मेडिकल कलेजहरूले लिएकाे बढी शुल्क फिर्ता गर्न माग गर्दै विद्यार्थीहरूकाे प्रदर्शन
काठमाडाैं : मेडिकल कलेजहरूले आफूहरूसँग लिएको बढी शुल्क फिर्ता गर्न माग गर्दै विद्यार्थीहरूले नयाँ बानेश्वरमा प्रदर्शन गरे। चिकित्सा शिक्षा संघर्ष अभियानमा सहभागी विभिन्न कलेजका विद्यार्थीले बुधबार दिउँसाे प्रदर्शन गरेका हुन्।
अभियानमा चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेज नेसनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेजलगायतका विद्यार्थी सहभागी छन्। उनीहरूले मेडिकल ‘माफिया’लाई कारबाहीको दायराभित्र ल्याउन पनि सरकारसँग माग गरे।

















औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम