Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘यो ५ वर्षमा क्यान्सरको उपचार नेपालमै सम्भव रहेछ भन्ने विश्वास दिलाउन सक्यौं जस्तो लाग्छ’

‘यो ५ वर्षमा क्यान्सरको उपचार नेपालमै सम्भव रहेछ भन्ने विश्वास दिलाउन सक्यौं जस्तो लाग्छ’

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले आज आफनो पाँचौं वार्षिकोत्सव मनाइरहेको छ । यो अवसरमा अस्पतालले विभिन्न कार्यक्रमको समेत आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा हेल्थ टिभी अनलाइनले अस्पतालको शुरुवाती दिन, अस्पतालले गरेका काम, चुनौती एवम भावी योजनाकाबारेमा अस्पतालका कार्यकारी अध्यक्ष डा सुदिप श्रेष्ठसँग कुराकानी गरेको छ।

अस्पताल स्थापनाको पाँचौं वार्षिकोत्सव मनाइरहनु भएको छ। अस्पतालको यहाँसम्मको यात्राका बारेमा जानकारी गराइदिनोस् न ?

आजभन्दा ५ वर्ष अघि हामीले नेपालमा क्यान्सरको एउटा विशिष्टीकृत अस्पताल चाहिन्छ भन्ने महशुस गरेर साथीहरु मिलेर यो अस्पतालको सुरुवात गरेका हाैं। खासमा त्यसबेला क्यान्सर हुँदा बित्तिकै उपचारका लागि बाहिर नै जानुपर्छ यहाँ हुँदैन भन्ने थियो । त्यसलाई रोक्न पर्छ र क्यान्सरका बिरामीलाई नेपालमै अन्तराष्ट्रिय स्तरको उपचार दिन सकिन्छ भन्ने सोचेर हामीले यो अस्पतालको स्थापना गरेका हौं । त्यसमा हामी धेरै हदसम्म सफल पनि भएका छौं । स्थापनादेखि हालसम्मको अवधिमा अस्पतालले हजारौं बिरामीलाई सेवा दिएको छ। क्यान्सरका बिरामीका लागि यो अस्पताल अहिले ठूलो भरोसाको केन्द्रका रुपमा चिनिएको छ। क्यान्सर सम्बन्धी उपचार त छँदैछ त्यसबाहेक अनुसन्धान र यो रोग लाग्नै नदिन रोकथाममा कार्यक्रम पनि अघि सारिरहेका छौं । सुरु सुरुमा नीजि क्षेत्रबाट यति ठूलो लगानी गरेर विशिष्टीकृत अस्पताल बनाउन सकिन्छ भन्नेमा धेरैले विश्वास नै गरेका थिएनन। तर हामीले आँट गर्यौं र आज यहाँसम्म आउन सफल भएका छौं ।

अस्पतालमा के कस्ता सेवाहरु उपलब्ध छन् अहिले ?

मैले अघि नै भने क्यान्सर उपचारमा उत्कृष्ट सेवा दिने उद्धेस्यले हामीले यो अस्पतालको स्थापना गरेका हौं । त्यही अनुरुप हाम्रो अस्पतालमा एकपटक बिरामी आए पछि यो सेवा वा त्यो सेवा छैन् भनेर बाहिर पठाउन नपरोस् भनेर हामीले क्यान्सरको निदानदेखि उपचारका सम्पूर्ण प्रविधि भित्राएका छौं । क्यान्सर निदानका लागि चाहिने सम्पूर्ण सेवा हामीसँग छन्। त्यसैगरी क्यान्सर उपचारमा विशेष गरी मेडिसिन, किमोथेरापी, रेडिोथेरापी र शल्यक्रिया हुन् । यी सबै सेवा हाम्रो अस्पतालमा उपलब्ध छन्। । अहिले त इम्युनो थेरापी, टार्गेट थेरापी जस्ता नयाँ सेवाहरु पनि उपलब्ध छन्। अझ भनौं यहाँ आइसकेपछि सेवा लिन बाहिर जान पर्दैन । ९९ प्रतिशत क्यान्सरको उपचार र निदान यहाँ उपलब्ध छ । एक प्रतिशत बिरामीको भने अहिलेपनि हामीले स्याम्पल बाहिर पठाउनपर्ने हुन्छ । यो हाम्रो बाध्यता हो । क्यान्सरका केही प्रविधि यस्ता हुन्छन् जुन नीजिले ल्याउनै सक्दैनन् । त्यो सरकारले नै पहल गर्नुपर्ने हुन्छ । त्यसका लागि हामीले सरकारलाई बारम्बार भनि पनि रहेका छौं । तर यसको हकमा पनि बिरामी आफै बाहिर जान भने पर्दैन । हामीले नै स्याम्पल लिएर बाहिर पठाउँछौं । ५ वर्षको यो अवधिमा अस्पतालको सेवा विस्तारमा धेरै उपलब्धि हासिल भएका छन्। अर्को महत्वपूर्ण कुरा हामीसँग विशेषज्ञ डाक्टरहरुको उत्कृष्ट टिम नै छ । जसले गर्दा बिरामीको रोग र स्टेजकाबारेमा सबै जनासँगै बसेर होलिस्टिक अप्रोचबाट उपचारको निर्णय लिन सक्छौं । जुन क्यान्सर उपचारमा नभई नहुने कम्पोनेन्ट पनि हो ।

यहाँहरुले नेपालीको क्यान्सर उपचार नेपालमै भनेर सेवा सुरु गर्नु भएको थियो, अहिले बिरामी बाहिर जाने क्रम कत्तिको रोकिएको छ ?

हाम्रो अस्पतालको उद्धेस्य नै सम्पूर्ण नेपालीको उपचार आफनै देशमा हुनपर्छ त्यो पनि अन्तराष्ट्रियस्तरको भन्ने नै हो । त्यही उद्धेस्यमा हामी अडिग छौं । सुरु सुरुमा बिरामीलाई क्यान्सरको उपचार नेपालमै हुन्छ भन्दा पत्याउनु भएको थिएन । तर बिस्तारै बिस्तारै हामीले यहाँ उपचार गरेका बिरामीहरुले आफू निको भएको कुरा खुलेर भन्न थाले जसले गर्दा धेरै बिरामीले हामीलाई विश्वास गरेर आउन थाल्नु भएको छ । सुरुका दिनमा बुझाउन गाह्रो भए पनि अहिले त धेरै बिरामीहरु यहींं उपचार गराउन आइरहनु भएको छ । जसको ज्वलन्त उदाहरण भनेको अस्पतालमा अहिले बेड पाउन पालो कुर्नुपर्ने भएको छ । यसले पनि बिरामीहरुले अब चाहिं क्यान्सर उपचार नेपालमै हुन थालेछ भनेर विश्वास गर्नु नै हो ।

पहिले पहिले क्यान्सर भन्ने बित्तिकै मृत्यु हो भन्ने थियो भने उपचारमा जानेहरु पनि सिधै भारत वा अन्य देश जाने गर्थे तर अहिले हामीले धेरै बिरामीलाई बाहिर जानबाट रोक्न सफल भएका छौं । क्यान्सरको उपचारमा घर परिवारको साथ पनि महत्वपूर्ण हुन्छ । आफनै देशमा आफनो घर परिवारसँगै बसेर उपचार गर्दा उनीहरुको आड भरोसाले पनि धेरै राहत मिल्छ बिरामीलाई निको हुन । त्यसैले यहीं सम्भव हुने उपचारमा भारत वा अन्य देश जानै पर्दैन । अहिले त भारत गएर उपचार गरेर दुख पाएर अन्तिममा यहीं उपचार गर्न आउने बिरामीहरु पनि बढेका छन् हाम्रो अस्पतालमा । शतप्रतिशत रोकिए त भन्न मिल्दैन अझ्र पनि केही बिरामी आफनो रहरले वा विश्वास गर्न नसकेर गइरहेका छन् तर अधिकांशको मन जित्न सफल भएका छौं भन्न सकिन्छ । यो ५ वर्षको ठूलो उपलब्धी हो ।

वार्षिकोत्सवका अवसरमा अस्पतालले केही नयाँ सेवाहरु पनि थप गरेको छ की ?

क्यान्सर उपचारको क्षेत्र यस्तो सेवा हो जहाँ हरेक महिना नयाँ नयाँ मोलिक्युुल र प्रविधि भित्रिन्छन्। ती प्रविधि र औषधीकाबारेमा हामी डाक्टरहरु समेत जानकार हुनैपर्छ । हामीले पनि अस्पताल स्थापना गर्ने बेलामा जुन प्रविधि भित्राएका थियौं त्यसबेला त्यो सबैभन्दा लेटेस्ट प्रविधि थियो । तर त्यसपछि फेरि नयाँ आइसकेपछि हामीले त्यसलाई भित्राउनैपर्छ । क्रमस हामीले यो ५ वर्षमा धेरै लगानी गरेर प्रविधिहरु भित्राएका छौं । वार्षिकोत्सवकै अवसरमा भनेर त खास त्यस्तो छैन। तर अपडेट हुने कुरामा यो क्रम निरन्तर चलिरहेको छ । जनशक्ति थप्ने, सेवा विस्तार गर्ने काम वर्ष भरी नै चलिरहन्छ । अस्पतालले निरन्तर सेवा विस्तार गर्दै गएका कारण अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको छ । कोरोना महामारीका बेला भने बिरामी निकै कम आए । तर अहिले फेरि पुरानै अवस्थामा बिरामी आइरहेका छन्। हामीले हाम्रो सेवा प्रवाह सहज बनाउन जनशक्ति लगायतका अन्य सेवा पनि थपिरहेका छौं।

नीजि क्षेत्रबाट विशिष्टीकृत सेवा दिन चुनौती के सामना गर्न परिरहेको छ ?

चुनौती त कति हो कति। पहिलो कुरा त क्यान्सर रोकथाम र उपचार नीजिले वा सरकारले मात्र गरेर सकिंदैन । यसमा पब्लिक प्राइभेट पार्टनरसिप चाहिन्छ । तर सरकारले यसमा ध्यान दिएकै छैन्। अर्को कुरा देशभभित्रै आफनै देशका नागिरकले उत्कृष्ट सेवा पाउन भनेर हामीले यति ठूलो लगानी गरेर अस्पताल स्थापना गरेका छौं । तर सरकाले कहिं कतैबाट पनि छुट वा सहयोग गरेको छैन्। अस्पतालमा चाहिनै करोडौं पर्ने उपकरणहरु किन्दा न त सरकारले सहजीकरण गरिदिन्छ नत सहुलियत नै दिन्छ । यसले गर्दा हामी जहिले दोहोरो मारमा पछौं । अर्को कुरा सरकारले अस्पताललाई भ्याटमा जान पर्दैन भनेर हटायो यद्यपी बिरामीहरुका लागि यो निकै राम्रो निर्णय हो । तर हामीले हरेक सामान किन्दा करोडौं भ्याट तिछौं तर त्यो भ्याट रिफन्ड गर्न मिल्दैन । यदि अस्पताललाई भ्याटबाट हटाउँदा अस्पतालले किन्ने उपकरणमा पनि भ्याट नलाग्ने गरि दिनुपर्ने हो । यो प्रावधानका कारण हामीले जति रकम लाग्छ त्यसमा १३ प्रतिशत थपेर दिन बाध्य छौं । त्यसैगरी औषधीको कुरा गर्ने हो भने विश्व बजारमा क्यान्सरको औषधि एकदमै छिटो छिटो आइरहेको छ । तर नेपाल सरकारको नीतिका कारण हामीकहाँ ती औषधि आउन कम्तीमा पनि २ वर्ष लाग्छ जसले गर्दा बिरामीहरु की त औषधि ब्ल्याकमा किन्न बाध्य हुन्छन् की त भारततिर जान बाध्य हुन्छन। यी र यस्ता नीतिका कारण दुख पाउने भनेको हामी अस्पताल सञ्चालक र बिरामी नै हुन्।

यो ५ वर्षका उपलब्धीलाई कसरी हेर्नुहुन्छ ?

यो ५ वर्षमा हामीले पहिलो कुरा त बिरामीको विश्वास जित्न सफल भएका छौं । क्यान्सरको उपचार नैपालमै हुँदोरहेछ भन्ने जानकारी दिन सफल भएका छौं जस्तो लाग्छ । यसैगरी अर्को महत्वपूर्ण कुरा क्यान्सर भन्ने वित्तिकै डराउने र समाजमा लुकाएर राख्ने चलन थियो । त्यो सोचमा परिवर्तन ल्याउन सकेका छौं । त्यसको ज्वलन्त उदाहरण हो हामीले अस्पतालमा प्रत्येक महिना गर्ने सर्भाइभर मिट । क्यान्सर भएका र निको भएकाहरु खुलेर समाजमा अघि आउन थालेका छन्। यसको सुरुवात हामीले नै गरेका हौं । त्यसैले यसलाई हामी ठूलो उपलब्धी मान्छौं । अर्को कुरा नीजि क्षेत्रमा स्थापित अस्पतालले बिरामीलाई अन्य देशहरुमा लाग्ने खर्च भन्दा कममा उच्चस्तरीय सेवा दिन सक्दोरहेछ भन्ने भरोसा पनि दिन सकेका छौं । उपचार, रोकथामका कार्यक्रम मार्फत सरकारले गर्नपर्ने काम हामीले गरिदिएका छौं । यो ५ वर्षमा हामीले अस्पतालको ब्रान्ड बनाउन सफल भयौं जस्तो लाग्छ ।

अस्पतालकाे अबको भावी योजना के छ ?

पहिलो कुरा त विश्व बजारमा जे जस्ता प्रविधि आएका छन् । ती प्रविधि तुरुन्त भित्राउन पर्ने छ । त्यसैगरी अस्पतालमा पछिल्लो समय बिरामीहरुलाई बेड उपलब्ध गराउनै मुश्किल भइरहेको छ । त्यसैले अब हामी छिटै सय बेडबाट दुई सय बेडको अस्पतालमा स्तरउन्नोती गर्ने सोचमा छौं। अर्को महत्वपूर्ण कुरा अब यस अस्पताललाई प्राइभेटबाट पब्लिकमा लाने भन्ने सल्लाह भइरहेको छ । त्यो भयो भने यो पब्लिक प्रपर्टी बन्छ । सबैको मेरो हो मैले सुधार्नपर्छ भन्ने हुन्छ । जस्तो लाग्छ । साथै यसलाई क्यान्सरको अध्ययन अनुन्धान गर्ने नमुना सेन्टरका रुपमा पनि विकास गर्दै लाने हाम्रो योजना रहेको छ । हेरौं कति सफल भइन्छ ।

 

 

थप समाचार