यसरी रंग्याइयाे पाटन दरबार क्षेत्रलार्इ राताे बत्तीले
काठमाडौं क्षयरोगसम्बन्धी संयुक्त राष्ट्रसंघको ऐतिहासिक उच्चस्तरीय बैठकको स्मरण गर्दै ‘विश्वलाई रातो बत्तीले प्रकाशमय बनाऔँ’ भन्ने अभियान नेपालमा पनि सञ्चालन गरिएको छ।
क्षयरोग उन्मुलनका लागि विश्वव्यापी अभियानअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको आयोजनामा बुधबार साँझ पाटन र काठमाडौं दरबार क्षेत्रलाई रातो बत्तीले रंग्याइएको हो।
युनेस्काेले विश्व सम्पदा सूचीमा राखेकाे दुर्इ दरबार क्षेत्र क्षयरोगसम्बन्धी संगठनको पहिलो उच्चस्तरीय बैठकको स्मरणमा राताे बत्तीले झिलिमिली पारिएकाे हाे।
बैठकले सन् २०३० सम्ममा विश्वलाई क्षयरोगमुक्त बनाउने लक्ष्य लिएकाे छ। क्षयरोगबाट सन् २०१७ मा मात्रै १६ लाख मानिसको मृत्यु भएको र त्यसबाट आर्थिक र सामाजिक क्षेत्रमा अपूरणीय क्षति भएको संगठनले जनाएको छ।









आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम