चिकित्सकहरू उत्रिए अान्दाेलनमा, फाेटाे फिचर
काठमाडाैं : मुलुकी अपराध(संहिता) ऐन २०७४ संशोधन गर्न सरकारले चासो नदेखाएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलन शुरू गरेकाे छ। चिकित्सकहरू अाइतबार बिहान माइतीघर मण्डलामा भेला भर्इ एेनविराेधी नारा लगाउँदै बानेश्वरतर्फ लागेका थिए।
बानेश्वरमा भएकाे काेणसभामा उनीहरूले एेन संशाेधन नभए कुनै पनि चिकित्सक र स्वास्थ्यकर्मीले काम गर्न नसक्ने बताए। एेन संशाेधनकाे विकल्प नभएकाे उनीहरूकाे भनाइ छ। बानेश्वरमै चिकित्सककाे लाइसेन्ससमेत संकलन गरिएकाे थियाे।
करिब ६ हजार लाइसेन्स संकलन भएकाे र अाउने क्रम जारी रहेकाे संघका महासचिव डा.लाेचन कार्कीले जानकारी दिए।
संकलन गरिएका लाइसेन्स अाइतबार नै मेडिकल काउन्सिलमा बुझाउने संघले जनाएकाे छ। चिकित्सककाे अान्दाेलनका कारण देशभरका स्वास्थ्य संस्थामा अाकस्मिकबाहेकका सबै सेवा ठप्प भएका छन्।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै