अस्पतालबाट डिस्चार्ज हुँदै श्रेष्ठले भने, ‘छिट्टै नयाँ गीत लिएर अाउँछु’
काठमाडौं : पार्किन्सन्स रोगको शल्यक्रियापछि वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्। पाँच दिनको अन्नपूर्ण न्यूरो अस्पताल बसाइपछि उनी मंगलबार घर फर्किएका हुन्।
निकै ‘फ्रेस’ देखिएका श्रेष्ठले शल्यक्रियापछि आफूले सहज महसुस गरेको बताए। ‘उठ्न बस्नसमेत गाह्रो हुन्थ्यो। अहिले त आफैँ हिँडडुल गर्नसक्ने भएको छु’, श्रेष्ठले भने, ‘छिट्टै गीत रेकर्डिङ गर्ने योजनामा छु।’
उनको पार्किन्सन्सको दोस्रोपटकको शल्यक्रिया गत बिहीबार न्यूरोसर्जन डा. वसन्त पन्तको टोलीले गरेको थियो। डा. पन्तले श्रेष्ठको स्वास्थ्यमा सुधार आइसकेकाले डिस्चार्ज गरिएको बताए।
चार वर्षअघि ‘डीप ब्रेन स्टिमुलेसन’ (डीबीएस) प्रविधिमार्फत श्रेष्ठकै पार्किन्सन्सको शल्यक्रिया गरेर अस्पतालले सेवा शुरु गरेको थियो।
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार