सेप्सिस दिवसको अवसरमा काठमाडाैंमा प्रभातफेरी (फाेटाे फिचर)
काठमाडौं : विश्व सेप्सिस दिवसको अवसर पारेर नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेसनको आयोजनामा काठमाडौंमा प्रभातफेरी निकालियो। त्रिवि शिक्षण अस्पतालबाट निस्केको र्याली नारायणगोपाल चोकमा पुगेर पुनः अस्पतालमा पुगेर सभामा परिणत भएको थियो।
कार्यक्रममा त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रेम खड्गाले सेप्सिस विश्वव्यापी रूपमा फैलिरहेकाले यसकाे राेकथामका लागि बृहत् कार्यक्रम ल्याउन जरूरी रहेकाे बताए। उनले याे राेगबारे अझै धेरै मानिस अनभिज्ञ रहेकाे भन्दै जनचेतना जगाउन आवश्यक रहेको बताए।
कार्यक्रममा क्रिटिकल केयर नर्सिङ संघकी महासचिव कविता सिटौलाले सेप्सिसबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने बताइन्। संक्रमणबाट जाेगिनसके याे समस्याबाट बच्न सकिने उनकाे भनाइ छ।

कार्यक्रममा नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका महासचिव डा. हेमराज पनेरुले प्रत्येक वर्ष लगभग तीन करोड मानिसलाई सेप्सिस हुने र तीमध्ये करिब ७० देखि ९० लाख मानिसको मृत्यु हुने गरेको जानकारी दिए। उनले याे राेगबारे जनचेतना जगाउने सन्दर्भमा धेरै काम गर्न बाँकी रहेकाे धारणाा राखे।

प्रभातफेरीमा नेपाली चलचित्रकी नायिका श्वेता खड्का, आईसीयू चिकित्सक, नर्स र विद्यार्थीलगायत सहभागी थिए। दिवसको अवसर पारेर फाउण्डेसनले जनचेतनामूलक छलफल र विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता पनि गरेको थियो।






आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम