स्तन क्यान्सरबारे चेतना जगाउन ‘वाकाथन’
ललितपुर : स्तन क्यान्सरबारे जनचेतना फैलाउन रोज फाउण्डेसन नेपाल र नेपाल क्यान्सर हस्पिटलकाे संयुक्त अायाेजनामा पाटन दरबार स्क्वायरमा ‘वाकाथन–४’ कार्यक्रम गरिएको छ। कार्यक्रममा अभिनेतृ मिथिला शर्मा, गायक दिपक बज्रचार्य र क्यान्सरमुक्त भएका महिलाहरू सहभागी भए।
‘अर्लि डिटेक्सन’ अर्थात् क्यान्सर सुरुको अवस्थामा पत्ता लगाइ निको पारेर क्यान्सरलाई पछि पारौँ र क्यान्सरको उपचार नेपालमा नै भन्ने नारा बोकेको वाकाथन पाटन दरबार स्क्वायर–लगनखेल–पुलचोक हुँदै पाटन दरबार स्क्वायरमा अाएर सभामा परिणत भयाे।
क्यान्सरमुक्त भएका महिलाहरूले आफ्ना जीवनमा आएको कठिन पल, क्यान्सरलाई जित्दाका अनुभव सुनाए। कार्यक्रममा फाउण्डेसन र हस्पिटलका कर्मचारीले नृत्य प्रस्तुत गरे।
फाउण्डेसन र हस्पिटलले स्तन क्यान्सर बारे जनचेतना फैलाउन यस्ता कार्यक्रम नियमित गर्दै आएका छन्।
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै
ह्याम्स अस्पतालले बाढी प्रभावितलाई नि:शुल्क आपतकालीन सेवा दिने