विरोधको फरक शैली: सरकारी चिकित्सकले गरे माइतीघर मण्डलामा रक्तदान
काठमाडाैं : कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै आएका सरकारी चिकित्सकहरूले आज माइतीघर मण्डलामा रक्तदान गरी विरोध जनाएका छन्।
सरकारी चिकित्सहरूलाई साथ दिँदै सर्वसाधारणले पनि स्वतः स्फुर्तरूपमा रक्तदान गरेका थिए। संकलन भएकाे रगत राष्ट्रिय ट्रमा सेन्टरमा बुझाउने संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले जानकारी दिए।
साताव्यापी विराेध कार्यक्रमअन्तर्गत साेमबार रक्तदान गरेका सरकारी चिकित्सकहरूले बुधबार सामूहिक बिदामा बस्ने, बिहीबार राजीनामा संकलन भएपश्चात् सरकारलाई बुझाउन काठमाडौंमा भेला हुने कार्यक्रम तय गरेका छन्।
त्यसो गर्दा पनि सम्बोधन नभए शुक्रबार सबै अस्पतालको सेवा बहिष्कार गरी अवज्ञा आन्दोलन शुरु गर्ने चेतावनी उनीहरूले दिएका छन्।
वर्षौदेखि नियन्त्रणका सेवा विस्तार हुँदाहुँदै पनि किन अन्त्य हुन सकेन क्षयरोग ?
किष्ट अस्पतालमा सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषको स्वास्थ्य सुविधा
चिकित्सक उत्पादनमा फड्को, पलायनले राज्यलाई ठूलो नोक्सानी
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने
डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ