयो भने हाम्रो देशको नाम पनि रहन्थ्यो। तर त्यसमा हामी र सरकार पनि चुक्यो। यसमा लाग्ने नीति निर्माताले पनि त्यसमा ध्यान दिन सकेनन्।

योगका जनशक्ति उत्पादन गर्न ‘क्वालिटी कन्ट्रोल’ हुने खालको निकाय र जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्था हुनपर्छ। सरकारले योगको विश्वविद्यालय पनि निर्माण गर्नसक्छ। तर योगको मात्रै विश्वविद्यालय हुन सक्छ र भन्ने प्रश्न पनि सिर्जना होला। बाहिरी मुलुकमा त मेडिकलको मात्र पनि विश्वविद्यालय छन्।

त्यति गर्न नसके पनि सबै विश्वविद्यालयमा योगको डिपार्टमेन्ट खोल्यो भने नेपालको लागि जनशक्ति उत्पादन हुन्छ र विदेशबाट पनि पढ्न आउने वातावरण बन्छ। ‘योगको जन्म भएकै देशमा पढ्न जाऊँ’ भन्ने वातावरण पनि बन्छ।

थप समाचार