Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चाेक–चाेकमा फाेहाेरका डंगुर : चिकित्सक भन्छन्, सतर्क रहनुस्

चाेक–चाेकमा फाेहाेरका डंगुर : चिकित्सक भन्छन्, सतर्क रहनुस्

काठमाडौं : फोहोर हामी कसैलाई मन पर्दैन। त्यसैले घरका कोठा, चोटा र आँगन सबैतिर सफा राख्न चाहन्छौँ। कम्तीमा घर सफा राख्न सके सभ्य भइने र रोगबाट बच्न सकिने हामी अधिकांशको बुझाइ छ।

त्यसाे भए फोहोरको व्यवस्थापन कहाँ गर्ने ? यो व्यक्ति र परिवारको मात्र होइन समाज गाउँ नगर हुँदै राज्यकै टाउको दुखाइको विषय बन्ने गरेको छ।

यस्तै समस्या उत्पन्न भएको छ, काठमाडौं उपत्यकामा। फोहोर व्यवस्थापन गर्ने एक मात्र ठाउँ सिसडोल ‘ल्यान्डफिल साइट’मा समस्या आएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा कठिनाइ उत्पन्न भएको हो। सर्वसाधारणले फ्याँकेका फोहोरका कारण सडकका चोकहरू भरिएका छन् तर महानगरले त्यसकाे व्यवस्थापन गर्न सकेको छैन।

आफैँले फ्याँकेको फोहोर बर्खाको पानी र घामको सम्पर्कमा आउँदा शहर नै गन्धकार भइरहेका छन्। चोक गल्लीमा रहेका फोहोरले रोग फैलिने खतरा पनि बढेको छ।

त्यसैले चिकित्सकहरू सतर्कता अपनाउन आग्रह गर्छन्।’ तत्काल फाहोर नउठिरहेको बेला यसको असर न्युनीकरणका लाग मास्क लगाएर हिँड्नु राम्राे हुन्छ’, सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार