‘र्याम्प शो’को तयारी यसरी गर्दैछन् क्यान्सर सर्भाइभर
काठमाडौं : विभिन्न समयमा क्यान्सर लागेर निको भइसकेका एवं क्यान्सर विजेताहरू यतिखेर ‘र्याम्प शो’कोमा तयारीमा व्यस्त छन्। नेपाल क्यान्सर सहयोग समूहको आयोजनामा हुन लागेको र्याम्प शोमा २५ जना सहभागी हुँदैछन्।
क्यान्सर सर्भाइभर एवं मोडल डली गुरुङले उनीहरुलाई र्याम्पमा हिँड्न सिकाइरहेकी छिन्। ‘क्यान्सर लाग्दैमा जीवन समाप्त हुँदैन’ भन्ने सन्देश दिन र्याम्प शो गर्न लागिएको कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठले बताइन्। शोमा सहभागीमा ३ वर्षदेखि ९० वर्षसम्मका सर्भाइभर रहेको श्रेष्ठले जानकारी दिइन्।
समाजमा लुकेर बसेका क्यान्सर रोगीको आत्मबल बढाउने उद्देश्यका साथ सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प शो आगामी पुस २७ गते हुँदैछ।
याे पनि हेर्नुहाेस्–
‘क्यान्सरपछि पनि जीवन छ भन्ने सन्देश दिन र्याम्प शो गर्न लागेका हौँ’
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार