Health TV Online
Health TV Online
Health TV Online

विशेषज्ञ चिकित्सककाेमा जानुअघि देखाउनुस् ‘जीपी’लाई

विशेषज्ञ चिकित्सककाेमा जानुअघि देखाउनुस् ‘जीपी’लाई

जसरी मुटुरोग, मिर्गौला रोग, आँखा रोगका विशेषज्ञ हुन्छन्, त्यसरी नै जेनेरल प्राक्टिसनर (जीपी) भनेको बिरामीमा हुनसक्ने सबै प्रकारका रोगको बारेमा जानकारी हासिल गर्ने डाक्टर हो।

जीपीले बिरामीको हेरचाहमा महत्त्वपूर्ण भूमिका खेल्छन्। बिरामीको शारीरिक, मानसिक र सामाजिक पक्षमा स्वास्थ्य जनचेतना, रोगको रोकथाम र उपचार, सबै पाटोलाई जीपीले हेर्ने गर्छन्। कुनै पनि विशेषज्ञ चिकित्सकलाई सम्पर्क गर्नुभन्दा पहिले जेनेरल प्राक्टिसनरलाई सम्पर्क गर्न जरुरी हुन्छ तर नेपालमा त्यति धेरै चलनमा छैन।

सुरुमा जेनेरल प्राक्टिसनरलाई जाँच गराउँदा, उनीहरूले बिरामीको सबै समस्या जस्तै शारीरिक, भावनात्मक, सामाजिक, आध्यात्मिक र आर्थिक पक्षलाई हेरेर सकेसम्म आफैँ उपचार गर्छन्। बिरामीको हेरचाह गर्ने समग्र ‘टिम’ जस्तै– नर्स, ‘मिडवाइफ’, ‘फर्मासिस्ट’, मनोविज्ञान चिकित्सक र अन्य विशेषज्ञको मुख्य अंग बनेर काम गरिरहेको हुन्छ, जेनेरल प्राक्टिसनर अर्थात् जीपी।

एक तथ्यांकले एक वर्षसम्म जीपी डाक्टर अर्थात् फेमिली डाक्टरलाई देखाउने पैसा एकपटक अस्पताल भर्ना हुँदैमा सकिन्छ भनेर देखाएको छ। यसको मतलब साना साना स्वास्थ्य समस्या आउँदा पनि हामी महँगो जाँच गर्छौँ यसले पनि खर्च बढाउँछ। यसबारे अब भने सचेत हुनुपर्छ।

जेनेरल प्राक्टिसनरको अर्को महत्त्वपूर्ण पाटो भनेको रोगको रोकथामको लागि औषधि र स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउनु पनि हो। जसमा परामर्शका वेला रोगसँग लड्ने बिरामीको क्षमता वृद्धि र जीवनशैली सुधारका लागि समेत सल्लाह दिने गर्छन्।

विकसित मुलुकमा जीपीको ठूलो महत्त्व छ। कोही बिरामी पर्यो भने उनीहरू पहिला जीपी डाक्टरकोमा नै अनिवार्य रूपमा जानैपर्छ । जीपीले कुनै डाक्टरकोमा रिफर गर्यो भने मात्र अन्य डाक्टरलाई देखाउने चलन छ। तर हामी कहाँ टाउको दुख्यो भने पनि बिरामी न्यूरो सर्जनकोमा पुग्छन्, जसले गर्दा विशेषज्ञ डाक्टरकोमा अनावश्यक बिरामी पुगेर अन्य ‘इमरजेन्सी’ बिरामीले समय पाउँदैनन्। अर्कोतिर बिरामीको पनि धेरै जाँच गर्नुपर्ने भएकाले खर्च धेरै हुन्छ। यो कुरा हामीले बुझाउन अझै सेकेका छैनौँ।

नेपालमा ३०० को हाराहारीमा जीपी डाक्टरहरू छन्। उनीहरूको महत्त्व खासै सरकार र बिरामी दुवै पक्षले बुझ्न सकेका छैनन्। जीपी डाक्टरलाई पहिलो ‘गेटकिपर’ बनाउन सके स्वतः बिरामीको खर्च कम हुन्छ। जीपी भनेका फेमिली डाक्टर पनि हुन्। घरमा सामान्य कसैलाई केही समस्या भयो भने हामी आत्तिन्छौँ, त्यसबेला ‘फेमिली डाक्टर’ भयो भने कम्तीमा सरसल्लाह लिन सकिन्छ। कहाँ जाँदा ठिक हुन्छ भन्ने कुराको सरसल्लाह दिएर सहयोग गर्छन्। विदेशतिर सबैले फेमिली डाक्टर राख्ने हुनाले उनीहरू बिरामी हुँदा सजिलो हुन्छ। तर हामीकहाँ यसबारे जनचेतना नै पुगेको छैन।

एक तथ्यांकले एक वर्षसम्म जीपी डाक्टर अर्थात् फेमिली डाक्टरलाई देखाउने पैसा एकपटक अस्पताल भर्ना हुँदामा सकिन्छ भनेर देखाएको छ। यसको मतलब साना साना स्वास्थ्य समस्या आउँदा पनि हामी महँगो जाँच गर्छौँ। यसले पनि खर्च बढाउँछ। यसबारे अब भने सचेत हुनुपर्छ।

पछिल्लो समय बदलिँदो जीवनशैली र वातावरणीय प्रदूषणका कारण पनि घरघरमा स्वास्थ्य समस्या छ। यस्तो अवस्थामा अन्धाधुन्ध विशेषज्ञ चिकित्सककाेमा गएर स्वास्थ्य जाँच गर्न थाल्ने हो भने आर्थिक भार त पर्छ नै। यसको मतलब विशेषज्ञकोमा नजाने भन्ने होइन, पहिले फेमिली डाक्टरलाई देखाएर मात्र जाँदा राम्रो हुन्छ।

त्यो समस्या सामान्य पनि हुनसक्छ जुन जीपी डाक्टरले नै निको पार्न सक्छन्। यदि केस जटिल भए वा अन्य विशेषज्ञको राय लिन परे निश्चय नै उनीहरूले ‘रिफर’ गर्छन् नै। यसरी जीपीलाई देखाउँदा खर्च पनि कम लाग्ने र यदि सजिलो पनि हुने हुँदा यसवारे सोच्ने हो कि!

थप समाचार

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा