Health TV Online
Health TV Online

‘र्‍याम्प शो’को तयारी यसरी गर्दैछन् क्यान्सर सर्भाइभर

‘र्‍याम्प शो’को तयारी यसरी गर्दैछन् क्यान्सर सर्भाइभर

काठमाडौं : विभिन्न समयमा क्यान्सर लागेर निको भइसकेका एवं क्यान्सर विजेताहरू यतिखेर ‘र्‍याम्प शो’कोमा तयारीमा व्यस्त छन्। नेपाल क्यान्सर सहयोग समूहको आयोजनामा हुन लागेको र्‍याम्प शोमा २५ जना सहभागी हुँदैछन्।

क्यान्सर सर्भाइभर एवं मोडल डली गुरुङले उनीहरुलाई र्‍याम्पमा हिँड्न सिकाइरहेकी छिन्। ‘क्यान्सर लाग्दैमा जीवन समाप्त हुँदैन’ भन्ने सन्देश दिन र्‍याम्प शो गर्न लागिएको कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठले बताइन्। शोमा सहभागीमा ३ वर्षदेखि ९० वर्षसम्मका सर्भाइभर रहेको श्रेष्ठले जानकारी दिइन्।

समाजमा लुकेर बसेका क्यान्सर रोगीको आत्मबल बढाउने उद्देश्यका साथ सुदिप्त क्यान्सर सर्भाइभर र्‍याम्प शो आगामी पुस २७ गते हुँदैछ।

याे पनि हेर्नुहाेस्–

‘क्यान्सरपछि पनि जीवन छ भन्ने सन्देश दिन र्‍याम्प शो गर्न लागेका हौँ’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार