विश्व सीओपीडी दिवसकाे अवसरमा सचेतना र्याली
काठमाडौं : विश्व सीओपीडी (दम) दिवसको अवसर पारेर काठमाडौैं मेडिकल अस्पताल(केएमसी हस्पिटल) ले बुधबार बिहान सचेतना र्याली निकाल्यो।
सिनामंगलस्थित अस्पतालबाट निस्केको र्याली तीनकुने पुगी पुनः अस्पतालमा आएर पूरा भएको थियो। र्यालीमा चिकित्सक, अन्य स्वास्थयकर्मी र विद्यार्थीहरू सहभागी थिए।
यो वर्षको सीओपीडी दिवसको नारा ‘अल टुगेदर, टु इन्ड सीओपीडी’ (सबै मिलेर दमराेग अन्त्य गरौँ) छ। नेपालमा कुल जनसंख्याकाे करिब १२ प्रतिशतमा श्वासप्रश्वासको दीर्घरोग (सीओपीडी) रहेको एक अनुसन्धानले देखाएको छ।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?