Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विरोधको फरक शैली: सरकारी चिकित्सकले गरे माइतीघर मण्डलामा रक्तदान

विरोधको फरक शैली: सरकारी चिकित्सकले गरे माइतीघर मण्डलामा रक्तदान

काठमाडाैं : कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै आएका सरकारी चिकित्सकहरूले आज माइतीघर मण्डलामा रक्तदान गरी विरोध जनाएका छन्।

सरकारी चिकित्सहरूलाई साथ दिँदै सर्वसाधारणले पनि स्वतः स्फुर्तरूपमा रक्तदान गरेका थिए। संकलन भएकाे रगत राष्ट्रिय ट्रमा सेन्टरमा बुझाउने संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले जानकारी दिए।

 

 

साताव्यापी विराेध कार्यक्रमअन्तर्गत साेमबार रक्तदान गरेका सरकारी चिकित्सकहरूले बुधबार सामूहिक बिदामा बस्ने, बिहीबार राजीनामा संकलन भएपश्चात् सरकारलाई बुझाउन काठमाडौंमा भेला हुने कार्यक्रम तय गरेका छन्।

त्यसो गर्दा पनि सम्बोधन नभए शुक्रबार सबै अस्पतालको सेवा बहिष्कार गरी अवज्ञा आन्दोलन शुरु गर्ने चेतावनी उनीहरूले दिएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार