Health TV Online
Health TV Online
Health TV Online

फिजियोथेरापीबारे जानीराखौँ, यस्ता छन् फाइदा

फिजियोथेरापीबारे जानीराखौँ, यस्ता छन् फाइदा

फिजियोथेरापी भनेको स्वस्थ्य जीवनशैलीलाई बढावा दिने उपचार पद्धति हो, जसमा शारीरिक अभ्यासहरु र फिजियोथेरापेटिक मेसिनहरुद्धारा रोगहरुको निदान तथा असक्षमता रोक्न सहायता पुर्याउँछ ।
फिजियोथेरापीमा हाडजोर्नी तथा नशासम्बन्धी समस्याबाट भएको दुखाई कम गर्नुको साथै अझै बढ्नबाट रोक्न समेत मद्धत पुर्रयाउँछ

यसमा कुनै पनि औषधीको प्रयोग नगर्ने हुनाले यसको नकारात्मक असर हुँदैन ।फिजियोथेरापी बालबालिका देखि वृद्धसम्म सबैलाई हुने ऐलोपेथी उपचार पद्धतीको स्वतन्त्र विभाग भएता पनि यसलाई सबै नेचुरोप्याथी र आयुर्वेदिक केन्द्रहरुमा समावेश गराईएको पाईन्छ । फिजियोथेरापिष्टले शिक्षा र सल्लाहद्धारा दैनिक जीवनशैली सुधार्न र अगाडि वढ्न प्रेरणा र हौसला प्रदान गर्दछन्।

फिजियोथेरापिष्ट को हुन ?

फिजियोथेरापिष्ट हुनलाई विज्ञान संकायमा उच्च माध्यामिक तह पछि फिजियोथेरापीमा स्नातक चार वर्षको पाठ्यक्रम सँगै ६ महिनाको इन्टर्नशिप गरेको हुनुपर्दछ ।
फिजियोथेरापीमा विशेषज्ञ हुनलाई थप दुई वर्षे मास्टर्स डिग्री गरेको हुनुपर्छ, मास्टर्स डिग्री न्यूरोलोजी, हर्थोपेडिक, कार्डियोरेस्पिरेटेरी, पेडिऐट्रिक, गाइनेकोलोजी, मस्कुलोस्केलेटल, स्पोट्र्स इत्यादिमा गर्न सकिन्छ ।यसका साथै फिजियोथेरापीमा पि.एच.डी पनि गर्न सकिन्छ । फिजियोथेरापीमा प्रमाणपत्र स्तर गरेकाहरुलाई फिजियोथेरापी सहायक भनिन्छ । सम्बन्धित विषयमा पढाइ सकेर आएपछि दर्ता नम्बर प्राप्त गरेपछि मात्र फिजियोथेरापिष्ट हुन योग्य हुन्छ । फिजियोथेरापिष्टले आफै मूल्यांकन गरेर पनि रोग निदानको लागि उपचार योजना बनाउन सक्छन।

फिजियोथेरापीमा कुन बेला र कसरी जाने ?

हाड जोर्नी तथा नशा रोग सम्बन्धि कुनै समस्या जस्तै घाँटी, ढाड, कुम, घुडाँ, पैताला आदि दुखेको, कुनै कारणले हात खुट्टा नचलेको वा चोट पटक लागी सुन्निएको अवस्थामा फिजियोथेरापिष्टकोमा जाने अथवा सम्बन्धित परामर्शदाता डाक्टरहरुबाट रोगको निदान गरी फिजियोथेरापीमा जान सकिन्छ । । फिजियोथेरापी विभाग हरेक अस्पताल भित्र हुन्छ र कतिपय ठाउँमा निजि क्लिनिकमा पनि खोलिएको हुन्छ । तर प्रोफेसनल फिजियोथेरापिष्ट हा् की हैन बुझेर मात्र यस्ता उपचार केन्द्रमा जानुपर्छ ।

फिजियोथेरापीको भूमिका

शरीरमा कुनै भागको हड्डी फ्राक्चर भएर प्लास्टर गरेपछिका जटिलतालाई गति अभ्यासको दायराद्धारा कम गरीनुका साथै जोर्नी कठोरताको लागि मोविलाइजेशनका लागि फिजियोथेरापी गरिन्छ ।
घाँटी तथा ढाड दुखेको लागि दुखाई कम गर्ने मेसिन लगाएर दुखाई कम गरिनुका साथै मांसपेशी स्पाजम भएकोमा तातोले सेकर मायोफेसिअल रिलिीज गर्न यो उपयोगी हुन्छ ।
घुँडा तथा अन्य जोर्नीको हड्डी खिइएको दुखाइलाई पनि मेसिनको प्रयोग र अभ्यासहरुबाट कम गरीन्छ ।
चोटपटक लागेर दुखेको तथा सुन्निएकोमा आइसप्याकले सेकेर अल्ट्रासाउन्ड थेरापी यसका साथै केही कार

णबस कुनै हात खुट्टा काट्नु परेमा एम्पुटशन गरी दैनिक क्रियाकलाप गर्न सक्षम बनाउने अभ्यासहरु पनि गराइन्छ जसलाई अर्थोपेडिक रिह्याबिलिटेशन भनिन्छ । घाँटी तथा ढाडमा नशा च्यापिएको दुखाईमा दुखाई कम गर्ने मेसिन लगाइन्छ र निदाउने, पोल्ने, लाटो हुने जस्ता समस्या भएमा ट्राक्शनको प्रयोग गरिन्छ । मांशपेशी बलियो बनाउने, नशा तन्काउने अभ्यासहरु गराई दुखाई कम गर्नुका साथै दैनिक गतिविधिहरुमा सावधानीका साथ कार्य गर्ने तरिका पनि सिकाईन्छ जसले अझै समस्या बढ्नबाट जोगाउँछ । न्यूरोलोजिकल अवस्थाहरु जस्तैः पक्षघातको कारणले हात खुट्टा नचलेको अथवा कमजोर भएकोमा स्ट्रोक रिह््याविलिटेशन गरिन्छ ।  यसका साथै टाउको सम्बन्धि कुनै पनि शल्क्रिया पश्चात हात खुट्टा कमजोर वा नचल्नेमा पनि फिजियोथेरापी गरीन्छ जसलाई न्यूरो रिह््याविलिटेशन भनिन्छ ।

महत्वपूर्ण सुझावहरु

घाँटी दुखेको व्यक्तिले घाँटी निहुरेर धेरै बेर सम्म बस्न हुँदैन । हातमा गरुङ्गो सामान बोक्दा समस्या झन बल्झिनसक्छ ।
ढाड दुख्ने व्यक्तिले ढाड अगाडी झुकेर गरुङ्गो सामान नउचाल्ने, काम गर्दा र यात्रा गर्दा लम्बर बेल्टको प्रयोग गर्ने र धेरै बेर सम्म एउटै अवस्थामा नबस्ने  घुँडा दुख्ने व्यक्तिले उकालो, ओरालो, आदिमा कम हिड्ने र हिड्दा वा काम गर्दा नि क्यापको प्रयोग गर्ने, टुक्रुक्क र पलेटी कसेर लामो समय सम्म नबस्ने र हिल जुत्ताको प्रयोग नगर्ने । कुर्कुचा दुख्ने व्यक्तिले सकेसम्म नरम सोल भएको जुत्ता लगाउने वा  सफ्टसु प्याड जुत्तामा हालेर लगाउने अथवा स्पोर्टस जुत्ता लगाउँदा राम्रो हुन्छ ।  गर्भवती र सुत्केरी महिलाले पनि नियमित व्यायाम गर्न अत्यन्तै लाभदायक हुन्छ । चोट पटक लागेर दुखेको वा सुन्निएको अवस्थामा तुरुन्तै आइस प्याकले २० मिनेट सम्म दिनको ३–४ पटक सम्म राख्ने गरे सजिलो हुन्छ ।

  • डा. साेनी देव

    डा. साेनी देव न्युराे अस्पतालकी फिजियाेथेरापी  विभागकी प्रमुख हुन्।

थप समाचार

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

मोटोपन छ ? कसरी घटाउने ?

मोटोपन छ ? कसरी घटाउने ?